सिरहा –सिरहामा सक्रिय पद्मोदय फाउन्डेसनले स्थानीय जनताको सेवा र समृद्धिका लागि विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आएको छ। दिन-दुखी, आर्थिक रूपले विपन्न र अवसरबाट वञ्चित वर्गलाई सहयोग गर्ने अभियानमा यो संस्था एक उदाहरणीय रूपमा अघि सरेको छ। फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले स्थानिय सरकारलगायत अन्य निकायहरूले गर्न नसक्ने कार्य फाउन्डेसनले अघि बढाएको बताएका छन्।
संस्थाले सिरहाको विभिन्न पालिकामा युवाहरूलाई खेलकुद सामाग्री वितरण गर्दै, कुलतमा फसेका युवाहरूलाई कुलतबाट जोगाउने अभियान थालेको छ। शिक्षा, स्वास्थ्य र समाजसेवामा फाउन्डेसनको लगानी उल्लेखनीय रहेको छ। गरिब दलित विद्यार्थीको शिक्षामा सुधार ल्याउने प्रयासमा संस्था निरन्तर क्रियाशील रहँदै आएको छ। संस्थाका पदाधिकारीहरूका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण, आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई आर्थिक सहयोगजस्ता कार्यक्रम सञ्चालनमा छन्।
वरिष्ठ समाजसेवी तथा समाजिक चिन्तक अशोक खड्काको नेतृत्वमा अघि बढेको यो संस्था स्थानीय बासिन्दाहरूको लागि सहारा बन्दै आएको छ। सिरहाको धनगढीमा जन्मिनुभएका खड्काले आफ्नो तलबबाट प्रत्येक महिना ५० हजार रुपैयाँ समाजसेवामा खर्च गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा पद्मोदय फाउन्डेसन स्थापना भएको हो, जसले समाजमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। पछिल्लो एक वर्षमा खड्काले व्यक्तिगत रूपमा करिब ३० लाख रुपैयाँ समाजसेवामा खर्च गरेको बताइएको छ।
हिजो सम्पन्न फाउन्डेसनको विस्तारित बैठकमा पछिल्लो एक वर्षका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूको घोषणा पनि गरिएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने नेपाल सरकारको निजामती कर्मचारीबाट राष्ट्रिय पुरस्कार पाएका दिलिप सिंहको समेत उपस्थिति थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत अधिकृत रबिन्द्र महत, एमाले नेता राम कुमार साह, अनिरुध, नेता दुर्गेश महतो, आनन्द महतो र खेल प्रशिक्षक योगेश सिंहले फाउन्डेसनका आगामी कार्यहरूको लागि शुभकामना आदान-प्रदान गरेका थिए।
सिरहाका स्थानिय बासिन्दाहरूले पद्मोदय फाउन्डेसनको कार्यको उच्च मूल्याङ्कन गरेका छन्।