काठमाडौं : बलात्कार तथा यौन हिंसाको विरोधमा युवाहरुले काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानहरुमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार भेटियो न्याय भेटिएन, बलात्कारीलाई फासी दे, सरकारले हाम्रो कुरा सन्नै पर्छ, बलात्कारीले सजाय पाउनै पर्छ सहितका नारा लेखिएका प्ले कार्ड बाकेर नाराबाजी गरेका हुन् । बलात्कारको घटना बढ्दै जाँदा आफूहरु कोही पनि सुरक्षित नरहेको भन्दै डर र त्रासमा बस्नु परेकाले सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नु पर्ने उनीहरुले बताएका छन् । त्यस्तै उनीहरुले सरकारले बलात्कारीलाई कित फाँसी दिनुपर्ने नसके बलात्कारी हो भनेर निधारमा टाँसिदिनुपर्ने नारा पनि लगाएका थिए ।