• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य


मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य

जनकपुरधाम । निमित निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विवाद भएको छ । आइतबार प्रयोगशालामा दुईपक्षबीच धक्कामुक्की नै भएपछि मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादव पुगेका थिए ।

आइतबार बिहान सवा १० बजे निमित निर्देशक मृत्युञ्जय प्रसाद यादव केही सहयोगीसहित कार्यालयमा हाजिर हुन पुग्दा सरुवा भइसकेका निर्देशक डा. श्रवण मिश्र पक्षबीच तनाव उत्पन्न भयो । मिश्र आफै कार्यकक्षमा बसेर कर्मचारीबाट भवनको मूल ढोकामा ताल्चा लगाका थिए । यादवलाई पस्न अवरोध गरेपछि दुबै पक्षबीच विवादसँगै धकेलाधकेल हुँदा हुँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।

उपप्रमुख ल्याब टेक्नोलोजिस्ट अधिकृत नवौं तहका यादव ११ फागुन २०८० मा प्रयोगशालमा आएका थिए । मिश्रलाई २० साउनमा पदबाट हटाउँदै मधेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय २५ साउनमा यादवलाई निमितको जिम्मेबारी तोकेको थियो ।

शुक्रबार नै दलबलसहित कार्यालयमा हाजिर भएका यादव आइतबार बिहान कार्यालय पुगेका थिए । उनले आफू मूलगेट छिचोलेर निर्देशकको कार्यकक्षमा पस्न खोज्दा मिश्र पक्षका कर्मचारीले धक्काधुक्कीसँगै दुव्र्यबहार गरेको आरोप लगाए ।

बाहिरको गुण्डा लिएर कार्यालयमा आउँदा सेवा प्रभावित हुने देखेर मूलगेटमा ताल्चा लगाएको मिश्रको दावी छ ।

मिश्रलाई गत साउन २० गते प्रयोशालाका निर्देशक पदबाट हटाउँदै मुख्यमन्त्री कार्यालयले २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देन दिएको थियो । संघको एघारौं तहका कर्मचारी मिश्रलाई संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै दरबन्दी रहेको अस्पताल कोशीमा काज फिर्ता गरेको थियो ।

एघारौं तहका प्रमुख ल्याब टेक्नोलोजिस्ट प्रमुख मिश्र १८ साउन २०७७ मा निर्देशक भएर प्रयोगशालाको जिम्मेबारी सम्हालेका थिए । त्यस यता उनको दुईपटक सरुवा भयो, तर उच्च अदालतको रिट आदेशबाट यथास्थितिमै बसिरहेका छन् ।

मिश्रले आफूलाई काज सरुवा भएको पत्र स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट प्राप्त नभएको र साउन २० गते मुख्यमन्त्री कार्यालयले २४ घण्टे अल्टिमेटम पाएपछि मात्र आफ्नो सरुवाको जानकारी भएको दावी गरे ।
’२४ घण्टा भित्रै बरबुझारथ गरी जानुपर्ने कानुमा कतैपनि उल्लेख छैन । त्यसको २० दिन भित्र जान सकिन्छ । म जान तयार थिएँ । तर कार्यालयका कर्मचारीहरुले यति चाँडो नजानुस् । प्रयोगशालाको लागि यति काम गर्नु भएको छ । २० दिन समयछ भनेपछि अलि पर्खेको हुँ’ मिश्रले भने ’ म आफै जाने तयारी मै थिएँ । जनताको लागि दिनरात मिहिनेत गरेर प्रदेश सरकारको उदाहणीय प्रयोगशाला बनाएको मलाई यस्तो गर्छ भन्ने थाहा थिएन’

मिश्रले चार वर्षदेखि एकलौटी मनपरि प्रयोगशाला चलाएको र भ्रष्टाचार गरेको पनि केही कर्मचारीको आरोप छ ।

मन्त्री र सचिव झन्डै तीन घण्टा बसेर निमित्त निर्देशकलाई कार्यालय जिम्मा लगाएका छन् । कार्यालयमा निमित्त निर्देशक हाजिर हुन आउँदा विवाद भएपछि मुख्यमन्त्रीबाट निर्देशन भएकाले मन्त्रीसँगै आफू पनि प्रयोगशाला कार्यालय आएको मन्त्रालयका सचिव प्रमोद यादवले बताए ।

’निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । मुख्यमन्त्रीजीले सम्बन्धित मन्त्रालय तपाईंहरुको पर्छ । पुगेर विधि कानुन सम्वत गर्न उहाँले निर्देशन भएपछि मन्त्रीजिसँगै म पनि आएको हुँ’ सचिव यादवले भने ।

प्रयोगशालामा न्यून शुल्कमा दिनहु ३ सयदेखि ४ सय बिरामीको स्वास्थ्य परीक्षण हुन्छ ।

कार्यालय छाड्नु अघि मिश्रले पत्रकार सम्मेलन गर्दै भएको घटना र आफूले चारवर्षमा प्रयोगशालाको लागि गरेको कामकारबाही तथा प्रगतिको विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version