• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेरो विद्यालयको अनुभव


मेरो विद्यालयको अनुभव

डा. परशुराम दाहाल

मेरो विद्यालयको अनुभवहरू झापाको चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयसँग गहिरो रूपमा जोडिएको छ। अहिले म संयुक्त राज्य अमेरिकामा एक कृत्रिम बुद्धिमत्ता (AI) वैज्ञानिकको रूपमा काम गरिरहेछु, ओक्लाहोमा विश्वविद्यालयबाट परमाणु तथा आणविक भौतिकशास्त्रमा पीएचडी सकेर।

यो यात्रा ठूलो छ, तर यसको सुरुवात भने वीरेन्द्र माध्यमिक विद्यालयको साधारण कोठाबाट भएको हो। त्यो विद्यालय, जहाँ मैले मेरा जीवनका प्रारम्भिक सपनाहरू बुनेको थिएँ, जसले मेरो व्यक्तित्वको आधारशिला निर्माण गर्‍यो।

२०४४ सालको एसएलसी ब्याचमा म वीरेन्द्र माध्यमिक विद्यालयबाट पास भएको हुँ। विद्यालय जान म देवकोटा चोकबाट करिब दुई माइल पैदल हिँडेर चन्द्रगढी पुग्थेँ। कहिले हिलोमा चप्पल नलगाई हिँड्थेँ, कहिले माछा मार्दै, कहिले साथीहरूसँग झगडा गर्दै, कहिले सिनेमाको कहानी सुन्दै।

कहिलेकाहीँ त ट्रकको धूलोमा खेल्दै र रमाउँदै, कहिले जाडोले कठ्याङ्ग्रिँदै, कहिले गर्मीले थकित हुँदै, त्यही दुई माइलको यात्रा मेरा दिनचर्याको एक अभिन्न हिस्सा थियो।

त्यो १० वर्षको यात्रा, कक्षा १ देखि कक्षा १० सम्मको, केवल मेरो विद्यालय जानको माध्यम मात्रै थिएन, त्यो मेरो किशोरावस्थाको आधार थियो। ती क्षणहरूले मेरो व्यक्तित्व निर्माण गरेको छ। कहिलेकाहिँ साथीहरूसँग नबोली, मनभरि रिस र दुःख राखेर, उनीहरूबाट टाढा बस्ने क्षणहरू थिए।

कहिलेकाहीँ भने, सारा तनाव र समस्यालाई भुलेर, साथीसँग हाँस्दै खुसीका पलहरू साटिने गर्थ्यो। कहिले त बाटोमा हिँड्दा भोकै हुँदाहुँदै पनि भोक बिर्सेर पढाइको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्थ्यो। ती दिनहरू, जहाँ होमवर्कको बोझले निद्रा खोसिदिन्थ्यो, तर त्यही तनावले भविष्यको लागि तयार गरिरहेको हुन्थ्यो।

कहिलेकाहिँ तिहारको रमाइलोमा साथीहरूसँग भेला भएर देउसी-भैलोको योजना बनाउने उत्साहले मन भरिन्थ्यो, जहाँ त्यो योजना बनाउनकै लागि खुसी र जोशले दिनहरू बित्थे। यी क्षणहरू केवल साधारण अनुभवहरू थिएनन्, यी नै क्षणहरूले मभित्रको धैर्य, सहनशीलता र सामूहिकता बढाएका थिए।

ती दिनहरूलाई सम्झँदा, म अहिले पनि आफूलाई एउटा साधारण बालकको रूपमा सम्झन्छु, जसका सपना हरेक दिनको यात्रा जस्तै धूलो र हिलोले ढाकिएका थिए। तर ती सपनाहरूलाई यथार्थमा बदल्न मैले जुन परिश्रम र दृढता देखाएँ, त्यो अहिलेको जे जस्तो सफलता छ, त्यो सफलता प्राप्त गर्नका लागि महत्त्वपूर्ण रह्यो।

हरेक कठिनाइका बीच, म कक्षाको उत्कृष्ट चार विद्यार्थीभित्र परिरहन्थेँ। तर, म यो यात्रालाई अंक र उपलब्धिहरूसँग मात्र जोडेर हेर्दिनँ। मेरो विद्यालय जीवनले मलाई भावनात्मक रूपमा परिपक्व बनायो, बौद्धिक रूपमा समृद्ध गर्‍यो। यसले जीवनका हरेक पाटो आत्मसात गर्न र प्रत्येक चुनौतीलाई सहजताका साथ सामना गर्न सिकायो।

सबै शिक्षकहरू प्रिय थिए, तर केही शिक्षकहरू विशेष थिए, जसले मेरो जीवनलाई अमूल्य पाठहरू सिकाए। कक्षा १ देखि १० सम्मका केही शिक्षकहरूलाई म विशेष सम्झन चाहन्छु।

तल्लो कक्षामा रहेका पुण्य सर र शान्ता प्रसाई म्याम, जसले सधैं मलाई हौसला दिए र प्रोत्साहित गरे, उनीहरूको स्नेहपूर्ण व्यवहार म कहिल्यै भुल्न सक्दिनँ। ताजमान सर, जसबाट मैले पहिलो पटक विज्ञानको बारेमा सुनेको र सिकेको थिएँ, उहाँको विज्ञान शिक्षाले मलाई विज्ञानमा रुची जगायो।

उच्च विद्यालयमा रहेका लिला सर, एसएन सर, रोहेनी सर, खडानन्द सर, र हेड सर, जसको गणित, अंग्रेजी, र नेपाली पढाउने शैली यति उत्कृष्ट थियो कि अहिले अमेरिकाको शिक्षण पद्धतिसँग तुलना गर्दा पनि ती पाठहरू अझै ताजै लाग्छन्।

यी शिक्षकहरूको ज्ञान र प्रेरणाले मेरो बौद्धिक विकासमा गहिरो प्रभाव पार्‍यो, जसले अहिलेको मेरो शैक्षिक र पेशागत यात्रामा महत्वपूर्ण भूमिका खेलेका छन्।

अहिले सम्झेर हेर्दा, शान्ता प्रसाई म्याम र रोहेनी सर केवल शिक्षक मात्र होइनन्, उनीहरूको प्रेरणादायी शिक्षा, हौसलापूर्ण शब्दहरू, र विद्यार्थीहरूसँगको असल व्यवहारले उहाँहरूलाई विशेष बनाएको थियो।

३५-४० वर्षअघि नै उहाँहरूको शिक्षण शैली र विद्यार्थीहरूप्रतिको नजिकको सम्बन्ध अहिलेको अमेरिकाको शिक्षण गुणस्तरसँग मिल्दोजुल्दो थियो। उहाँहरूको प्रोत्साहन र सकारात्मक दृष्टिकोणले हाम्रो सिकाइ अनुभवलाई गहिरो बनायो।

ती दिनहरूमा पनि उहाँहरूको शिक्षण विधि र व्यवहार अत्याधुनिक, प्रभावकारी, र विद्यार्थीमूखी थिए, जुन आजको मापदण्डसँग पनि सहजै तुलना गर्न सकिन्छ।

मेरो उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट सुरु भयो, जहाँ मैले भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर पूरा गरेँ। त्यसपछि अमेरिका आएर ओक्लाहोमा विश्वविद्यालयबाट परमाणु तथा आणविक भौतिकशास्त्रमा पीएचडी सकेँ।

अहिले म संयुक्त राज्य अमेरिकामा कृत्रिम बुद्धिमत्तामा काम गरिरहे पनि, मेरो जरा झापाको त्यो सानो विद्यालयमै गाडिएको छ। वीरेन्द्र माध्यमिक विद्यालयको त्यो भवन, जसले पछि वीरेन्द्र नमूना क्याम्पसको रूपमा विस्तार पायो, मेरो शिक्षाको आधारशिला हो।

ती साधारण कोठाहरू, ती धूलोले भरिएका बाटाहरू, ती निस्वार्थ साथीहरू र ती अनगिन्ती चुनौतीहरू नै मेरो जीवनको महत्वपूर्ण हिस्सा हुन्।

आज जब म मेरो विद्यालय जीवनलाई समीक्षात्मक र विश्लेषणात्मक दृष्टिकोणले हेर्छु, मलाई थाहा हुन्छ कि ती हिलोमा हिंडेका पाइलाहरू, ती धूलोका पलहरू र ती साथीहरूसँग बिताएका दिनहरूले मलाई जस्तो बनायो, त्यो म कहिल्यै भुल्न सक्दिनँ। ती सबै क्षणहरूले मभित्र एउटा असाधारण दृढता र आत्मविश्वास भरे, जसले मलाई हरेक कठिनाइका बीचमा अगाडि बढ्न प्रेरित गर्‍यो।

आज म जहाँ छु, जुन ठाउँमा म पुग्न सकेको छु, त्यो मेरो विद्यालयको बलियो आधार र मेरो लगनशील यात्राको प्रतिफल हो। मेरो वीरेन्द्र माध्यमिक विद्यालयले मात्रै मेरो शिक्षा दिएन, यो विद्यालयले मलाई जीवन बुझ्न र आफ्नो मार्ग पहिचान गर्न सिकायो। ती क्षणहरूले जीवनभरि मलाई साथ दिनेछन्, र म गर्व गर्छु कि म त्यो विद्यालयको हिस्सा थिएँ।

(लेखक डा. दाहालले अमेरिकी विश्वविद्यालयबाट परमाणु तथा आणविक भौतिकशास्त्रमा पीएचडी गरेका हुन् र हाल संयुक्त राज्य अमेरिकामा एआई विशेषज्ञको रूपमा काम गरिरहेका छन्)  DCnepal बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार”
  • २०८१ आश्विन २६, शनिबार २०:५४
  • In "BannerNews"
  • कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो
  • २०८१ आश्विन २६, शनिबार २०:५४
  • In "मधेश प्रदेश"
  • एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !
  • २०८१ आश्विन २६, शनिबार २०:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

अन्यायमा परेका पीडितहरूलाई न्यायिक सहायता प्रदान गर्दै अधिवक्ता दिपेन्द्र साह

बारामा घाँस काट्न गएका किसानको जङ्गली हात्तीको आक्रमणमा मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version