No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

महेश सिंह लहान – सिरहाको लहानमा रहेको हिमालयन विद्या निकेतनले यस वर्ष पनि विविध सांस्कृतिक र परम्परागत स्वादको महोत्सवका रूपमा ‘कल्चरल एन्ड फुड फेस्टिवल’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीहरूलाई आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न अभिप्रेरित गर्दै आयोजना गरिएको यस कार्यक्रमले विभिन्न समुदायका संस्कृतिहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्न सफल भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो धर्म र संस्कृति झल्कने पहिरनमा सजिएर परम्परागत नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गरे। साथै, उनीहरूले आफ्ना समुदायका विशेष परिकारहरू तयार गरी गुरु, गुरुआमा र कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई प्रसादका रूपमा बाँडे। यस क्रममा विद्यार्थीहरूले परम्परागत परिकारहरूको स्वाद आदान–प्रदान गर्दै एकआपसमा भाइचारा र सामूहिकताका भावना सुदृढ गरेका थिए।
कार्यक्रमको उद्घाटन लहान नगर पालिकाको शिक्षा शाखा प्रमुख अमिरी यादव र बिशिस्ट अतिथि लायन्स कल्ब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ताले पान्समा बति र गम्लामा पानी हालेर कार्यक्रमको उदघाटन गरेका थिए।
विद्यालयनका संस्थापक सदस्य पशुपति भट्टले स्वागत मन्तव्यमार्फत गरेका थिए। प्रमुख अतिथि लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादवले गुणस्तरीय शिक्षाको आवश्यकता र विद्यार्थीहरूको भावनात्मक तथा इच्छाशक्ति बुझेर तिनलाई सही दिशा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “गुणस्तरीय शिक्षा बिना देशको समग्र विकास सम्भव छैन। विद्यार्थीहरूमा संस्कार र नेतृत्व विकास गर्नु हाम्रो दायित्व हो।”
विशिष्ट अतिथिका रूपमा उपस्थित लायन्स क्लब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता, पूर्व मेयर प्रकाश केसी, र विद्यालयका अन्य अभिभावक सदस्यहरूले विद्यालयको प्रयासको प्रशंसा गरे।
वि.सं. २०७२ मा स्थापना भएको हिमालयन विद्या निकेतन हाल ८०० भन्दा बढी विद्यार्थीहरू सहित प्लस टु तहसम्म अध्ययन सञ्चालन गर्दै आएको छ। विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयले स्थानीय क्षेत्रको शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याएको छ।
विद्यालयका संस्थापक सदस्यहरूमा पशुपति कुमार भट्ट, अशोक चौधरी, फैज अहमद, सुभ नारायण यादव, राम बाबु साह, र संजीप गुप्ता रहेका छन्। विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूलाई सिर्जनात्मक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्षम बनाउनेतर्फ क्रियाशील रहेको छ।
‘कल्चरल एन्ड फुड फेस्टिवल’ को आयोजना केवल मनोरञ्जनमा सीमित नभई, विभिन्न धर्म र समुदायका विद्यार्थीहरूलाई एकआपसमा सहकार्य र सामूहिकतामा विश्वास गर्न प्रेरित गर्ने प्रमुख माध्यम बनेको छ। कार्यक्रममा प्रस्तुत गरिएको नृत्य, संगीत र परम्परागत परिकारले सबै सहभागीलाई विविधताको सौन्दर्य बुझ्ने अवसर प्रदान गरेको थियो।
विद्यालय प्रशासनले आगामी वर्षहरूमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। कार्यक्रमले विद्यार्थी, अभिभावक र अतिथिहरूमा छुट्टै उत्साह पैदा गरेको  शेयर सदस्य पशुपति भट्टले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

Next Post
जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .