• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर


बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

काठमाडौं, २२ मंसिर । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक संकट र स्वाधीनतामा हस्तक्षेपको संकेत हुनसक्ने बताएको छ ।
अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति जारी गर्दै बिआरआई सम्झौतालाई ‘भ्रमणको सबैभन्दा विवादास्पद पक्ष’ भनेका छन् । चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएकोमा उल्टै भ्रमणको परिणामले नेपालको दीर्घकालीन स्वाधीनता, आर्थिक स्वावलम्बन र कूटनीतिक प्राथमिकताहरूमाथि गम्भीर चुनौती खडा गरेको पनि अध्यक्ष यादवको कथन छ ।
‘बिआरआई परियोजनामा नेपालले बिना विस्तृत अध्ययन र बहस सहभागी हुने निर्णय गरेको देखिन्छ । श्रीलंका र माल्दिभ्स जस्ता देशहरूले यस्ता परियोजनाका कारण ठूलो आर्थिक संकट झेलिसकेका उदाहरण नेपालका लागि चेतावनी हुनुपर्छ’, अभियानले भनेको छ ।
संसदमा छलफल नगरी र पारदर्शिताविना समझौतामा हस्ताक्षर गरिएकाले नेपालको आर्थिक र राजनीतिक भविष्यलाई संकटतर्फ धकेल्न सक्ने उल्लेख गर्दै अध्यक्ष यादवको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको हस्ताक्षरलाई राष्ट्रघातको रूपमा लिइनुपर्ने भन्दै आलोचना भइरहेको छ ।’
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनसँगको सीमा विवादबारे कुनै चर्चा नगर्नु गम्भीर कूटनीतिक असफलता भएको अभियानको ठहर छ । रसुवागढी क्षेत्रलगायतका विवादित भूभागहरूमा चीनको अतिक्रमणबारे स्पष्ट रूपमा आवाज नउठाइएको र भारतसँगका सीमा विवादमा स्पष्ट अडान लिने सरकार चीनसँग भने मौन देखिएकाले नेपालको सीमा सुरक्षा र भू–राजनीतिक स्वाधीनतामा सरकारको प्रतिबद्धताप्रति गम्भीर प्रश्न खडा भएको अभियानले जनाएको छ ।
‘चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको उच्च ब्याजदरको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने विषय भ्रमणको प्राथमिकतामा हुनुपर्ने थियो । तर, प्रधानमन्त्रीले यो विषयमा कुनै पहल नगर्नु नेपालको वित्तीय हितविपरीत देखिन्छ । ऋणको भारले देशको आर्थिक स्थायित्वलाई खतरामा पार्नसक्ने स्थिति आउनसक्ने चिन्ता व्यक्त भइरहेको छ’, अभियानको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुन सक्ने व्यापारिक नाकाहरू पुनः सञ्चालन र सिगत्से–केरुङ–काठमाडौं रेलवे परियोजनाको ठोस कार्ययोजना अघि बढाउन पनि प्रधानमन्त्रीको भ्रमण असफल भएकाले भ्रमण औपचारिकतामा मात्र सीमित भएको अभियानको जिकिर छ ।
प्रधानमन्त्री ओलीले चीनसँग गरिएका सम्झौताहरूलाई गोप्य राख्दै संसद र जनतालाई जानकारी नदिएकोले पारदर्शितामा गम्भीर प्रश्न उठेको, राष्ट्रिय हित र स्वाधीनतालाई प्राथमिकतामा राख्नुपर्ने अवस्थामा सरकारले स्पष्ट रणनीति र पारदर्शिता देखाउन नसकेको अभियानले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता अभियान सरकारलाई बिआरआई सम्झौताका सबै विवरण सार्वजनिक गर्न, चीनसँग सीमा विवादमा स्पष्ट पहल गर्न र पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रूपान्तरण गर्न दबाब दिन आह्वान गर्दछ । साथै, राष्ट्रिय हित र स्वाधीनतामा आँच आउने कुनै पनि सम्झौताबाट सरकारलाई तत्काल पछि हट्न अनुरोध गर्दछ ।’
नेपालको स्वाधीनता, आर्थिक स्थायित्व, र कूटनीतिक सन्तुलन जस्ता संवेदनशील मुद्दाहरूमा सरकारको निष्क्रियताले देशको भविष्यलाई खतरामा पारेको यो अवस्थामा, नागरिक समाज, संसद, र जिम्मेवार निकायहरूले कडा कदम चाल्नुपर्ने तथा सरकारका हरेक निर्णय राष्ट्रिय हितको रक्षा गर्ने दीर्घकालीन दृष्टिकोणमा आधारित हुनुपर्ने पनि अभियानको आव्शान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिआरआई राष्ट्रिय स्वाधिनताको लागि खतरा भएको अभियानको निष्कर्ष
  • २०८१ मंसिर २२, शनिबार २२:०८
  • In "BannerNews"
  • पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग
  • २०८१ मंसिर २२, शनिबार २२:०८
  • In "BannerNews"
  • बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय
  • २०८१ मंसिर २२, शनिबार २२:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा

प्रचण्ड- लु भेटवार्ता : विपिन जोशीको रिहाईदेखि शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा छलफल

सिरियाका विद्रोही नेताहरुले सरकारी टिभी च्यानल र रेडियोबाट दिएको सन्देशमा के भने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version