• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन


क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

सोमबार, २६ असोज काठमाण्डौं : क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

हिन्दु विरोधी र चर्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले वताए । ‘हिन्दु मात्र होईन, हरेक समाजमा विभेद र छुवाछुत छ। यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने वुझाई गलत हो’– उनले भने। हिन्दु धर्मका कुनै पनि ग्रन्थले विभेद गर्न नसिकाएको वताएका उनले क्रिस्चियनको पैसा खाएर हिन्दुहरुलाई वदनाम गर्ने र हिन्दुत्वमाथि प्रहार गर्ने काममा हमालको संलग्नता प्रति आपत्ति जनाए ।

‘जातका प्रश्न’ नामको कार्यक्रम विभेद र छुवाछुत विरुद्ध नभई हिन्दु र हिन्दुत्व विरुद्ध सुनियोजित रुपमा सुरु गरिएको यादवको दावी छ । ‘हमाललाई नेपाली समाजका दलित र विभेदमा पारिएकाहरुको त्यति धेरै चिन्ता भए हिन्दु संस्कार धानेका गुरु र सन्तहरुलाई वोलाएर पनि यो कार्यक्रम गर्न सक्थे। उनीहरुले हिन्दु संस्कार र विभेदका विरुद्ध ग्रन्थमा उल्लेख भएका कुराहरु सुनाउँथे’ उनले थपे–‘तर, हिन्दु विरोधी र चर्चको पैसा खाएकाहरलाई कार्यक्रममा वोलाएर हिन्दुहरुको हुर्मत लिने काम भयो। यो आपत्ति जनक छ।’

राजेश हमाल नायक नभएर खलनायक भएको पछिल्लो घट्नाक्रमले पुष्टि गरेको यादवको भनाई छ । नेपाली समाजले नै मानिदिएका कारण नायक भएका हमालले त्यहि समाजप्रति कुठाराघात गरेको उनको आरोप छ । ‘हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफि माग्नु पर्छ’ यादवले भने–‘त्यति मात्रै होईन, नेपाली समाजमा विग्रह पैदा गर्ने र हिन्दुत्व समाप्त पार्न षडयन्त्र पुर्वक सुरु गरिएको त्यो कार्यक्रम वन्द हुनु पर्छ।’

नेपाली समाजमा फाटो ल्याउनले र ८० प्रतिशतभन्दा वढि हिन्दुहरुको वसोवास रहेको देशमा उनीहरुलाई वदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउन यादवले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवलाई चिनियाँ दलाल भन्दै जनता आन्दोलीत
  • २०७७ आश्विन २६, सोमबार २२:२६
  • In "मधेश प्रदेश"
  • पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दे विरोध प्रदर्शन
  • २०७७ आश्विन २६, सोमबार २२:२६
  • In "थप"
  • कैलालीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो
  • २०७७ आश्विन २६, सोमबार २२:२६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि 

पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन

चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको रैली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version