संजय यादव,२७ आश्विन
गोलबजार, सिरहा
सिरहाको गोलबजार नगरपालिकाको प्रमुख देवनाथ साहले अहिलेको अबस्थामा हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौती रहेको बताएका छन् । नगर प्रमुख साहले रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको कुराकानीमा नगर प्रमुख साहले भने, हटिया नियन्त्रणको लागि प्रयास नभएको होईन । उनले भने, यहाँका जनताहरुलाई प्रयास गर्दा पनि यिनीहरु भन्छन्, कोरोनाबाट पनि मर्ने नै हो, यो भन्दा राम्रो हटियामा नै मर्ने भनेर भन्छन् अनि हामी के गर्ने । हटिया नियन्त्रण गराउन लाठी चार्ज गराएर पनि सकेनौ, न प्रहरी प्रशासन, न नगर प्रहरी, न जनप्रतिनिधिले सके ।
जनतालाई टर्चर गर्न नचाहेको पनि नगर प्रमुख साहले बताए । नगर प्रमुख साहले भने, अब कुनै पनि हालतमा बल प्रयोग नगर्ने र यहाँको स्थितीबारे संघिय सरकारलाई जानकारी गराईसकेको पनि बताए । एक प्रश्नको जवाफमा नगर प्रमुख साहले भने, अहिले बहुत टेनसन छ, तुरुन्तै हटिया बजार नियन्त्रण गर्न नसक्ने र अहिलेको अवस्थामा नियन्त्रण पनि हुन नसक्ने बताए ।
उनले भने, यस सम्बन्धी जिल्ला प्रमुख अधिकारीसंग थप छलफल भईरहेको बताए । प्रमुख साहले भने, बिद्यालय बन्द गराउने निकाय आफुहरु नरहेको र संघिय सरकारको निर्देशन अनुसार बन्द भएको बताए । विश्व कोरोना महामारीले जनजीवन अस्तब्यस्त भई गोलबजार नगरपालिका कोरोना भाईरस (कोभिड १९)को हटस्पोट बनिसकेको अवस्था रहेको छ । मापडण्ड पालना नगरेको र भद्रगोल ब्यबस्थापन देखेर सचेत नागरिकहरु चिन्तीत बनेको स्थानियहरुको कथन रहेको छ ।