• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्थानीय सरकारको विकल्प बन्दै पद्मोदय फाउन्डेसन, सामाजिक रुपान्तरणमा सक्रियता


स्थानीय सरकारको विकल्प बन्दै पद्मोदय फाउन्डेसन, सामाजिक रुपान्तरणमा सक्रियता


महेश सिंह लहान सिरहा- समाजिक रुपान्तरणको अभियानमा सक्रिय पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सिरहाको धनगढीमाईमा सम्पन्न भएको छ। एक वर्षअघि स्थापना भएको फाउन्डेसनले समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।


संस्थाले अपाङ्ग, गरिब, दलित र विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि तथा अन्य विविध क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई संस्थाले प्रभावकारी रूपमा सम्पन्न गर्दै आएको फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोलेले बताए।
शनिबार धनगढीमाईमा आयोजित साधारणसभामा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। सभाको उद्घाटन शारीरिक रूपमा अपाङ्गता भएका स्थानिय शिक्षक शम्भु प्रसाद यादवलेले पानसमा मैनवती बालेर गरेका थिए।


कार्यक्रममा धनगढीमाईका पूर्व नगर प्रमुख हरी नारायण चौधरी, एमाले नेता राज कुमार साह अनिरुद्ध, कांग्रेस नेता पंचलाल महतो, एमाले नेतृ शोभा बराल, वडाध्यक्षहरू, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले फाउन्डेसनले समाजसेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।
साधारणसभाले हालको कार्यसमितिलाई निरन्तरता दिँदै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। संस्थाका सचिव राज कुमार साहकाका अनुसार, फाउन्डेसनले समाजमा उल्लेखनीय योगदान पुर्‍याउने योजनासहित अगाडि बढ्नेछ।
संस्थाले विभिन्न जिल्लामा स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, महिला उद्यमशीलता प्रवर्द्धन, अपाङ्गता सहयोग कार्यक्रम लगायत विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। सचिव साहका अनुसार, फाउन्डेसनले भारतको चर्चित ‘जेन’ कार्यक्रम जस्तै उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।


संस्थाले आगामी दिनमा समाजसेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य, शिक्षा, कृषि र युवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकता दिने अध्यक्ष महतोले बताए।
संस्थाले पछिल्लो एक वर्षमा सिरहा, सप्तरी लगायत विभिन्न जिल्लामा विपन्न परिवारलाई आर्थिक सहायता, खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ।


संस्थाले छोटो समयमै समाजमा प्रभावकारी काम गर्दै चर्चा कमाएको छ। फाउन्डेसनका पदाधिकारीहरूका अनुसार, स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई समेत प्रभावकारी रूपमा सम्पन्न गर्ने संस्थाको लक्ष्य छ।
साधारणसभा नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीमाईको सभा हलमा सम्पन्न भएको थियो।
संस्थाले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी, अपाङ्गता, महिला सशक्तीकरण लगायत क्षेत्रमा केन्द्रित रहेर कार्य गर्ने योजना बनाएको छ। संस्थाका गतिविधिहरू प्रति स्थानीय बासिन्दा उत्साहित देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
  • समाजसेवी अशोक खड्काको योगदान: मासिक ५० हजार समाजसेवामा खर्च, ३० लाख व्यक्तिगत सहयोग
  • २०८१ माघ १३, आईतवार १०:४२
  • In "BannerNews"
  • शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान
  • २०८१ माघ १३, आईतवार १०:४२
  • In "BannerNews"
  • लहानको प्रतिष्ठित एपेक्समा उज्ज्वल भविष्यको कामना सहित विद्यार्थी बिदाइ
  • २०८१ माघ १३, आईतवार १०:४२
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा

धनुषामा एक महिलाको हत्या

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version