No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला?

फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला?

लामो समयदेखि चर्चामा रहे पनि नेपालमा फाइभजी (5G) सेवा शुरू हुने छाँटकाँट अझै देखिएको छैन।

उक्त सेवा शुरू हुन नसक्नुमा सेवा प्रदायकहरू र नियामक निकायले आआफ्नै तर्क गर्दै आएका छन्।

कतिपय जानकारले नेपालमा फाइभजी शुरू गर्न ढिलो हुन थालेको बताउने गरेका छन्।

यद्यपि व्यापक लगानी चाहिने र फोरजी नै पूर्ण रूपमा विस्तार नभइसकेको अवस्थामा तत्काल फाइभजी सेवा उपलब्ध हुनेमा धेरैले आशङ्का व्यक्त गर्छन्।

नेपाल टेलिकम के भन्छ?

दूरसञ्जार

नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग अनुमति लिएर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न चरणमा फाइभजीको परीक्षण गरिसकेको प्रवक्ता हरि ढकाल बताउँछन्।

तर कहिलेबाट फाइभजी सेवा शुरू हुन्छ भन्ने प्रश्नको जवाफ अहिले सरकारी स्वामित्वको नेपाल टेलिकमसँग पनि छैन।

“अहिले हामी “पर्ख र हेर”को अवस्थामा छौँ। हामीले लिने फ्रिक्वेन्सीको दस्तुर कति हुन्छ, लागत कति पर्छ भन्ने अन्योल छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने, “हामी कहाँकहाँ फाइभजी लन्च गर्न सक्छौँ, त्यसमा कति लगानी पर्छ, प्रतिफल कति आउँछ? यी कुरा प्रस्ट हुन बाँकी छ।”

उनका अनुसार फाइभजी सेवा सञ्चालनको इजाजतपत्र लिए बापत दूरसञ्चार प्राधिकरणलाई कति तिर्नुपर्छ भन्ने कुराको निर्क्यौल हुन सकेको छैन।

“उदाहरणका लागि अहिले पाँच वर्षका लागि हामीले २० अर्ब रुपैयाँ तिर्ने गरेका छौँ। अब फाइभजीका लागि फ्रिक्वेन्सी लिए बापत कति तिर्नुपर्छ भन्ने कुरा हो,” प्रवक्ता ढकालले भने।

दूरसञ्चार प्राधिकरण के भन्छ?

इन्टरनेट

तस्बिर स्रोत,Sana Jasemi/BBC

फाइभजी सेवा शुरू हुन ढिलाइ हुनुमा आफूहरू जिम्मेवार नरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन्।

उपनिर्देशक प्रदीप पौड्यालका अनुसार उक्त सेवा शुरू गर्न चाहिने फ्रिक्वेन्सी दिन प्राधिकरण तयार छ।

“फाइभजीका लागि चाहिने पहिलो कुरा फ्रिक्वेन्सी हो। त्यो हामीले पहिचान गरेर छुट्ट्याइसकेका छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने, “सेवा प्रदायकहरूले नेपाल सरकारलाई तिर्नुपर्ने बक्यौता सबै तिरेर आउनुभयो भने हामी तत्कालै फ्रिक्वेन्सी उपलब्ध गराउने अवस्थामा छौँ।”

बक्यौता नतिरेसम्म सेवा प्रदायकहरूलाई प्राधिकरणले फ्रिक्वेन्सी दिन नसक्ने उनले प्रस्ट पारे।

फाइभजी फ्रिक्वेन्सीका लागि दस्तुर कति लाग्ने भन्ने कुरा अहिले नै थाहा नहुनु स्वाभाविक भएको प्राधिकरणका उपनिर्देशक पौड्यालको तर्क छ, “फाइभजी फ्रिक्वेन्सीका लागि पैसा कति लाग्छ भन्ने त बोलकबोल भएपछि थाहा हुने कुरा हो। मूल्य निर्धारण गर्ने भनेको उहाँहरूले नै हो।”

अधिकारीहरूका अनुसार नेपालमा पनि फाइभजी चलाउन सकिने मोबाइल फोन सेटहरू क्रमिक रूपमा बढ्दै छन्।

“सेवा प्रदायकहरूले लगानी गर्नासाथ प्रतिफल आइहाल्ने अवस्था नभए पनि केही न केही बजारको विकास हुँदै गएको छ,” उपनिर्देशक पौड्याल भन्छन्।

हाल फोरजी सेवा नै पूर्ण क्षमतामा देशभरि उपलब्ध नरहेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

त्यो अवस्थाबारे पौड्याल भन्छन्, “त्यसैले फोरजीलाई पनि पूर्ण क्षमतामा लाँदै शहरका केही भागमा क्रमिक रूपमा फाइभजी विस्तार गर्नु रणनीतिक रूपमा ठीक हुने हाम्रो प्रारम्भिक अध्ययनको निष्कर्ष छ।”

के हो फाइभजी?

थ्रीजी, फोरजी र फाइभजी मोबाइल इन्टरनेटको गतिसँग सम्बन्धित छन्।

फाइभजी हालसम्मकै सबैभन्दा विशिष्टीकृत मोबाइल नेटवर्कको पाँचौँ संस्करण (जेनरेशन) हो। सामान्यतया फाइभजी सिग्नलमा इन्टरनेटको गति द्रुत र क्षमता अधिक हुन्छ। जसले गर्दा सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ।

यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ।

नयाँ प्रविधिको प्रयोग शुरू भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताले हाल उपलब्ध टूजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले द्रुत डेटा चलाउन पाउने अधिकारीहरू बताउँछन्।

प्राविधिक रूपमा फाइभजी बढी विश्वसनीय ठानिने जानकारहरू बताउँछन्। फाइभजी सेवामा मोबाइल इन्टरनेटको गतिसँगै गुणस्तर पनि तुलनात्मक रूपमा राम्रो हुने बताइन्छ।

यद्यपि यो जुनसुकै मोबाइल फोनमा चल्दैन। फाइभजी सेवा प्रयोग गर्न फाइभजी सिग्नल प्रशोधन गर्न सक्ने चिपसेट प्रयोग भएको मोबाइल आवश्यक हुन्छ।

मोबाइलमा फाइभजी ‘सपोर्ट’ गर्ने चिपसेट हुनुका साथै विभिन्न फाइभजी ब्यान्ड उपलब्ध हुनुपर्छ।

भूगोल वा सेवा प्रदायकका अनुसार फाइभजी भिन्नाभिन्नै फ्रिक्वेन्सी ब्यान्डमा उपलब्ध हुन्छ।

मोबाइलमा फाइभजीको धेरै ब्यान्ड भएको खण्डमा उक्त मोबाइलमा विभिन्न फाइभजी प्रदायकहरूको सिम चल्छ।

मोबाइलमा फाइभजी सिग्नलको विभिन्न ब्यान्ड भएको खण्डमा फाइभजीको कार्य क्षमता थप प्रभावकारी हुने बताइन्छ।

नयाँ बन्ने धेरैजसो फोनहरू फाइभजी सिम चल्नेगरी बन्छन्। साथै साबिकका विभिन्न मोबाइल फोन कम्पनीका नयाँ संस्करणहरू फाइभजी चल्नेगरी परिमार्जित गरिएका छन्।

उत्पादकहरूले फाइभजी समर्थन गर्ने हो भन्ने बुझाउन फोनको नामको पछाडि फाइभजीको सङ्केत राख्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
मेरो विद्यालयको अनुभव

मेरो विद्यालयको अनुभव

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

अन्यायमा परेका पीडितहरूलाई न्यायिक सहायता प्रदान गर्दै अधिवक्ता दिपेन्द्र साह

अन्यायमा परेका पीडितहरूलाई न्यायिक सहायता प्रदान गर्दै अधिवक्ता दिपेन्द्र साह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .