• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा यात्रुवाहक गाडीमा आतंककारीले गोली चलाउँदा ५० जनाको मृत्यु


पाकिस्तानमा यात्रुवाहक गाडीमा आतंककारीले गोली चलाउँदा ५० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी हमलाको घटना सार्वजनिक भएको छ । यो आतंकवादी हमलामा ५० जनाको मृत्यु भएको बताइएको छ । यो हमला खैबर पख्तुनख्वाको डाउन कुर्रम क्षेत्रमा यात्रु भ्यानमा भएको हो । आक्रमणमा एक प्रहरी अधिकारी र महिलासहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

एएफपी रिपोर्टका अनुसार यस आक्रमणमा ५० जनाको मृत्यु भएको छ। यात्रु भ्यान तल्लो कुर्रमको ओचुत काली र मन्डुरी नजिकैबाट गुज्रने बित्तिकै त्यहाँ पहिल्यै आक्रमणको तयारी गरी बसेका आतंककारीहरूले भ्यानमा अन्धाधुन्ध गोली चलाउन थाले। यात्रुवाहक भ्यान पाराचिनारबाट पेशावरतर्फ गइरहेको थियो ।

पाकिस्तानको समाचार एजेन्सी डनका अनुसार तहसिल मुख्यालय अस्पताल अलिजाइका अधिकारी डाक्टर घ्योर हुसैनले आक्रमणको पुष्टि गरेका छन्। मृत्यु भएकामध्ये १४ जनाको परिचयपत्र नभएकाले अहिलेसम्म सनाखत हुन नसकेको अधिकारीहरुले जनाएका छन्, उनीहरुका आफन्तसँग सम्पर्क गर्ने प्रयास जारी छ ।

यसैबीच पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले यस घटनाको कडा शब्दमा निन्दा गर्दै मृतकका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। पीपीपीले एक्समा एक पोस्टमा निर्दोष यात्रुहरूमाथि आक्रमण गर्नु कायरतापूर्ण र अमानवीय कार्य भनेको छ । यस घटनाका दोषीलाई कारबाही गर्नुपर्ने पार्टीले जनाएको छ । साथै घाइतेलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरिएको छ ।

रोयटर्सका अनुसार खैबर पख्तुनख्वा प्रान्तका मुख्य सचिव नदीम अस्लम चौधरीले कुर्रममा भएको आक्रमणमा मारिनेमा एक महिला र एक बालक पनि रहेको बताएका छन् । उनले यो ठूलो दु:खद घटना भएको र मृतकको संख्या बढ्न सक्ने बताए ।

यस घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । पाराचिनारका स्थानीय बासिन्दा जियारत हुसेनका अनुसार दुईवटा यात्रुवाहक सवारी साधनमा गोली चलाइएको थियो । एउटा यात्रु बोकेर पेशावरबाट पाराचिनार र अर्को पाराचिनारबाट पेशावरतर्फ जाँदै गर्दा बन्दुकधारीले गोली चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पछिल्लो ४८ घण्टामा पाकिस्तानमा ५७ आक्रमण, १०० भन्दा बढीको मृत्यु भएको दाबी
  • २०८१ मंसिर ८, शनिबार २१:११
  • In "BannerNews"
  • भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या
  • २०८१ मंसिर ८, शनिबार २१:११
  • In "अन्तराष्ट्रिय"
  • पहलगाममा ठूलो आतंकवादी आक्रमणपछि फेरि बारामूलामा आक्रमण, २ जनाको मृत्यु
  • २०८१ मंसिर ८, शनिबार २१:११
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?

मुक्तिनाथ पुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version