• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा


प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पेस गरिएको छ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतीपछि प्रहरी विधयेक मन्त्रीपरिषद्‍मा पेस गरेको हो।

गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले प्रहरी ऐन २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न मितिमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानूनी शासन र मानव अधिकारप्रति प्रतिवद्ध, लैंगिक संवेदनशिल, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यवसायीक बनाउन विधयेक स्वीकृतीका लागि मन्त्रिपरिषद्‍मा पेस गरिएको बताए।

उनले सार्वजनिक शान्ति प्रवर्द्धन, अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति, सुरक्षा एवं सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरी सेवाको गठन, सञ्चालन तथा सेवाको शर्तसम्वन्धी कानुनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न आवश्यक रहेकाले विधयेक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृतीका लागि मन्त्रिपरिषद्‍मा पेस गरेको जानकारी दिए।

त्यसैगरी सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानूनी प्रावधानहरुलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ सशस्त्र प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट सशस्त्र प्रहरी कर्मचारीको सेवा सर्त सम्वन्धमा फैसला कार्यान्वयन गर्नुका साथै सशस्त्र प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै शान्ति, सुरक्षा एवं सुव्यवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्नका लागि सशस्त्र प्रहरी सम्बन्धी कानुनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न आवश्यक रहेकाले विधयेक अघि बढाइएको कानून महाशाखाका प्रमुख रिजालले बताए।

गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थीत, सुदृढ र क्रियाशिल बनाउने विषय प्राथमितामा राखेर विधयेक परिमार्जन र संशोधनलाई गृह मन्त्रालयले अघि बढाएको हो।

‘मन्त्रीपरिषद्को कार्यालयमा विधयेक पेश भयो, अब मन्त्रीपरिषद्ले विधयेक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृती दिनेछ,’ रिजालले भने, ‘नेपाल प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ संशोधन भए संगठनलाई थप सुदृढ र कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।’

गृहमन्त्री रमेश लेखकले आफ्नो प्राथमिकतामा राखेको प्रहरी विधयेक आगामी संघीय संसदबाट पारित गराउने लक्ष्य राखेका छन्।

‘मन्त्रीज्यूले राख्नुभएको लक्ष्य अनुरुप सबै निकायबाट सहमती लिएर विधयेक मन्त्रीपरिषद्को कार्यालयमा पेस भएको छ,’ उनले भने, ‘विधयेक पारित भएमा प्रहरीमा ३० बर्षे सेवा अवधी हट्नुका साथै प्रहरीको तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिनपाउने र प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुनेछ।’

गृह मन्त्रालयले दुवै प्रहरी ऐन, लाई प्रतिस्थापन गरी प्रहरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको जनाएको छ। प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि दुवै प्रहरी संगठनको बृहत्तर हित हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसदमा पेस हुँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक
  • २०८१ मंसिर ९, आईतवार १८:३९
  • In "BannerNews"
  • प्रहरीमा ३० वर्षे सेवा हद हटाउने गृह मन्त्रालयको प्रस्तावमा अर्थको सहमति
  • २०८१ मंसिर ९, आईतवार १८:३९
  • In "BannerNews"
  • संघीय विरुद्ध सर्वोच्चमा रिट
  • २०८१ मंसिर ९, आईतवार १८:३९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

Next Post

सिरहामा महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान

लहान २० मा सीमान्तकृत मुसहर समुदायलाई जाडाे छ्लन फाईबर सिरक उपहार

बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version