No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चार राउण्ड हवाई फायर: ब्राउसुगर कारोबारीको घुँडामुनि गोली

झापा।मंगलबार साँझ साढे ६ बजेको थियो। झापा प्रहरीले भारतबाट लागुऔषध कारोबारी नेपाल छिरेको सूचना पायो।

दुई जना लागुऔषध कारोबारी झापाको कनकाई नगरपालिका-४ भित्री सडकखण्ड कुमरखोदबाट सुरुङ्गातर्फ आउँदै गरेको सूचना थियो।

उक्त सूचना पछ्याउन लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली विशेष चेकजाँचका लागि उक्त सडकखण्डमा परिचालन भयो।

उक्त टोली ढुकेर बसिरहँदा बिआर ३७ ए ए ८४९८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल आयो। मोटरसाइकलमा दुई जना सवार थिए। उनीहरू डिगल बैंक थान वडा नम्बर ५ बिहारका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलम थिए।

प्रहरीका अनुसार मोटरसाइकल अन्जारले चलाएका थिए। प्रहरीले मोटरसाइकल रोक्न खोज्यो। तर, अन्जारले मोटरसाइकलको गति बढाए। चेकजाँचमा खटिएका प्रहरीलाई लडाउँदै भागे।

यसपछि उनलाई रोक्न प्रहरीले पेस्तोलबाट चार राउन्ड हवाई फायर गर्‍यो। ‘हवाई फायर गर्दासमेत नरोकिकन भागेपछि गोली हानेर नियन्त्रणमा लियौं,’ झापाका प्रहरी उपरीक्षक मिलन केसीले भने।

केसीका असार अन्जारको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरेपछि मोटरसाइकलसहित उनी ढले। त्यसपछि दुबै दाजुभाइलाई पक्राउ गरियो।

अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। युसुबलाई प्रहरीले हिरासत लिएको छ।

प्रहरी उपरीक्षक केसीका अनुसार अन्जारको साथबाट प्रतिबनन्धित लागुऔषध ब्राउनसुगर ३० ग्राम ६९० मिलिग्राम फेला परेको छ।

पक्राउ परेकाले लामो समयदेखि भारतबाट नेपालमा ब्राउनसुगर ल्याएर बेच्ने गरेको अनुमान प्रहरीको छ। ‘अहिले विस्तृत विवरणबारे अनुसन्धान भइरहेको छ,’ केसीले भने।

ब्राउनसुगर उच्चकोटीको लागुऔषधमध्ये पर्छ। पछिल्लो समय नेपालमा अफिम र गाँजा खेती मौलाएको छ। सो गाँजा र अफिम भारत तस्करी हुने गरेको छ।

‘भारतीय बजार नजिक पर्ने र ब्राउनसुगरको कारोबार उच्च हुने सम्भावनालाई मध्यनजर गर्दै हामीले लागुऔषध नियन्त्रण विशेष अभियान नै चलाएका छौं,’ प्रहरी उपरीक्षक केसीले भने।

लागुऔषध प्रयोग, उत्पादन र बिक्री वितरणले आजको समाजलाई नराम्रोसँग बिथोलेको छ। विशेषगरी युवा(पिँढी यसबाट बढी आक्रान्त भएको देखिन्छ।

शैक्षिक असफलता, पारिवारिक बिखण्डन, आर्थिक अभाव, साथीहरूको लहलहैमा लागेर वा डिप्रेसनको कारणले लागुऔषधको प्रयोग गर्ने र बिक्री वितरणमा संलग्न हुने गरेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न

अध्यक्ष प्रचण्डले भने-सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको छ

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .