No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी आज ५ दिने नेपाल भ्रमणका लागि आउँदैछन्। यसअघि पनि नेपाली र भारतीय सेना प्रमुखले एक अर्काको देश भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै यो भ्रमण हुन लागेको हो।

यद्यपि यस पटकको भारतीय सेना प्रमुखको भ्रमणमा भारत सरकारले २ वर्षअघि लागू गरेको अग्निपथ योजना र नेपालमा बढ्दो चिनियाँ प्रभावले ठूलो अर्थ राख्नेछ।

जनरल द्विवेदी आज नेपाल आउँदैछन् र उनी पूर्वनिर्धारित तालिकाअनुसार आइतबारसम्म नेपालमा रहनेछन्। यस क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पनि दिइने कार्यक्रम छ। नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको उपाधि दिने परम्परा रहिआएको छ।

यसबाहेक जनरल द्विवेदीको भ्रमणको क्रममा दुई देशबीचको सैन्य सहकार्यलाई अझै बलियो बनाउन दुई पक्षबीच थप छलफल हुने अपेक्षा गरिएको छ। यो भ्रमणमा दुई देशका सेनाबीच साझा युद्ध अभ्यास र र प्रशिक्षण कार्यक्रमलाई बढाउने साथै सेनाको आधुनिकीकरण र क्षमता अभिवृद्धिका लागि थप कार्यक्रम गर्ने सहमति हुन सक्छ।

यस वर्षमात्र ३०० भन्दा बढी नेपाली सैनिकहरुले भारतका विभिन्न सैन्य अड्डाहरुमा प्रशिक्षण लिएका छन्। यसबाहेक भारतले नेपाली सेनालाई आधुनिकीकरण गर्नको लागि हार्डवेयर र सफ्टवेयर सहयोग गरिरहेको छ।

भारतले नेपाली सेनाको लागि साना हतियार, सैन्य वाहन र प्रशिक्षणमा प्रयोग हुने उपकरणहरु पनि सहयोग गरिरहेको छ। यो भ्रमणमा नेपाल र भारतबीच हुँदै आएको सूर्यकिरण संयुक्त सैन्य अभ्यासलाई पनि अझै परिष्कृत बनाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

यो सैन्य अभ्यास अर्को महिना नेपालमा हुने कार्यक्रम छ। यसपटक सूर्यकिरण सैन्य अभ्यासको १८ औं संस्करण हुँदैछ।

जनरल द्विवेदीको यो भ्रमणमा विभिन्न एजेण्डाहरु तय गरिएको भए पनि यसका भारतले २ वर्षअघि ल्याएको अग्नीपथ योजनाले ठूलो प्रभाव पार्न सक्छ। भारतीय सेनाले ल्याएको यो योजनामा नेपाली युवाहरुलाई भर्ना हुनबाट नेपाल सरकारले रोक लगाइसकेको छ। भारतीय सेनामा नेपाली युवाको भर्तीमा नेपालले रोक लगाएपछि हाल भारतीय सेनामा नेपाली युवाको भर्ना लामो समयदेखि हुन सकेको छैन।

भारतीय सेनाका एक उच्च अधिकारीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै विगत ५ वर्षयता भारतीय सेनामा कुनै पनि नेपाली युवा भर्ती नभएको बताए। अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय सशस्त्र बलमा भर्ना हुन नपठाउने नेपालको निर्णयले दुई देशबीचको पुरानो सैन्य सम्बन्धमा चिसोपना आएको छ।

अर्कोतर्फ नेपालमा चीनको बढ्दो प्रभावले पनि जनरल द्विवेदीको भ्रमणमा प्रभाव पार्न सक्छ। नेपाली युवालाई भारतीय सेनामा भर्ना गर्ने परम्परा चीनले रुचाएको छैन। यही बीचमा जनरल द्विवेदीको भ्रमण लगत्तै नेपाली प्रधानमन्त्री चीन भ्रमणमा जाँदैछन्। नेपाली प्रधानमन्त्रीले पदबहाली गरिसकेपछि भारतको भ्रमण गर्ने परम्परा तोडिनुले पनि भारतीय सेना प्रमुखको भ्रमणमा गहिरो प्रभाव पार्न सक्छ।

अग्निपथ योजनामा युवालाई पठाउन नेपालले अस्वीकार गरेपछि भारतीय सेनामा नेपाली युवाको भर्ना रोकिएको छ। भारतीय सेनामा अहिले करिब ३० हजार नेपाली युवा छन् र ९० हजार सेवानिवृत्त सैनिकहरुले भारतीय सेनाबाट पेन्सन पाउँछन्। तर, भारतीय सेनामा नेपाली युवाको भर्ना रोकिएपछि अब भारतीय सेनामा बाँकी भएका सैनिक १०-१० वर्षमा अवकाश पाउँछन्।

‘नेपाली युवा भारतीय सेनामा भर्ना हुन रोकिनु सुखद् संकेत होइन त्यसैले यो परम्परालाई जारी राख्न दुवै पक्षले साझा सहमति गर्नुपर्छ’ भारतीय सेनाका एक उच्च अधिकारीले भने।

केवल ४ वर्षको लागि सैनिकमा सेवा गर्ने र त्यसपछि पेन्सन वा अन्य सुविधा नपाइने यो योजनामा नेपालले आफ्ना युवा पठाउन नखोज्नु अनुचित नभएको समेत ती अधिकारीले बताए।

भारतमा तत्कालीन महाराजा रणजीत सिंहले सन् १८०९-१८१४ मा आफ्नो सेनामा गोर्खा बटालियन खडा गरेका थिए। त्यसपछि अंग्रेजहरुले उनको अनुसरण गरेर गोर्खा बटालियन खडा गरे।

१९४७ मा अंग्रेजले भारत छोड्ने बेला ४ गोर्खा रेजिमेन्ट आफूसँगै बेलायती सेनामा लगेको थियो भने ६ रेजिमेन्ट भारतमै छोडेको थियो। त्यतिबेला भएको त्रिदेशीय सम्झौतापछि ती गोर्खा रेजिमेन्टमा नेपाली युवा भर्ना हुने क्रम जारी छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले भारतीय स्थल सेनाका सेनापति उपेन्द्र द्विवेदीको नेपाल भ्रमणमा अग्निपथका विषयमा छलफल हुने कुनै एजेण्डा नभएको बताए। ‘यो विषयमा छलफल गर्ने कुनै एजेण्डा छैन,’ प्रवक्ता केसीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी

साउदीमा यस वर्ष १०१ विदेशीलाई मृत्युदण्ड, सबैभन्दा धेरै पाकिस्तानी

इजरायल र हमासबीचको मध्यस्थताबाट कतार बाहिरियो

इजरायल र हमासबीचको मध्यस्थताबाट कतार बाहिरियो

युक्रेनद्वारा पहिलो पटक अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार

युक्रेनद्वारा पहिलो पटक अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .