• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरेल-लेबनन सीमा क्षेत्रमा तनाव चर्कियो, बेइरुतको आकाशमा धुवाँको मुस्लो


इजरेल-लेबनन सीमा क्षेत्रमा तनाव चर्कियो, बेइरुतको आकाशमा धुवाँको मुस्लो

इजरेल र लेबननको सीमा क्षेत्रमा दुवैतर्फबाट रकेट प्रहारका घटना बढेपछि इजरेली सेनाले देशको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई ‘बमप्रतिरोधी संरचना’नजिक रहन भनेको छ।

इजरेलको सेनाले लेबननबाट आफ्नो देशको उत्तरी क्षेत्रमा कैयौँ रकेटहरू प्रहार गरिएको जनाएको छ। रकेटहरू प्रहार भएपछि स्थानीयलाई सचेत गराउन चेतावनी प्रणालीहरू सक्रिय भएका थिए।

इरानले समर्थन गरिरहेको लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गर्दै इजरेलले दक्षिणी लेबननमा आक्रमण गरेलगत्तै इजरेली क्षेत्रमा रकेट आक्रमण भएको हो।

इजरेल डिफेन्स फोर्सले शुक्रवार अबेरसम्म देशको उत्तरी क्षेत्रमा १४० वटा रकेट प्रहार भएको पुष्टि गरेको छ।

इजरेल अधीनस्थ गोलन हाइट्सलगायतका क्षेत्रमा प्रहार भएका “केही” रकेटलाई आफ्नो रक्षा प्रणालीले विफल तुल्याइदिएको इजरेली सेनाले जनाएको छ।

खसालिएका रकेटका कारण भएको आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रक र उद्धारकर्मीहरू परिचालन भएका बताइको छ।

अधिकांश रकेटहरू खुला क्षेत्रमा खसेका कारण मानवीय क्षति नभएको दाबी गरिएको छ।

इजरेलले पनि हिज्बुल्लाह लडाकुहरूमाथि लक्षित गर्दै लेबननका दक्षिणी क्षेत्रहरूमा आक्रमण जारी राखेको छ।

लेबननको राजधानी बेइरुतस्थित हिज्बुल्लाहको पकड क्षेत्रको आकाशमा धुवाँको मुस्लो देखिएको विवरण सार्वजनिक भएका छन्। इजरेली सेनाले केही निसानाहरूमा प्रहार गरिएको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन।

अर्कोतर्फ इजरेलको सेनाले गाजा क्षेत्रमा भएको पछिल्लो हवाई र ट्याङ्क आक्रमणमा १४ जना प्यालेस्टिनीहरू मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,हसन नस्रल्लाह

हिज्बुल्लाह नेताले के भने?

लेबननको सशस्त्र समूह हिज्बुल्लाहका नेताले आफ्नो समूहका हजारौँ पेजर र रेडिओ उपकरणमा विस्फोटन गराउँदै भएका बम आक्रमणहरूले “सबै हद नाघेको” टिप्पणी गरेका छन्। उनले इजरेलको गतिविधि “युद्धको उद्घोष” गर्नु जस्तै भएको आरोप पनि लगाएका छन्।

लेबननमा हिज्बुल्लाह समूहले प्रयोग गर्दै आएका पेजर र वाकीटकी उपकरणमा विस्फोटन भएर सयौँ मानिस हताहत भएपछि हसन नस्रल्लाहले प्रतिक्रिया व्यक्त गरेका हुन्। आफ्नो बहुप्रतीक्षित सम्बोधनमा उनले हिज्बुल्लाहले अभूतपूर्व क्षति बेहोर्नुपरेको स्वीकार गरे। तर उनले लडाइँ जारी राख्ने र “उचित दण्ड” दिने उद्घोष गरे।

मङ्गलवार र बुधवारका विस्फोटनमा इजरेली गुप्तचर निकाय मोसादको संलग्नता रहेको हुन सक्ने ठानिएको छ। तर इजरेलले त्यसको जिम्मेवारी लिइसकेको छैन।

ती घटनामा परेर ३० जनाको मृत्यु हुनुका साथै झन्डै ३,००० जना घाइते भएको लेबननी अधिकारीहरूले बताएका छन्।

टेलिभिजनमा नस्रल्लाहको सम्बोधन प्रसारित भएको बेलामा बेइरुतको आकाशमा इजरेलका लडाकु विमानहरू उडेका थिए। तिनको चर्को आवाज सुनेर सर्वसाधारण मानिसहरू डराएका थिए। केही विमानले दक्षिण लेबननका केही स्थानमा आक्रमण पनि गरेका थिए।

इजरेली सेनाले “हिज्बुल्लाहको आतङ्कवादी क्षमता र पूर्वाधार कमजोर पार्न” र “उत्तरी इजरेलमा सुरक्षा कायम गर्न” कारबाही भइरहेको जनाएको छ।

एघार महिनाअघि गाजामा इजरेल र हमासबीच युद्ध सुरु भएपछि लेबनन र इजरेलको सीमावारपार हिज्बुल्लाह र इजरेली पक्षबीच पनि द्वन्द्व बढेको छ।

त्यस क्रममा सयौँ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये अधिकांश मानिस हिज्बुल्लाहका लडाकु हुन्।

द्वन्द्वका कारण इजरेल र लेबननका सीमावर्ती भेगबाट हजारौँ मानिस विस्थापित पनि भएका छन्। दुई पक्षबीचको द्वन्द्व चर्किएर युद्ध नै हुने हो कि भन्ने चिन्ता प्रकट हुँदै आएको छ।

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,इजरेलले बिहीवार दक्षिणी लेबननस्थित रकेट लन्चरहरूमा हमला गरिएको जनाएको छ

हिज्बुल्लाहका अनुसार उसले प्यालेस्टिनी लडाकु समूह हमासलाई सहयोग गर्ने काम गरेको छ।

हमास र हिज्बुल्लाह दुवै समूह ले इरानबाट समर्थन पाएका छन्। दुवै समूहलाई इजरेल, यूके र अन्य केही देशहरूले आतङ्कवादी सङ्गठन घोषणा गेरका छन्।

हसन नस्रल्लाह के चाहन्छन्

लेबननी र अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित विवरणहरूमा इजरेली गुप्तचरहरूले पड्किएका विद्युतीय उपकरणभित्र वा तिनका ब्याट्रीमा विस्फोटक पदार्थ राखेको हुन सक्ने जनाइएको छ।

“शत्रुले सबै नियम, कानुन र हद नाघ्यो। उसले नैतिक, मानवीय वा कानुनी कुनै कुरा पनि वास्ता गरेन,” नस्रल्लाहले भने।

“यो नरसंहार हो। यो लेबनन, यसका नागरिक, यसको प्रतिरक्षा, यसको सार्वभौमसत्ता र यसको सुरक्षाविरुद्धको एउटा ठूलो आक्रमण हो। यसलाई ‘युद्ध अपराध’ वा ‘युद्धको उद्घोष’ जे भने पनि हुन्छ। यही नै शत्रुको उद्देश्य थियो।”

उनले आफ्नो समूहलाई ठूलो र अभूतपूर्व मार परेको स्वीकार गरे। यद्यपि उनले हिज्बुल्लाहको नेतृत्व र सञ्चार गर्ने क्षमता यथावत् रहेको दाबी गरे।

उनले इजरेललाई दण्डित गर्ने बताए पनि आफू अहिले जारी द्वन्द्व चर्काउने पक्षमा आफू नभएको सङ्केत गरे।

नस्रल्लाहले हिज्बुल्लाहले हमासलाई सहयोग गर्न आफू लडेको भन्दै गाजा युद्ध रोकियो भने मात्रै इजरेलमाथिको आक्रमण रोक्ने स्पष्ट पारे।

तस्बिर स्रोत,AFP

दक्षिणी लेबननमा इजरेली हवाई आक्रमण

बिहीवार हिज्बुल्लाहका लडाकुहरूले दक्षिणी लेबननबाट सीमापारि ट्याङ्क ध्वस्त पार्न सक्ने दुइटा क्षेप्यास्त्र र त्यसपछि ड्रोनहरू प्रहार गरे। इजरेली सेनाका अनुसार ती आक्रमणमा परेर दुई इजरेली सैनिकको मृत्यु भयो भने एक जना घाइते भए।

इजरेली सेनाले बिहीवार दक्षिणी लेबननमा ठूलो हवाई आक्रमण गर्‍यो। उसका अनुसार त्यसक क्रममा लडाकु विमानहरूले हिज्बुल्लाहका १०० वटाभन्दा बढी रकेट लन्चर र हातहतियार राखिएको एउटा गोदामलाई निसाना बनाइएको थियो।

इजरेलका अनुसार ती लन्चरहरू इजरेलतिर रकेट प्रहार गर्ने तयारी अवस्थामा थिए। ती आक्रमणमा कोही हताहत भए वा भएनन् भन्ने स्पष्ट हुन बाँकी नै छ।

इजरेलका रक्षामन्त्री योआभ गालान्टले इजरेल-लेबनन सीमा क्षेत्रका लागि लडाइँको योजना स्वीकृत भएको जनाएका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

ह्वाइटहाउसले मध्यपूर्वमा अवस्था बिग्रिन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको छ। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री लोइड अस्टिनले आफ्नो इजरेल भ्रमण पर सारेका छन्।

अमेरिकी विदेश मन्त्रालयले हिज्बुल्लाहलक्षित विद्युतीय उपकरण विस्फोटनबाट अन्तर्राष्ट्रिय मानवीय सन्धिहरूको उल्लङ्घन भए नभएकोबारे आफ्नो धारणा बनाउन अस्वीकार गरेको छ। तर अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले सबै पक्षलाई संयमित हुन आह्वान गरेका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले लेबननमा “कूटनीतिक उपाय रहेको” बताएका छन्।

प्यारिस भ्रमणमा रहेका यूकेका विदेशमन्त्री डेभिड ल्यामीले इजरेल र हिज्बुल्लाहलाई तत्काल सङ्घर्षविराम गर्न आग्रह गरेका छन्।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा शुक्रवार यस सङ्कटबारे छलफल हुँदै छ। BBC Nepali Sewa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिज्बुल्लाहका नेता हसन नस्रल्लाह इजरेली आक्रमणमा मारिएको पुष्टि
  • २०८१ आश्विन ४, शुक्रबार २१:५२
  • In "BannerNews"
  • इजरायलका धेरै क्षेत्रमा इरानको आक्रमण
  • २०८१ आश्विन ४, शुक्रबार २१:५२
  • In "BannerNews 2"
  • बेइरुतमा हालसम्मकै भीषण इजरेली बमबारी
  • २०८१ आश्विन ४, शुक्रबार २१:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

राष्ट्रसङ्घको महासभामा जाँदै प्रधानमन्त्री, नरेन्द्र मोदीसँगको भेटमा जोड

इजरेली गुप्तचर निकाय 'मोसाद' सफल र विफल भएका घटना

के एमालेले चीनसँग सिकेर आचारसंहिता बनाएको हो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version