• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाजा कब्जा गर्ने ट्रम्पको चाहना, पूरा होला त उनको महत्वाकांक्षी योजना ?


गाजा कब्जा गर्ने ट्रम्पको चाहना, पूरा होला त उनको महत्वाकांक्षी योजना ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई पुनर्वास गर्ने योजना पूरा हुने देखिँदैन । त्यस्तो कुनै पनि योजनाको लागि अरब देशहरूको सहयोग आवश्यक पर्नेछ। तर अरब देशहरूले यो योजनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

योजना अस्वीकार गर्ने अरब देशहरूमा जोर्डन र इजिप्ट समावेश छन्। ट्रम्प यी दुई देशहरूले गाजाका वर्तमान बासिन्दाहरूलाई आफ्नो देशमा बसोबास गराउन् भन्ने चाहन्छन् । उनी साउदी अरेबियाले खर्च वहन गरोस् भन्ने पनि चाहन्छन् तर यो योजनासँग साउदी पनि सहमत छैन।

अमेरिका र इजरायलका पश्चिमी सहयोगीहरू पनि यो विचारको विरुद्धमा छन्। तर मौका पाएमा गाजाका केही वा सायद धेरै प्यालेस्टिनीहरूले देश छोड्ने विकल्प छनौट गर्न सक्छन्।

तर यदि १० लाख मानिसहरू त्यहाँबाट गए पनि अझै पनि १२ लाख मानिसहरू त्यहाँ बाँकी रहनेछन्। अनि सायद ट्रम्पको योजना पूरा गर्न अमेरिकाले यी मानिसहरूलाई त्यहाँबाट जबरजस्ती हटाउनुपर्नेछ। २००३ मा इराकमा अमेरिकाको हस्तक्षेप पछि यस्तो कुनै पनि प्रयास अत्यन्तै अलोकप्रिय हुनेछ।

यसले ‘दुई-राष्ट्र’ समाधानको लागि लामो समयदेखिको आशाको अन्त्य पनि गर्नेछ। दुई-राज्य समाधानको उद्देश्य शताब्दी लामो रक्तपातपूर्ण द्वन्द्वको अन्त्य गर्न इजरायलसँगै एक स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्नु हो।

इजरायलको नेतान्याहू सरकार दुई देश सिर्जना गर्ने यो योजनाको कडा विरोधमा छ। वर्षौंको असफल शान्ति वार्ता पछि, ‘दुई राज्य’ समाधान केवल खोक्रो नारा मात्र बनेको छ। तर यो समाधान १९९० को दशकको सुरुवातदेखि नै अमेरिकी विदेश नीतिको केन्द्रीय आधार बनेको छ।

ट्रम्पको योजनाले अन्तर्राष्ट्रिय कानूनको पनि उल्लङ्घन गर्नेछ। अमेरिकाले सधैं आफूले कानून अन्तर्गतको अन्तर्राष्ट्रिय प्रणालीमा विश्वास गर्ने बताउँदै आएको छ । ट्रम्पको योजना कार्यान्वयन गर्नु यो विचारको विरुद्धमा पनि हुनेछ। यसबाहेक, युक्रेनमा रूसको क्षेत्रीय महत्वाकांक्षा र ताइवानमा चीनको क्षेत्रीय महत्वाकांक्षा पनि बलियो हुनेछ।

यदि यो हुनेवाला छैन भने यसको बारेमा किन चिन्ता गर्ने ? जवाफ हो, ट्रम्पका टिप्पणीहरू जतिसुकै अनौठा किन नहोउन्, त्यसको केही परिणाम अवश्य हुनेछ। ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् । ट्रम्प पहिले रियालिटी टिभी होस्ट र हेडलाइन बन्ने प्रयास गरिरहेका राजनीतिक उम्मेदवार भए पनि अहिले उनी संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति हुन्।

उनको अचम्मको घोषणाले गाजामा नाजुक युद्धविरामलाई कमजोर बनाउन सक्छ। एक वरिष्ठ अरब स्रोतले बताएअनुसार यो घोषणा युद्धविरामको लागि “मृत्युको घण्टी” हुन सक्छ। जे भए पनि, गाजामा भविष्यको शासन कस्तो हुनेछ भन्ने बारेमा युद्धविराम सम्झौता मौन छ किनभने यस विषयमा दुई पक्षबीच कुनै सहमति भएको छैन।

अब ट्रम्पले यो समस्याको समाधान सुझाएका छन्। ट्रम्पको गाजा योजना पूरा नभए पनि प्यालेस्टिनी र इजरायलीहरूको दिमागमा अब एउटा नयाँ विचारले जरा गाड्नेछ। गाजामा ट्रम्पको योजनाले अति-राष्ट्रवादी यहूदी अतिवादीहरूको सपनालाई मलजल गर्नेछ।

यो विचारधारा भएका मानिसहरूले भूमध्यसागर र जोर्डन नदी बीचको र सम्भवतः त्यसभन्दा बाहिरको सबै भूमि यहूदीहरूको हो भनी विश्वास गर्छन्। अति राष्ट्रवादी यहूदी अतिवादीहरूका नेताहरू नेतान्याहूको सरकारको हिस्सा हुन् र उनलाई सत्तामा राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। यी सबै मानिसहरू ट्रम्पको विचारबाट खुसी छन्।

उनीहरू गाजामा फेरि युद्ध सुरु होस् भन्ने चाहन्छन् ताकि प्यालेस्टिनीहरूलाई त्यहाँबाट हटाएर यहूदीहरूलाई त्यहाँ बसोबास गराउन सकियोस्। इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले अक्टोबर ७ को आक्रमणपछि ट्रम्पले गाजाको भविष्यको समाधान फेला पारेको बताएका छन् ।

उनको बयानमा भनिएको छ: “हाम्रो भूमिमा सबैभन्दा भयानक नरसंहार गर्ने जो कोहीले पनि आफ्नो भूमि सधैंको लागि गुमाउनेछ। अन्ततः, हामी अब भगवानको सहयोगमा स्वतन्त्र प्यालेस्टिनी राज्यको खतरनाक विचारलाई दफन गर्न काम गर्नेछौं।”

इजरायली विपक्षी नेताहरूले यो योजनालाई स्वागत गरेका छन्, सायद उनीहरू आफ्नो भविष्यको लागि डराएकाले पनि यस्तो भएको हुन सक्छ । ट्रम्पलाई जवाफ दिन हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहहरूले बल प्रदर्शनको आवश्यकता महसुस गर्न सक्ने सम्भावना छ।

प्यालेस्टिनीहरूका लागि, इजरायलसँगको द्वन्द्व उनीहरूको भूमिबाट विस्थापनको परिणाम हो, जसलाई उनीहरू अल-नक्बा वा “विपत्ति” भन्छन्। अल-नक्बा सन् १९४८ मा इजरायलको गठन पछि सुरु भएको प्यालेस्टिनीहरूको पलायन थियो।

ट्रम्पले भनेकै कारणले केही सत्य वा निश्चित हुँदैन। उनका भनाइहरू प्रायः अमेरिकी नीतिभन्दा पर हुन्छन् र घरजग्गा सम्झौताका दाउपेचहरू जस्तो सुनिन्छन्।

सायद ट्रम्प कुनै अर्कै योजनामा ​​काम गरिरहेका छन् र यहाँ भ्रम फैलाइरहेका छन्। ट्रम्पले नोबेल शान्ति पुरस्कारमा रुचि राखेका छन्। मध्यपूर्वमा शान्ति पहललाई प्रवर्द्धन गर्नेहरूले नोबेल पुरस्कार पाइरहेका छन्।

संसारले गाजामा ट्रम्पको घोषणा बुझ्ने प्रयास गरिरहेको बेला, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा इरानसँग “प्रमाणित आणविक शान्ति सम्झौता” को आफ्नो इच्छा पोस्ट गरे।

इरानले आणविक हतियार विकास गर्न चाहेको कुरा अस्वीकार गर्छ, तर तेहरानमा यो खतरा यति गम्भीर छ कि त्यसले त्यस्तो हतियार विकास गर्नुपर्छ भन्ने बारेमा खुला बहस भइरहेको छ।

नेतान्याहूले वर्षौंदेखि इजरायलको सहयोगमा संयुक्त राज्य अमेरिकाले इरानको आणविक स्थलहरू ध्वस्त पारोस् भन्ने चाहना राख्दै आएका छन्। इरानसँगको सम्झौता कहिल्यै पनि उनको योजनाको हिस्सा थिएन।

ट्रम्पको पहिलो कार्यकालमा, नेतान्याहूले इरानसँग बाराक ओबामाको नेतृत्वमा भएको आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्न सफल अभियानको नेतृत्व गरे।

यदि ट्रम्पको उद्देश्य इरानको बारेमा कुरा गरेर अति दक्षिणपन्थीहरूलाई खुशी पार्नु थियो भने, उनी त्यसमा सफल भएका छन्। तर ट्रम्पले विश्वको सबैभन्दा अशान्त क्षेत्रमा अनिश्चितता र अस्थिरता सिर्जना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !
  • २०८१ माघ २४, बिहीबार २१:४६
  • In "BannerNews"
  • इरानसँग वार्ता भएको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार
  • २०८१ माघ २४, बिहीबार २१:४६
  • In "BannerNews 2"
  • इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
  • २०८१ माघ २४, बिहीबार २१:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

ट्रम्पले अवैध आप्रवासीहरूलाई फिर्ता पठाएपछि भारतका विदेशमन्त्रीले भने – ‘नौलो कुरा होइन’

सिराहा अदालतद्वारा घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश

बलात्कार आरोपित तथा बिधुतीय कारोबार कसुर मुद्दामा फरार राई पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version