• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्य अतिथि र सभापतिको सामाजिक चेतनामा जोड


मुख्य अतिथि र सभापतिको सामाजिक चेतनामा जोड

महेश सिंह /रामसेवक राम लहान,लहान १ स्थित लायन्स क्लबको आयोजनामा र गोल्डेन फ्युचर एकेडेमीको सहकार्यमा र किडस मनटेश्वरीको समन्वयमा  “लागु औषध नियन्त्रणमा युवाको भूमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १७ वटा सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतियोगिताका प्रमुख अतिथि उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडाले सहभागी विद्यार्थीहरूको ज्ञान, सीप र प्रभावशाली प्रस्तुति प्रशंसा गर्दै नियमित अभ्यासको महत्त्व औंल्याए। उनले सरकारी विद्यालयका बालबालिकाहरूको क्षमता वृद्धि गर्न पोषण, वातावरण र व्यवस्थापन सुधारमा ध्यान दिनुपर्ने आवश्यकता पनि उल्लेख गरे।
कार्यक्रममा नेशनल एकेडेमी लहानकी छात्रा एसिना प्रविनले प्रथम स्थान हासिल गरिन्। दोस्रो स्थान स्कुल अफ स्कलरकी विनी यादव र तेस्रो स्थान लोटस बोर्डिङ स्कुलकी निसा यादवले हात पारे। छात्रतर्फ प्रथम स्थान लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालयका नेफुरुल अन्सारीले जिते। स्कुल अफ स्कलरका पुष्प कुशवाह दोस्रो र वेबी एन्जल सेकेन्डरी स्कुलका अविनाश यादव तेस्रो स्थानमा रहे।
कार्यक्रमका सभापति शंकर प्रसाद गुप्ताले सिरहा जिल्लामा यस्ता प्रतियोगिताहरूले युवामा सामाजिक चेतना फैलाउन मद्दत पुर्‍याउने बताए। उनले स्थानीय तह, वडा समिति र युवा सञ्जालले यस्ता गतिविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। “समाजमा व्याप्त विकृतिहरू हटाउन कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,” उनले भने।
प्रतियोगिताका निर्णायक शिक्षकहरू राम विलास यादव, मदन मण्डल र संजय यादवले निर्णायक भुमिका निर्वाह गरे। कार्यक्रमको सहजीकरण तथा व्यवस्थापनमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उपेन्द्र प्रसाद यादवको महत्त्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र सामाजिक सचेतना अभिवृद्धि गरेको लायन्स कलबका संस्थापक अध्यक्ष राकेश झाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिदाईमा रमाउदै प्यारागन स्कुलका विद्यार्थी
  • २०८१ मंसिर ३०, आईतवार २०:२२
  • In "BannerNews"
  • पूर्वविद्यार्थीको पहलमा लक्ष्मी नारायण कौशल्या मा.वि. मा प्रेरणादायी कार्यक्रम
  • २०८१ मंसिर ३०, आईतवार २०:२२
  • In "BannerNews"
  • विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल
  • २०८१ मंसिर ३०, आईतवार २०:२२
  • In "मध्य पूर्व"

महेश सिंह

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

लहानमा अपाङ्ग बाल अस्पतालद्वारा २२ लाख बराबर सामग्री सहयोग

धार्मिक कथा र झाँकीले लहान क्षेत्र उत्सवमय

इतिहास रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version