No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनमतको चाहना सरकार ढालोस्, काँग्रेस चान्छ आफै छाडोस्

जनमतको चाहना सरकार ढालोस्, काँग्रेस चान्छ आफै छाडोस्

मंगलबार मधेश प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीमाथि चर्को आक्रोश व्यक्त गरे । ‘डा. सिके राउतले के आधारमा काँग्रेस र एमालेलाई भ्रष्ट पार्टी, दलाल पार्टी, कमिसन खोर पार्टी भन्नु भयो’ उनले डा. सिके राउतलाइ चुनौत दिँदै भने ‘काठमाडौंबाट सरकार नियन्त्रण गर्ने प्रयास भइरहेको छ। यो सरकार सतिश सिंहको नेतृत्वमा छ, सिके राउतको होइन,’

सत्ता साझेदार कांग्रेसकै नेताबाट यस्तो आरोप आउनुको पछाडि पछिल्ला घटनाक्रमहरू प्रमुख कारण बनेका छन्। जनमत पार्टीको आधिकारिक फेसबुक पेजबाट कांग्रेस र नेकपा एमालेमाथि गम्भीर आरोप लगाइएको थियो। ती आरोपहरूमा मन्त्रीहरूद्वारा मुख्यमन्त्रीको आदेश नटेर्ने, अनियमिततामा संलग्न हुने, र पुँजीगत बजेट खर्चमा बाधा पु–याएको विषय समावेश थियो। यी आरोपहरूलाई सिके राउतले विभिन्न अन्तर्वार्ताहरूमा पनि दोहो¥याउँदै आएका छन् ।

यही विषयलाई लिएर मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेस नेता यादवले कडा शब्दमा जवाफ दिए । “आफैं गर्न नसक्ने, अनि दोष अरूलाई देखाएर गठबन्धनलाई गाली गर्ने ? यस्तो राजनीतिक संस्कार कहाँबाट आयो?“ उनले प्रश्न गरे।

मधेश प्रदेशमा सत्तारूढ दलहरूबीचको विवाद खुला रूपमा संसदमा पुगेको छ। बुधबार जनमतका सचेतक चन्दन सिंहले कांग्रेस नेताहरूको आलोचनालाई पार्टीको राष्ट्रिय अध्यक्षप्रति अनादरको रूपमा व्याख्या गरे। “सत्तासाझेदार दलबाट हाम्रो अध्यक्षको नाम लिएर यस्तो हदसम्मको भाषा प्रयोग गरिन्छ भन्ने कहिल्यै सोचिएन,“ उनले भने। जनमत पार्टीले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई शरणार्थी प्रकरण र सुन तस्करीजस्ता विषय जोड्दै आरोप लगाएको छ । सरकार असफल छ भने सत्तारुढ दलहरु पनि त्यसको जिम्मेबार रहेको सचेतक सिंहको जिकिर छ ।
गठबन्धनभित्रको विवादले मधेश सरकारको कामकारबाहीमा समेत असर गरेको छ। चालु आर्थिक वर्षको छ महिनासम्म बजेट खर्च हुन नसक्नु प्रमुख समस्या बनेको छ। जनमत पार्टीले बजेट नखर्चिनुको दोष कांग्रेस र एमालेमाथि थोपरेको छ ।

मधेश सरकारले बजेट वक्तव्यको १४७ नम्बर बुँदामा आधारित खर्च मार्गदर्शन लागू गरेपछि बजेट खर्चमा अडचन आएको हो। जनमत पार्टीले अर्थमन्त्री सुनिल यादवलाई पुस पहिलो साता स्पष्टीकरण सोध्दै कांग्रेस र एमालेमाथि आरोप लगाउन थालेको थियो। तर, कांग्रेस र एमालेले जनमतले आफैं काम गर्न नसकेको भन्दै जवाफी प्रतिक्रिया दिएका छन्।
कांग्रेस सांसद मो. समिमले भने, ’हाम्रो बुई चढेर सत्ताको नेतृत्व गर्ने, अनि हामीलाई लुटेरा र भ्रष्टाचारी भन्ने ? यो कहाँको राजनीतिक संस्कार हो ?’

संसदीय अभ्यासमा पहिलोपटक आएको जनमत पार्टीको सरकारले खासै काम गर्न नसकेपछि गठबन्धन भित्र र बाहिर आलोचना बढेको छ । त्यस कारण जनमत पार्टीभित्र सरकार छाड्ने दबाब बढिरहेको छ । तर, आफै सरकार छाड्दा पार्टीप्रति गलत सन्देश जाने डरले जनमतले गठबन्धनलाई दोष दिने रणनीति अख्तियार गरेको बुझिन्छ । “हाम्रो सरकारले प्रभावकारी काम गर्न सकेन । कांग्रेस र एमालेले असहयोग गरे। अब गठबन्धनमा बसिरहँदा पार्टीप्रति गलत धारणा बन्नेछ,“ जनमतका एक सचिवालय सदस्यले भने ‘त्यस कारण काँग्रेस र एमालेले गरेको षड्यन्त्र र असहयोगको बारे खुलेर बोलौं भन्ने छ । बरु ती दलहरुले सरकार ढाल्छ भने ढालोस् ।’

तर जनमतका प्रवक्ता सरदसिंह यादवले पार्टीको त्यस्तो रणनीति नरहेको दावी गरे । दुबै दलले असहयोग गरेकाले जनमतले जायजय कुराहरु नै बाहिर ल्याएको उनको तर्क छ ।
तर, कांग्रेस नेता यादवले जनमत पार्टीका गतिविधिहरूको निर्णय पार्टी केन्द्रले गर्ने बताए । कांग्रेसले मधेश सरकार असफल भएको भन्दै आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Next Post
संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक

संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

लस एन्जलसमा आगो कति टाढासम्म फैलियो ? अहिलेसम्म कति नोक्सान भयो ?

बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिने ट्रम्पको वाचा

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .