• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेइरुतमा हालसम्मकै भीषण इजरेली बमबारी


बेइरुतमा हालसम्मकै भीषण इजरेली बमबारी

लेबननमा हिज्बुल्लाहविरुद्धको युद्धलाई इजरेलले तिव्रता दिएयता दक्षिण बेइरुतमा गए राती सबैभन्दा खराब इजरेली बम हमलाहरू भएका छन्।

लेबननको राजधानी भन्दा दक्षिणी भागमा ३० वटा भन्दा बढी हवाई हमलाहरू भएका थिए।

एउटा भीषण गोलाकार आगोको लप्का बेइरुतको आकाशमा शनिवार राती देखिएको थियो। कतिपयले इन्धन डिपोमा हमला भएका कारण उक्त आगो देखिएको हुनसक्ने जनाएका छन्।

उक्त क्षेत्र खाली गर्न सर्वसाधारणलाई भनिएको छ। इजरेलले हिज्बुल्लाहका निशानाहरूमाथि हमला जारी राखेको छ।

इजरेली डिफेन्स फोर्सले दक्षिणी सीमाबाट ३० वटा जति रकेट इजरेलको उत्तरी शहर किर्यात शमोनातर्फ प्रहार गरिएको उल्लेख गरेका छन्।

हिज्बुल्लाहले चाहिँ आफ्ना लडाकुहरूले लेबननको गाउँमा घुसपैठ गर्न खोजेका इजरेली फौजलाई धपाएको उल्लेख गरेको छ।

लेबननको स्वास्थ्य मन्त्रालयले गए राती देशका विभिन्न ठाउँमा भएका इजरेली हमलामा कम्तीमा २३ जनाको मृत्यु भएको र थप ९३ जना घाइते भएको जनाएको छ।

बेइरुतमा भीषण आगोको गोला

बीबीसीकी मध्यपूर्व संवाददाता नफिसे कोहनभार्ड आफ्नो बाल्कोनीबाट दक्षिण बेइरुतमा हवाई हमला भएको लगभग दुई घण्टापछि पनि आगो बलेको र बत्ती चम्किएको दृश्यहरू देखिएको बताउँछिन्।

कतिपय सार्वजनिक स्रोत र अस्त्र विज्ञहरूले सामाजिक सञ्जाल एक्समा उक्त स्थल अस्त्र डिपो वा इन्धन स्टेसन भएको हुनसक्ने जनाएका छन्। इजरेली डिफेन्स फोर्सले आफूले हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ।

नफिसे कोहनभार्ड भन्छिन्, “दोस्रो ठूलो विस्फोटनको क्षणमा मैले खिचेको भिडिओमा धेरै सङ्केतहरू देख्नसकिन्छ। त्यो भीषण आतसबाजी जस्तो थियो।”

कतिपय अवस्थामा विस्फोटनको आवाज सानो भए पनि बेला बेलामा त्यो आवाज भीषण हुने गरेको र उक्त क्षेत्रमा निरन्तर भइरहेको इजरेली हवाई हमलाको ध्वनीसँग त्यो मिसिने गरेको उनले सुनाइन्।

त्यसबाहेक ड्रोन उडिरहेको आवाज पनि उक्त क्षेत्रमा निरन्तर आएको थियो। कतिपयले त्यसलाई निगरानीका लागि आइडीएफले कम उचाइमा खटाएको ड्रोन भन्ने गरेका छन्।

तस्बिर स्रोत,EPA

उक्त हमला बिहान सुरु हुन लाग्दासम्म भएको थियो। बेइरुतको बाहिरी क्षेत्रमा रातीको समयमा भएको सबैभन्दा खराब हमलाका रूपमा उक्त आक्रमणलाई लिइएको छ। आइडीएफले उद्धारका लागि चेतावनी जारी गरेपछि हवाई हमलाहरू गरिएका थिए।

भारी हवाई हमलाका क्रममा भएका विस्फोटन र जम्मा भएका भग्नावशेषका कारण उक्त क्षेत्रका सडकहरू भत्किएका थिए भने मानिसहरू खाली खुट्टै भागेका थिए।

युद्धविरामका लागि अपिल

तस्बिर स्रोत,Reuters

गएराति इजरेली सेनाले आफ्नो स्थल कारबाहीमा दक्षिणी लेबननमा ४४० जना हिज्बुल्लाह लडाकुको ज्यान गएको बताएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार हालैका हप्तामा झन्डै २ लाख मानिसहरू लेबननबाट भागेर सिरिया पुगेका छन्।

यसैबीच एउटा विज्ञप्तिमा लेबननका प्रधानमन्त्री नाजिब मिकाटीले आफ्नो सरकारले फ्रान्स र अमेरिकाले युरोपेली सङ्घ र अरब देशहरूको समर्थनमा घोषणा गरेको ‘युद्धविरामको आह्वानलाई’ समर्थन गर्ने बताएका छन्।

उनले लेबननले युद्धविरामलाई समर्थन गर्न र लेबनन युद्ध अन्त्य गर्नेसम्बन्धी राष्ट्रसङ्घको प्रस्ताव ‘१७०१’ को कार्यान्वयनका लागि इजरेलमाथि दबाब दिइनुपर्ने बताए।

लेबननमाथि हालै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले व्यक्त गरेको समर्थनको पनि उनले स्वागत गरेका थिए।

शनिवार माक्रोँले इजरेलमाथि अस्त्र आपूर्ति रोक्ने पक्षमा धारणा राखेपछि तत्कालै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनको आलोचना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानद्वारा इजरायलमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण, तेहरानले अमेरिकालगायत पश्चिमी मुलुकहरूलाई चेतावनी
  • २०८१ आश्विन २०, आईतवार २०:०५
  • In "अन्तराष्ट्रिय"
  • इजरेल-लेबनन सीमा क्षेत्रमा तनाव चर्कियो, बेइरुतको आकाशमा धुवाँको मुस्लो
  • २०८१ आश्विन २०, आईतवार २०:०५
  • In "BannerNews"
  • इजरेली गुप्तचर निकाय ‘मोसाद’ सफल र विफल भएका घटना
  • २०८१ आश्विन २०, आईतवार २०:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?

बडा दशैंको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version