No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान सम्पन्न

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान सम्पन्न

व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि शनिवार भएको छ।

देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि स्थानीय समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानको समय सकिएको छ।

शनिवार साँझ ५ बजेबाट मतगणना सुरु भए पनि मत परिणाम भने आइतवार मात्र आउनसक्ने ठानिएको छ।

श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा मा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए।

राष्ट्रपति पदमा आसीन हुँदै भागेर विदेश गएका उनले पछि सिङ्गापुरबाट राजीनामा दिएका थिए।

शनिवारको मतदानलाई देशको आर्थिक सुधारको जनमतसङ्ग्रहको रूपमा हेरिएको छ।

राज्यबाट दिइने अनुदानमा कटौती र करको दरमा भएको वृद्धिका कारण उक्त देशमा अझै पनि धेरैले गुजाराका लागि सङ्घर्ष गरिरहेका छन्।

मतदाताले आर्थिक मुद्दालाई चुनावमा प्रमुख चासोका साथ हेरिरहेका कारण चुनावी प्रतिस्पर्धा पनि यही विषयमा केन्द्रित हुने कैयौँ विश्लेषकहरूले भविष्यवाणी गरेका छन्।

“बढ्दो मुद्रास्फीति, आकासिँदो जीवनयापनको खर्च र गरिबीले मतदाताहरू बजार मूल्यमा स्थिरता र जीविकोपार्जनमा सुधार गर्ने उपायको व्यग्र खोजीमा छन्,” भारतमाको थिङ्क ट्याङ्क ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’का अनुसन्धाता सौम्य भौमिकले बीबीसीसँग भने।

“आर्थिक सङ्कटबाट माथि उठ्न खोजिरहेको देशका लागि यो निर्वाचनले पुनरुत्थानको मार्गलाई आकार दिन र  देशको शासनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।”

चुनावी प्रतिस्पर्धामा कोको छन्

श्रीलङ्कामा मतदाता

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

श्रीलङ्कालाई आर्थिक सङ्कटबाट माथि उठाउने महत्त्वपूर्ण जिम्मेवारी पाएका राष्ट्रपति रनिल विक्रमसिङ्घले अर्को कार्यकालका लागि निर्वाचित हुने आकाङ्क्षा राखेका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो।

राष्ट्रपति बनेको केही समयपछि उनीमाथि आन्दोलनको कार्यभारलाई बेवास्ता गरेको आरोप लाग्यो। उनीमाथि राजपक्ष परिवारको सुरक्षा कवच बनेको र उनीहरूलाई अभियोग लाग्नबाट जोगाएको र उनीहरूलाई पुनः एकत्रित हुने अनुमति दिएको आरोप पनि लागेको थियो। आफूमाथि लागेका आरोपलाई उनले अस्वीकार गर्दै आएका छन्।

सन् २०२२ मा लामो प्रदर्शनपछि राष्ट्रपति देश छाडेर भाग्नु परेको थियो

तस्बिर स्रोत,Getty Images

राष्ट्रपति निर्वाचनमा दाबेदार वामपन्थी राजनीतिज्ञ अनुरा कुमारा दिशानायकलाई पनि बलियो उम्मेदवार मानिएको छ। उनको भ्रष्टाचार विरोधी अभियानले उनलाई जनसमर्थन बढेको बताइन्छ।

यो पटकको निर्वाचनमा श्रीलङ्काको इतिहासमै सबैभन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्। राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिएका तीन दर्जन उम्मेदवारमध्ये चार जनाले धेरै चर्चा पाएका छन्।

विक्रमसिङ्घ र दिशानायक बाहेक विपक्षी नेता सजिथ प्रेमदासा र अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्ष पनि चर्चामा छन्।

स्थानीय समय अनुसार ४ बजेसम्म मतदानको समय तोकिएको छ। त्यस लगत्तै सुरु हुने मतगणनाको प्रारम्भिक परिणाम आइतवार बिहान मात्रै आउने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न

हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .