• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा


यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा

सिरहाको यातायात व्यवस्था कार्यालय लहानका अधिकृत छैटौँ विजय दहालको १५ असोजमा श्रम तथा यातायात मन्त्रालयमा सरुवा भयो । मन्त्रालयको १४ असोजको निर्णय अनुसार १५ असोजमा पत्र पठाएपनि दहाल माघ ९ गतेसम्म हाजिर भएका छैनन् । मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहले अधिकृत दहाल अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् ।

दहालको यो पहिलो सरुवा भने होइन । साउन २८, २०७१ मा उनी पहिलोपटक यातायात व्यवस्था कार्यालय सगरमाथा, लहानमा खरिदारका रूपमा आएका थिए । त्यसबेलादेखि एक वर्ष मात्र कार्यालय बाहिर बसेका दहाल अहिले छैटौँ अधिकृतसम्म बढुवा भइसकेका छन् । तर लहान कार्यालयमै कायम छन् ।

एक वर्षभित्रै मात्र दहालको तीन पटक सरुवा भएको छ । भदौ २०८० मा उनलाई मधेशको उद्योग तथा पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । तर उनले त्यहाँ पनि काम गरेनन् । मुख्यमन्त्री कार्यालयलाई प्रभावमा पारेर दहाल फेरि यातायात कार्यालय लहानमै बस्न सफल भए । त्यसपछि मुख्यमन्त्री कार्यालयले १८ चैत २०८० मा उनलाई भू तथा जलाधार कार्यालय लहानमा सरुवा गर्यो । तर, जलाधार कार्यालयमा पनि उनी हाजिर भएनन् । अनाधिकृत रुपले यातायात कार्यालयमै रहिरहे ।

असोज १५ मा श्रम तथा यातायात मन्त्रालयले उनलाई पुनः आफ्नै मन्त्रालयमा सरुवा गरे पनि दहाल अझै त्यहाँ पुगेका छैनन् । पटक पटक सरुवा हुँदा पनि सरुवा भएको कार्यालय नजानुको कारणबारे प्रश्न गर्दा उनले अब जान्छु जवाफ दिए । अरु केही कुरा नभनि अलमलिँदै उनले जवाफ दिए ‘अब चाँडै जान्छु’

यातायात कार्यालयहरु माल अड्डाका रूपमा चिनिन्छ । मुख्यमन्त्री कार्यालयका अनुसार, प्रशासनतर्फका कर्मचारीहरूले यातायात कार्यालय विशेष प्राथमिकतामा राख्ने गरेका छन् ।
साधारणतः कर्मचारीको सरुवा दुई वर्षमा हुने प्रावधान छ । २१ असार २०७३ मा खरिदारबाट नासुमा बढुवा भएका दहाल यातायात व्यवस्था कार्यालय लहानमा दोस्रोपटक ३ असार २०७४ मा समान्य प्रशासन मन्त्रालयबाट नासुमा पदस्थापन भए । त्यस यता उनको पटक पटक सरुवा भयो तर लहान यातायात व्यवस्था कार्यालयबाहेक अन्यत्र गएका छैनन् । ५ असार २०७६ मा समायोजन हुँदा पनि उनी लहान यातायातमै पदस्थापन भए ।

३० भदौ २०७७ मा, २० चैत २०७७ मा सरुवा भयो । तर उनी कार्यालय छाडेन ।
लोकसेवा आयोगम मार्फत ९ साउन २०६६ मा जिविस खोटाङमा गाविस सचिवमा पदस्थापन भएका उनी १९ असार २०७१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भए । त्यस यता उनी यातायात कार्यालयमै कायम छन् ।

कार्यालयका कर्मचारीका अनुसार, दहालले खरिदारदेखि अधिकृतसम्मको यात्रा पूरा गर्दै कार्यालयका प्रमुखलाई समेत प्रभावित गरी आफूअनुकूल कार्यालय सञ्चालन गर्दै आएका छन् । उनको यहाँ रजगज छ ।

‘यहाँ नामका लागि कार्यालय प्रमुख रहन्छन् । कार्यालय चालउने नै अधिकृत विजय दहाल हुन् । लाईसेन्सदेखि हरेक फाँट आफ्नो नियन्त्रणमा राख्छन् । यहाँ चलखेल गरेर मोटो रकम कमाउँदैछन् । र त्यसैबाट सरकारलाई प्रभावित गरी कार्यालयमा टिकिरहेका छन् । निरन्तर साढे ७ वर्ष यहाँ बस्नु र कानुन न मान्नु नै यसको प्रमाण हो’ ती कर्मचारीले भने ।

यातायात मन्त्रालयकै एक कर्मचारीले दहालसँग यति पावर छ की उनलाई मन्त्रालयमै हाजिर गराउन कसैले नसक्ने दावी गरे ।
यातायात व्यवस्था कार्यालयमा हुने अनाधिकृत कमाइका लागि अधिकांश कर्मचारी कसरत गर्ने गर्छन् । गइसकेका कर्मचारीहरु त्यहाँबाट फर्किन मान्दैनन् । वर्षौदेखि यातायात कार्यालयमा चलखेल गरी कायम रहेका कर्मचारीहरु चलखेल गरी आफ्नो सरुवा रोकाउने गर्छन् ।

दहाल जस्तै १५ असोजमै यातायात व्यवस्था कार्यालय जनकपुरमा अधिकृत छैठौंमा रहेका रमेशकुमार दासलाई दरबन्दी कायम भएको शिक्षा विकास निर्देशनालयमा फर्किन पत्र पठायो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार मन्त्रालयले उनलाई काज फिर्ता हुन दुईपटक पत्र पठाइसकेको छ । तर उनी अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !
  • २०८१ माघ १३, आईतवार २०:५२
  • In "BannerNews"
  • रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै
  • २०८१ माघ १३, आईतवार २०:५२
  • In "BannerNews"
  • कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’
  • २०८१ माघ १३, आईतवार २०:५२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

धनुषामा एक महिलाको हत्या

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

शीतलहर पीडितलाई लहानमा कम्बल वितरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version