• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

व्यापारी भन्छन,आयो पसल खोल्यो ‘बोहोनी’ नभइ घर फर्कियो


व्यापारी भन्छन,आयो पसल खोल्यो ‘बोहोनी’ नभइ घर फर्कियो

वीरगञ्ज : कोरोना महामारीका कारण पर्सा र बारा जिल्लासंग सीमा जोडिएको नेपाली ग्राहककै भरमा रहेको भारतीय रक्सौल बजार अहिले प्रायः ठप्प छ ।
रक्सौलमा करीब चार सय पसल छन् । नेपाली ग्रहाकका लागि खोलिएका यी पसलमा दसैँ र तिहारका नेपालीको घुँइचो लाग्थ्यो । कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा सीमानामा गरिएको कडाइका कारण नेपाली ग्रहाक रक्सौल बजार पुग्न नसकेपछि करिब चार सयको हाराहारीमा पसल रहेको रक्सौल बजारको ब्यापार व्यवसाय ठप्प बनेको हो ।
रक्सौल चेम्बर अफ कर्मश एण्ड ईण्डट्रिजका अध्यक्ष अरुणकुमार गुप्ताका अनुसार बितेको मार्च २२ गतेदेखि जुलाई सम्मको चार महिने अवधिमा पूर्णरुपमा ठप्प बनेको थियो । हाल बजार खुले पनि सीमामा कडाई गरिएकाले नेपाली ग्राहक आएका छैनन त्यसैले ब्यापार ठप्प थिया । सेप्टेम्बर र अहिले अक्टुबरसम्म आईपुग्दा २० देखि २५ प्रतिशत ब्यापार भईरहेको बताउनुहुन्छ । समग्रमा २० देखि २५ प्रतिशत रहेपनि औषधि र किराना एंव खाद्य वस्तुको व्यापार मात्र बढी छ ।
रक्सौलमा ९० देखि ९५ प्रतिशत नेपाली नागरिक नै ग्राहक रहने गरेकाले भारततर्फ लकडाउन हटेर बजार खुले पनि सीमा बन्द रहेकाले नेपाली ग्राहक नपुग्दा ब्यापार ठप्प भएको रक्सौल चेम्बर अफ कर्मश एण्ड ईण्डट्रिजका अध्यक्ष गुप्ताले गोरखापत्रलाई बताउनुभयो ।
नेपाली ग्राहकलाई लक्षित गरेर रक्सौलमा करिब चार सय पसलहरु सञ्चालनमा रहेको त्यसमध्ये करीब ७५ प्रतिशत पसलहरु भाडाका घरमा एंव सटरमा छन् । लामो समयदेखिको लकडाउन र सीमानाका बन्द रहँदा नेपाली ग्राहक नआएर व्यापार ठप्प भएपछि आधा दर्जनभन्दा बढी पसल बन्द भइसकेको उहाँले बताउनुभयो ।
रक्सौल चेम्बर अफ कर्मश एण्ड ईण्डट्रिजका सचिव राजकुमार गुप्ता भन्नुहुन्छ पसल खोल्ने दैनिकी बनेको छ तर कुनै कुनै दिन बोहनी पनि हुँदैन गल्ला (क्यास बक्स) खोल्नै पर्दैन , दैनिक स्टाफहरु आउने बस्ने , दिउँसो नास्ता खाने अनि साझ पसल बन्द गरेर घर जाने यही दैनिकी छ हाम्रो । सिमामा केही खुकुलो भएकाले पछिल्लो १५÷२० दिन यता नेपाली ग्राहकहरु आउन थालेको बताउदै अब व्यापार होला कि भन्ने आशा व्यक्त गर्नुहुन्छ । रक्सौलको बैक रोडमा रहेको सास बहु साडी शो रुमका सञ्चालक समेत रहनुभएका सचिव गुप्ताले बन्द रहेको यस अबधिको आर्थिक व्ययभारको असर करिब दुई वर्षसम्म रहने दाबी गर्नु भयो
त्यस्तैगरी रक्सौलको बैकरोडमा रहेको श्री बालाजी फर्निचरका सञ्चालक एंव रक्सौल चेम्बर अफ कर्मश एण्ड ईण्डट्रिजका सदस्य रासविहारी चौधरीले फर्निचरको व्यापार ठप्प रहेको बताउनुहुन्छ । प्लाष्टिकका फर्निचरको बिक्री शुन्य रहेको पसल खोल्ने काम काम भईरहेको उहाँले बताउनुभयो ।
बैक रोड रक्सौलमा नै रहेको किचेन पार्क नामक पसलका सञ्चालक ईम्तियाज अहमद भन्नुहुन्छ पछिल्लो १० दिन यता केही नेपाली ग्राहकहरु आउने गरेकाले बिक्री हुने गरे पनि करिब ९० प्रतिशत ग्राहक नेपाली नागरिक नै रहेकाले सिमा नखुलुञ्जेल व्यापार राम्रो हँुदैन ।
आम्रपाली किराना पसलका सञ्चालक श्रीलाल प्रसादलाई सरसामान बेच्न भ्याई नभ्याई थियो । गोरखापत्रकर्मीसंग कुराकानी गर्दै उहाँले पछिल्ला दिनहरुमा व्यापार राम्रो भईरहेको करिब करिब ७० प्रतिशत जति पूरानै लयमा फर्किसकेको बताउनु भयो । औषधी र किराना लगायत खाद्यान्न पसलहरु नेपाली ग्राहक सिमा नाका बन्द भएपनि प्रहरीले खुकुलो गरीदिदाँ आवश्यक औषधी तथा खाद्यसामग्री खरिद गर्न भारतको रक्सौल पुग्ने गरेका छन् ।gorkhaptra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द
  • २०७७ कार्तिक ५, बुधबार १७:५७
  • In "थप"
  • भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल
  • २०७७ कार्तिक ५, बुधबार १७:५७
  • In "देश"
  • नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक
  • २०७७ कार्तिक ५, बुधबार १७:५७
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post

दसैँको मुखमा भारत जानेहरूको लर्को (फोटो फिचर)

पुनर्निर्मित रानीपाेखरी र बालगाेपालेश्वर मन्दिर (फाेटाेफिचर)

मूल्यवृद्धिले उपभाेक्ता मारमा, दुई प्रतिशतले घटेकाे सरकारी तथ्यांक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version