महेश सिंह लहान –प्रतिष्ठित शैक्षिक संस्था एलएमसीले आफ्नो २७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा एलएमसी एक्स्पो २०८१ भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक राज कोलौनी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा उद्योग वाणिज्य संघका नि.अध्यक्ष अशोकलाल आमात्य, सिरहा एन प्यावसनका अध्यक्ष प्रदीप तिवारी, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, लहान शिक्षा शाखा प्रमुख अमिरी यादव लगायतको उपस्थिति थियो।
विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूले शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको अनुशासन तथा आधुनिक प्रविधिसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए। नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष बनैताले विद्यालयको पहिचानलाई अझ मजबुत बनाउन ‘रातो रङ, सुर्या जंगी निशान’ शब्दावलीको प्रयोग गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो। विद्यार्थी र अभिभावकहरूले ‘गैरी खेतको सिरै हाल्यो’ तथा ‘यो पाउजुको छम छम’ गीतमा नृत्य प्रस्तुत गर्दा माहोल उल्लासमय बनेको थियो।
एलएमसी एक्स्पो २०८१ अन्तर्गत विज्ञान, प्रविधि, कला, साहित्य तथा सामाजिक विषयमा विद्यार्थीहरूले विविध प्रदर्शनीहरू प्रस्तुत गरे। सिर्जनात्मक क्षमताको परिचय दिँदै उनीहरूले नवीनतम प्रविधिहरू समेत प्रदर्शन गरेका थिए।
विद्यालयका प्रधानाध्यापकले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी, शिक्षक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।