No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

जनकपुरधाम। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिनभित्र सुरु गर्न मधेश सरकारलाई संघर्ष समितिले अल्टिमेटम दिएको छ।

सिरहा सदरमुकामबाट मोटरसाइकल जुलुससहित आएका प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका हुन्।

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै, यदि सात दिनभित्र पुल निर्माण प्रक्रिया सुरु नगरिएमा मुख्यमन्त्री कार्यालयअगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

समितिको एकमात्र माग भनेको कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नु हो। पहिलेको निर्माणाधीन अवस्थामा भाँसिएको पुलको डिजाइन गलत भएकाले, त्यसलाई मर्मत गरेर सञ्चालन गर्न असम्भव रहेको संघर्ष समितिको ठहर छ। समितिले प्रदेश सरकारले आफ्नै लगानीमा पुल निर्माण गर्नुपर्ने माग राखेको छ।

कमला नदीको पुल १३ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो। २०७८ साल असार १७ गते, अत्यधिक बाढीका कारण संचालनको तयारीमा रहेको पुल भाँसिएको थियो। २०६८ मंसिरमा ४७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। तर, पटक पटक म्याद थप्दा पनि १० वर्षसम्म पुल निर्माण हुन सकेन।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन सुरु गरेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर, २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग पुनः सम्झौता गरेको थियो। २०७८ असार १३ भित्र काम सम्पन्न गर्ने गरी प्रयास भइरहेको बेला, पुल भाँसिएको थियो।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परिरहेको छ। सवारीसाधनले लामो रुट प्रयोग गरेर आवतजावत गर्नुपरेको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू सप्तरीका बासिन्दा भएकोले जनकपुर आउन जान आफूले समेत वर्षौँदेखि कठिनाइको सामना गरिरहेको बताए। निर्माणधीन पुल संघीय सरकारको मातहतमा रहेकाले यस विषयमा पटक पटक ध्यानाकर्षण गराइएको पनि उनको भनाइ छ। साथै, उनले संघीय सरकारसँग छलफल गरेर मधेश सरकारले यसबारे निर्णय लिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

Next Post
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घन्टा पछि सर्‍यो

प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घन्टा पछि सर्‍यो

१८ देशका राजदूतको सुनवाई आजबाट

१८ देशका राजदूतको सुनवाई आजबाट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .