No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

मधेशमा सामुदायिक विद्यालयमा शिक्षा अनुपातमा कमजोर : मुख्यमन्त्री सिँह

धनुषा । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल प्रभाव परिरहेको औंल्याए ।

मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको नवनिर्मित छात्रवास “याज्ञवल्क्य सदन” को उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले प्लस टु सम्मको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइए पनि पालिकाहरू विद्यार्थी–शिक्षक अनुपात मिलाउन चुकेको बताए । उनले पालिकाले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताएको छ । विद्यार्थी–शिक्षक अनुपात व्यवस्थापनमा कतिपय ठाउँ र अवस्थामा व्यक्तिगत स्वार्थपोषण गरिरहेको सुनाए ।

मुख्यमन्त्री सिँहले विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्ने छात्रछात्रा नभए पनि कागजमा विद्यार्थीको सँख्या देखाएर छसात जना शिक्षक व्यवस्थापन गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था हुनुपर्ने बताए ।

उनले प्लस टुसम्मको पढाइमा प्रदेश सरकारको भूमिका संकुचित तुल्याई संघ र स्थानीय तहमा अधिकार दिइँदा त्यस्तो अवस्था आएको उल्लेख गरे । उनले भने, ‘ प्रदेश सरकार विद्यालयको पूर्वाधार विकासमा मात्र योगदान गर्न सकिरहेको छ । शिक्षकको सँख्या बढाउन नसक्नेहरूले प्रदेशलाई अधिकार दिनुपर्छ ।’ उनले प्लसटुसम्मको शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारमा ल्याउन कानुनी बाटो खोजिने पनि बताए ।

शिक्षाबिना विकासकार्य हुन नसक्ने भन्दै उनले प्रदेशमा व्यावसायिक तथा सीपमूलक प्राविधिक शिक्षामा जोड दिन सकिए आर्थिक रूपमा आत्मनिर्भर जनशक्ति विकास हुने बताए ।

मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक स्तर उकास्न प्रदेश सरकारले प्रादेशिक शिक्षा नीति ल्याउने तयारी गरिरहेको बताए ।

उनले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा सँस्कृत, अँग्रेजी र नेपाली तीनवटा भाषिक माध्यममा तीनवटा फ्याक्लटीको पढाइ तीन सिफ्टमा भइरहेको र तिनमा सत्ताइस सयको हाराहारीमा विद्यार्थी पठनपाठन गरिरहेको सुखद भएको बताए ।

उनले विद्यालयमा शैक्षिक पार्क निर्माण तथा खेलकूद पार्क निर्माणजस्ता कार्य गरिने बताए । प्रदेशका केही जिल्लामा गरिने शैक्षिक पार्क निर्माणक्रममा ज्ञानकूपलाई पनि एउटा स्थलका रूपमा पहिचान गरिएको बताउँदै उनले धनुषा जिल्ला र वरपरका छात्रछात्रालाई नयाँ विधिबाट पढाइ गर्ने शैक्षिक पार्क निर्माणका लागि इस्टिमेट डिजाइन जस्ता प्राविधिक कार्य यथाशीघ्र सम्पन्न गरिने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा पनि उपस्थित थिइन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार सिँहको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालगायतका वक्ताले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको चेतावनी

संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको चेतावनी

चिनियाँ इन्टरनेटमा अन्तरजातीय जोडीहरू किन लोकप्रिय

चिनियाँ इन्टरनेटमा अन्तरजातीय जोडीहरू किन लोकप्रिय

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .