• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !


सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !

शैलेन्द्र क्रान्ति-
काठमाडौं ।
मधेश प्रदेशकै प्रमुख कार्यालय हो मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय । जहाँबाट प्रदेश संचालन भइरहेको छ । त्यहीँ कार्यालयमा कर्मचारीको अवस्था दयनीय छ । कर्मचारी अभावमा मुख्यमन्त्री कार्यालय अनिर्णयको बन्दीजस्तै बनेको छ ।

दर्ता–चलानी लगायतका समान्य बाहेका कामहरु प्रभावित भएको कार्यालयका निमित प्रमुख सचिव मेखबहादुर मगरातीले बताए । क्याबिनेट बैठक, आर्थिक, अनुगमन, कर्मचारी सरुवा र गम्भीर प्रकृतिका विरामीलाई राहत वितरण लगायको कामकाज एकहप्तादेखि पूर्णरुपमा ठप्प छ । प्रशासनका समान्य कामकाजको जिम्मेवारी पनि प्रशासन तर्फका सचिव मगरातीले नै सम्हालेका छन् ।

अख्तियारको छापापछि बद्नाम ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम समाजिक विकास मन्त्रालयमा समायोजना भएको छ भने ‘मुख्यमन्त्री स्वच्छता अभियान’ खानेपानी तथा उर्जा विकास मन्त्रालयमा । त्यसले कामको चाप मुख्यमन्त्री कार्यालयमा घटेको छ । तर, प्रमुख सचिव र अन्य दुई सचिवको अभावमा हुने दैनिक कार्य सम्पादनका काम अत्यन्तै प्रभावित बनेको छ ।

यस कार्यालयमा प्रमुख सचिव, प्रशासन तर्फका दुई र कानुन तर्फका एक गरी चार सचिवको दरबन्दी छ । तर हाल कार्यालयमा दरबन्दीका एक मात्र प्रशासनिक सचिव छन् मगराती । एक प्रमुख सचिव र दुई सचिव बिहीन छ कार्यालय । झण्डै ६ महिना अद्धि प्रमुख सचिवको रुपमा आएका आएका प्रमुख सचिव हरिप्रसाद मैनाली एकहप्ता अघि मात्रै सरुवा भएका छन् । उनी मंसिर अन्तिम साता रावाना लिइ हिँडिसकेका छन् ।

त्यस्तै प्रशासन तर्फका अर्का सचिव यम प्रसाद भुषाल र कानुन तर्फका सचिव टीकाराम पाण्डेले पनि एकहप्ता अघि रवाना लिएर गइसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उनीहरुको ठाउँमा को आउने भन्ने निश्चित छैन । मुख्यमन्त्री कार्यालय स्थापना भए यता प्रमुख सचिवको रुपमा ६ जना प्रमुख सचिव आएर सरुवा भइसकेका छन् ।

’प्रमुख सचिव र अन्य दुई सचिव नहुँदा धेरै कुरा गर्न सकिरहेका छैनौं । म निमितको कारण समान्य कामहरु मात्र गर्न सकिरहेका छौं । आर्थिक, सरुवा बढुवा, उजुरीको किनारा लगाउने जस्ताकामहरु प्रमुख सचिवको अधिकार क्षेत्र अन्तर्गत पर्दछ’ निमित प्रमुख सचिव मगरातीले भने ।
कार्यालय स्थापना भएयता प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् ।

उनीहरुमध्ये प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह र दीपक सुवेदी एकवर्ष बढी कार्याकाल चलाएका थिए । तर त्यसयता आएका सचिवहरु ६–६ महिनामा आउने र जाने क्रम चलिरहेको छ । सातौं प्रमुख सचिवको रुपमा कृष्ण बहादुर राउतलाई प्रमुख सचिवको रुपमा पठाउने संघीय मन्त्रीपरिषदले निर्णय गरिसकेको छ । ंतर अहिलेसम्म उनी हाजिर भएका छैनन् ।

मुख्यमन्त्री कार्यालय एक हप्तादेखि प्रमुख सचिव विहीन हुँदा प्रदेश सरकारको थुपै महत्वपूर्ण कार्यक्रम प्रभावित भएको सरकारका प्रवक्त समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताउँछन् ।

‘प्रमुख सचिव बिहीन हुँदा प्रदेश सरकारको थुप्रै कामकाज प्रभावित भएको छ । महत्वपूर्ण निर्णय गर्नुपर्ने छ । तर क्याबिनेट बैठक बस्न सकेको छैन । ब्युरोक्रेट बिना सरकार अगाडी बढ्नै सक्दैन,’ मन्त्री साहले भने । महिनैपिच्छे प्रमुख सचिव र सचिवहरु आउने जाने क्रमका कारण प्रदेश सरकारले चाहे अनुसारको प्रगति गर्न नसकेको उनको भनाइ छ ।

अन्य प्रदेशको तुलनामा यहाँ थुप्रै सेवासुविधा, मानसम्मान सुरक्षा हुँदा पनि सचिवहरु आउनै नमानेको मन्त्री साहले गुनासो पोखे । ‘प्रमुख सचिवमा कृष्णबहादुर राउत आउने कुरा छ । तर उनी आउनै नमानेको हामीलाई सुन्नमा आएको छ’ मन्त्री साहले सुनाए ‘यहाँ सचिवहरुको लागि थुप्रै सुविधा छ । शान्ति सुरक्षाको अवस्था राम्रो छ । मानसम्मान छ । तर किन होला यहाँ बस्नै चाँहदैनन् । आउँन समेत मानिरहेका छैनन् ।’ सचिवहरु नटिक्दा प्रदेश सरकारको कामकाज प्रभावित हुने गरेको प्रायः मुख्यमन्त्री र मन्त्रीहरु सार्वजनिक रुपमै गुनासो पोख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति
  • २०७८ माघ ८, शनिबार १७:४४
  • In "BannerNews"
  • सरकारले छोरीलाई वितरण गरेको साईकलमा भ्रष्टाचार भएको ठहर
  • २०७८ माघ ८, शनिबार १७:४४
  • In "BannerNews"
  • ‘भ्रष्ट मुख्यमन्त्री राउत राजीनामा दे’ भन्दै जनमत पार्टीका कार्यकर्ताले घेरे कार्यालय
  • २०७८ माघ ८, शनिबार १७:४४
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !

यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध

मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version