• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’


कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’

धनुषा : प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भएर आएकी सचिव सम्झना काफ्लेलाई हाजिर हुन नदिएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। हाजिर हुन मन्त्रालय पुगेकी काफ्लेलाई दुर्व्यवहारसम्बन्धी घटनाको छानबिन गर्न समिति गठन भएको हो।

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्रराय यादवको संयोजकत्वमा गठित समितिमा दुईजना निर्देशक रतनकुमार झा र जागेश्वर यादव सदस्य छन्। समितिले सचिब काफ्लेमाथि दुव्र्यवहार गर्ने बाहिरबाट आएका मानिसहरूको पहिचान गर्ने बताइएको छ।

समितिका संयोजक कृषि राज्यमन्त्री यादवले सचिव काफ्लेमाथि कुनै दुव्र्यवहार नभएको दाबी गरेका छन्। काफ्ले मन्त्रालयमा पुग्दा होहल्ला गर्ने व्यक्ति को थिए भन्ने जिज्ञासामा राज्यमन्त्री यादवले ‘यो छानबिनको विषय रहेको’ बताए।

‘अहिलेको विवाद व्यक्तिगतभन्दा नीतिगत हो, संघीय सरकारले महिनै पिच्छे सचिव सरुवा गर्दा कामकाज प्रभावित भएको छ,’ आयोमेलसँग कुरा गर्दै उनले भने,‘हामीले संघीय सरकारको बर्चस्वादी चरित्रको विरोध गरेका हौं।’

संघीय सरकारले सरुवा गरेर पठाएको सचिव काफ्लेले मुख्यमन्त्री, मन्त्री र आफूसँग समेत समन्वय नगरी सोझै कार्यालयमा हाजिर हुन पुगेको उनको भनाइ छ।

‘मुख्यमन्त्रीज्यू हुनुहुन्छ, मन्त्रीज्यू हुनुहुन्छ, म राज्यमन्त्री छु, उहाँ कसैसँग समन्वय गर्नु भएन,’ उनले भने,‘सरुवा भएर आएपछि समन्वय गर्नु पर्दथ्यो, सोझै कार्यालयमा हाजिर हुन पुग्नु भयो।’ तपाईंहरूलाई बाइपास गरेकोले अवरोध गरिएको हो भन्ने प्रश्नमा राज्यमन्त्री यादवले भने,‘त्यसो केहीपनि होइन, विधि र प्रक्रिया सबैले पूरा गर्नुपर्ने हुन्छ, हाम्रो भनाइ यति हो।’

सचिव काफ्लेलाई हाजिर हुनबाट कसैले नरोकेको बताउँदै राज्यमन्त्री यादवले अहिलेको लडाइँ सांकेतिकमात्र रहेको बताए।

पशु सेवा विभागबाट प्रदेश २ को मन्त्रालयमा सरुवा भएर आएकी काफ्ले बुधबार हाजिर हुन मन्त्रालय पुगेकी थिइन्। तर, कृषिमन्त्री शैलेन्द्र साहले बाहिरका व्यक्तिहरू बोलाएर उनलाई हाजिर हुनबाट रोकेका थिए।

सचिव काफ्लेलाई हाजिर हुननदिन मन्त्री साहका स्वकीय सचिव नवनित झाको नेतृत्वमा गएका युवाहरूको एक समूहले सचिवको कार्यकक्षमा ताल्चा लगएका थिए। मन्त्रालय पुगेका बाहिरी मानिसको पहिचान लुकाउन सीसीटीभी क्यामेरापनि बन्द गरिएको थियो।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशका ८ राज्यमन्त्री पदमुक्त हुँदै
  • २०७७ आश्विन १०, शनिबार १८:०२
  • In "BannerNews"
  • जनमतका बिना विभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा
  • २०७७ आश्विन १०, शनिबार १८:०२
  • In "BannerNews"
  • मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य
  • २०७७ आश्विन १०, शनिबार १८:०२
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थीत शेर्पा गुम्वामा शान्ति पूजा

उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप

नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version