No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीमा रु चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सप्तरीमा रु चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सिरहा। सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । “यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु”, नेता खनालले भने, “निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।” उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे।

विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहेका  ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिए । “देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दैगर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेकपटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्यो भन्नुहुन्थ्यो”, शिलान्यास समारोहमा उनले भने, “यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । “त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ”, सञ्चालक न्यौपानेले भने ।

सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

Next Post
बिद्युतको तार सर्ट भई १ घरमा आगलागी: लाखौंको क्षति, ५ वटा चौपाया जले!

बिद्युतको तार सर्ट भई १ घरमा आगलागी: लाखौंको क्षति, ५ वटा चौपाया जले!

समाचार ‘जनयुद्ध दिवस’ मा बिदा दिएको विरुद्ध सर्वोच्चमा रिट

समाचार ‘जनयुद्ध दिवस’ मा बिदा दिएको विरुद्ध सर्वोच्चमा रिट

‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न हुन्न’

‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न हुन्न’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .