No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस, प्रदेश सरकारको अकर्मण्यताविरुद्ध तीव्र विरोध

जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस, प्रदेश सरकारको अकर्मण्यताविरुद्ध तीव्र विरोध

जनकपुरधाम, फागुन २ – मधेश प्रदेश सरकारको असफलता, भ्रष्टाचार, र अकर्मण्यताको विरोधमा राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको अगुवाइमा बिहीबार जनकपुरमा मसाल जुलुस प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्वे, अक्षय यादव,पंकज झा लगायतका अगुवाहरूको नेतृत्वमा निकालिएको उक्त मसाल जुलुसले प्रदेश सरकार र प्रदेश सभालाई खबरदारी गर्दै सरकारको गैरजिम्मेवारीपूर्ण रवैयाको विरोध गरेको छ।

भानु चौकबाट सुरु भएको जुलुसले जनकपुरको प्रमुख सडक परिक्रमा गर्दै जनकचौकमा पुगेर कोणसभा आयोजना गरेको थियो। प्रदर्शनकारीहरूले “बजट खा गेलहु, विकास कतय? जनता पूछै हिसाब!”, “भ्रष्टाचार करै सरकार, मधेशी जनता करै ललकार!”, “हमर कर, हमर अधिकार – मधेश के विकास कर सरकार!”, “शासन नै, सुशासन चाही – मधेशी जनता के सम्मान चाही!” र “भ्रष्ट सरकार हटाउ, मधेश बचाउ!” जस्ता नारासहित सरकारको उदासीनताविरुद्ध आवाज उठाए। जुलुसमा सहभागिहरूले मधेश प्रदेश सरकारको अकर्मण्यता, जनताको करबाट उठेको बजेटको दुरुपयोग, भ्रष्टाचार र विकास निर्माणको ढिलासुस्तीलाई प्रमुख मुद्दाका रूपमा उठाएका थिए।

राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको नाममा प्रकाशित पर्चामा उल्लेख गरिएअनुसार प्रदेश सरकार पटक–पटक असफल हुँदै आएको छ। प्रत्येक वर्ष अरबौंको बजेट पाउने भए पनि विकासका क्षेत्रमा कुनै उल्लेखनीय सुधार नभएको जनाउँदै यस आर्थिक वर्षमा झन् खराब अवस्था देखिएको दाबी गरिएको छ। पर्चामा उल्लेख भएअनुसार हालसम्म मधेश प्रदेश सरकारले जम्मा ५.६१% मात्र बजेट खर्च गरेको छ, जुन अत्यन्त निराशाजनक तथ्याङ्क हो। यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा सरकारले पनि २०७४-७५ को बजेटमध्ये मात्र ५२% खर्च गर्न सकेको थियो, तर अवस्था सुधार हुने साटो झन् बिग्रँदै गएको जनाइएको छ। प्रदेश सरकारले बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण भ्रष्टाचार, अयोग्य नेतृत्व र गैरजिम्मेवार सरकार भएको आन्दोलनकारीहरूको भनाइ थियो।

प्रदर्शनमा सहभागीहरूले मधेशका सडक, अस्पताल, विद्यालय तथा रोजगारीको दयनीय स्थितिबारे आवाज उठाए। उनीहरूका अनुसार प्रदेश सरकारका मन्त्रीहरू, नेताहरू र उच्च पदस्थ कर्मचारीहरू विलासितामा रमाइरहेका छन्, तर जनताले आधारभूत सुविधा समेत पाउन सकेका छैनन्। सरकारी गाडी चढ्ने, विदेश भ्रमण गर्ने, महँगा ठेक्कापट्टा बाँड्ने सरकारका अधिकारीहरू जनताको पीडा हेर्ने इच्छासम्म नराखेको प्रदर्शनकारीहरूको आरोप छ। मधेशका नेताहरू सधैं जात, भाषा, संस्कृति र पहिचानको राजनीति गरेर जनतालाई भावनात्मक रूपमा बहकाउने तर वास्तविक विकासका मुद्दाहरू ओझेलमा पार्ने गरेको भन्दै उनीहरूले अब चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

पर्चामा प्रदेश सरकारले बजेट किन खर्च गर्न नसकेको, मधेशका नेताहरू किन करोडपति बन्दै गएको, जनताको नाममा आउने विकास बजेट कहाँ गएको, रोजगारीका अवसर किन सिर्जना नभएको र स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माण किन ठप्प रहेकोजस्ता प्रश्न उठाइएको छ। आन्दोलनकारीहरूले यिनै विषयलाई प्रमुख समस्याका रूपमा उठाउँदै भ्रष्टाचार, बजेट दुरुपयोग, राजनीतिक अस्थिरता, रोजगारीको अभाव, स्वास्थ्य र शिक्षा संकट तथा अधुरा विकास योजनाहरूलाई मधेशको दुर्दशाका कारण बताएका छन्। उनीहरूले प्रदेश सरकारलाई पारदर्शिता अपनाउन, भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गर्न, रोजगारी सिर्जना गर्न, स्वास्थ्य र शिक्षामा सुधार ल्याउन तथा अधुरा विकास योजनाहरू छिटो सम्पन्न गर्न दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय एकता अभियानका नेताहरूले अब मौन बस्ने समय सकिएको बताउँदै जनताले सरकारलाई सोधपुछ गर्नुपर्ने बेला आएको बताएका छन्। उनीहरूले प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक गर्न, भ्रष्टाचार गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, युवाहरूका लागि रोजगारी सिर्जना गर्न, विकास योजनाहरूलाई व्यवहारिक रूपमा अघि बढाउन तथा अधिकारका लागि सशक्त आन्दोलन गर्न आह्वान गरेका छन्। “अब समय आएको छ भ्रष्टाचारविरुद्ध, अकर्मण्यताविरुद्ध, लापरबाहीविरुद्ध आवाज उठाउने! अब मधेश लुट्न पाइँदैन! अब मधेशी जनता चुप बस्दैन!” भन्दै प्रदर्शनकारीहरूले सरकारलाई खबरदारी गरेका छन्।

मसाल जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसले मधेश प्रदेश सरकारमाथि चर्को दबाब सिर्जना गरेको छ। यदि सरकार अझै पनि यथास्थितिमा रहने हो भने आगामी दिनमा आन्दोलनलाई थप कडा बनाइने चेतावनी दिइएको छ। “अब मधेश बचाउनु छ! सुशासन ल्याउनु छ!” भन्ने मूल नारासहित आन्दोलनकारीहरूले सरकारलाई चेतावनी दिएका छन् कि जनताको सहनशीलता समाप्त हुँदै गएको छ, र अब उनीहरू अधिकारका लागि सडकमा उत्रिन बाध्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

Next Post
जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश

जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...