• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पालिका उपाध्यक्षको गुनासो: प्रक्रिया पूर्ण रूपमा गलत


पालिका उपाध्यक्षको गुनासो: प्रक्रिया पूर्ण रूपमा गलत

गाउँपालिका उपाध्यक्ष निलम देवी यादवले विद्यालयको शिक्षक भर्ना प्रक्रिया पूर्ण रूपमा गलत रहेको बताउँदै यसलाई आफूले मान्यता नदिने प्रस्ट पारिन्

महेश सिंह लहान ,सखुवानन्कारकट्टी-३ माध्यमिक विद्यालय महादेवा पोर्ताहामा शिक्षक भर्ना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय र शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको स्वीकृतिमा भर्ना प्रक्रिया अघि बढाइए पनि गाउँपालिका उपाध्यक्ष निलम देवी यादवले यसलाई पूर्ण रूपमा गलत भन्दै आपत्ति जनाएकी छिन्।
विद्यालयले विज्ञान/गणित विषयमा राहत अनुदान शिक्षकको पदपूर्तिका लागि विज्ञापन नं. ०१/०८१/०८२ जारी गर्दै आवेदनको अन्तिम मिति मंसिर १२ गतेसम्म तोकेको थियो। आवेदन शुल्क रु. १,५०० तोकिएको छ भने उम्मेदवारले I.Sc वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुका साथै १८ देखि ४० वर्षको उमेर समूहभित्र पर्ने मापदण्ड राखिएको छ। लिखित परीक्षा, मौखिक परीक्षा र कक्षा अवलोकनको आधारमा अन्तिम छनोट गरिने उल्लेख गरिएको छ।
गाउँपालिका उपाध्यक्ष निलम देवी यादवले भर्ना प्रक्रिया पारदर्शिता, कानूनी मापदण्ड, र उचित प्रक्रियाको अभावमा गरिएको बताउँदै यसलाई आफूले स्वीकार नगर्ने प्रस्ट पारिन्। “भर्ना प्रक्रिया पूर्ण रूपमा गलत छ, यसलाई मैले मान्दिनँ,” उनले भनिन्।
उनले विद्यालय व्यवस्थापन समितिले कुनै पत्रपत्रिका वा अन्य सार्वजनिक माध्यममा सूचना प्रकाशन नगरी गोप्य रूपमा भर्ना प्रक्रिया अघि बढाएको र पालिकालाई जानकारी समेत नगराइएको गुनासो गरिन्। “यो प्रक्रियामा सबै पक्षको गल्ती देखिन्छ। यस्तो गलत प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य छैन,” उपाध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताइन्।
स्थानीय बिनोद यादवले विद्यालय व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै एउटै मितिमा फरक–फरक लेटरहेड प्रयोग गरी जारी गरिएका सूचनाहरूले प्रक्रियागत त्रुटि स्पष्ट हुने बताएका छन्। “यसले विद्यालय प्रशासनको निष्पक्षतामाथि शंका उब्जाएको छ,” उनले भने।
प्रधानाध्यापक घुरन यादवले शिक्षक अभावका कारण तत्काल भर्ना प्रक्रिया अघि बढाउनुपरेको स्पष्टिकरण दिए। “६ सय विद्यार्थीको अध्ययनरत अवस्थामा शिक्षक अभावले पठनपाठन प्रभावित भइरहेको छ,” उनले भने। साथै, शिक्षा शाखाको निर्देशन अनुसार पुनः एक साता समय थपेर आवेदन प्रक्रिया खुला गरिने उनले जानकारी दिए।
विद्यालयले ५ जना गाउँपालिका अनुदान शिक्षक र १ जना राहत अनुदान शिक्षक गरी ६ जना शिक्षक पदपूर्तिका लागि भर्ना प्रक्रिया अघि बढाएको छ।
गाउँपालिका उपाध्यक्ष, स्थानीयवासी, र अन्य सरोकारवालाहरूले भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन जोड दिएका छन्। योग्य र दक्ष उम्मेदवार छनोटका लागि पत्रपत्रिका वा अन्य माध्यमबाट सार्वजनिक सूचना दिन र कानूनी प्रक्रिया पालना गर्न उनीहरूले माग गरेका छन्।
यसैबीच, उपाध्यक्ष यादवले प्रक्रिया पुनः सुरू गरेर निष्पक्षता र पारदर्शिताको ग्यारेन्टी नगरेसम्म आफू यो प्रक्रियालाई मान्यता नदिने बताएकी छिन्। विद्यालय प्रशासनले सबै पक्षलाई समेटेर निष्पक्ष प्रक्रिया अपनाउने प्रतिबद्धता जनाए पनि विवाद तत्काल साम्य हुने सम्भावना कम देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीमान्तकृत समुदायका लागि सखुवानान्कारकट्टीमा घरदैलो भर्ना अभियान
  • २०८१ पुष ९, मंगलवार २१:११
  • In "BannerNews"
  • प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
  • २०८१ पुष ९, मंगलवार २१:११
  • In "BannerNews"
  • अब शिक्षकले कुनै राजनीतिको सदस्य भए जागिर चट्
  • २०८१ पुष ९, मंगलवार २१:११
  • In "देश"

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

नगरस्तरीय हाजिरी जवाफ: सुनगाभा स्कूल पहिलो, २२ लाख छात्रवृत्ति वितरण

एमालेले भीम रावललाई पार्टीबाट हटायो

पाकिस्तानको हवाई आक्रमणमा अफगानिस्तानमा धेरैको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version