काठमाडौं : सरकारसँग भएको ८ बुँदे सहमतिपछि अनशनरत डा. गोविन्द केसीले २८ औं दिनमा अनशत तोड्नुभएको छ ।
शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार डा. केसीले १९ औं अनशन तोड्नुभएको हो । उहाँलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय सफाई कर्मचारी विकास नेपालीले जुस खुवाउनु भएको थियो ।
डा. केसीले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिनुभयो । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाउनु भएको थियो ।
त्यसअघि शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो । अनशन तोडिएपछि केसीको उपचार आइसियुमा गरिएको छ ।