No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भूमिगतकालीन प्रचण्डको विज्ञप्तिमा हस्ताक्षरकर्ता महेश्वर दाहाल

भूमिगतकालीन प्रचण्डको विज्ञप्तिमा हस्ताक्षरकर्ता महेश्वर दाहाल

काठमाडौं। नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो समयसम्म सञ्चालित सशस्त्र युद्ध तत्कालीन नेकपा(माओवादी)ले सुरु गरेको दशवर्षे जनयुद्ध नै हो।

यसका सकारात्मक तथा नकारात्मक पक्षको समर्थन एवं विरोध यथावत रहे पनि अहिलेको राजनीतिक परिवर्तनको एक महत्वपूर्ण परिघटनाको रुपमा विस्तृत शान्ति सम्झौता मार्फत राज्यले यसको स्वामित्व लिइसकेको छ।

२०५२ सालदेखि सुरु भएर २०६३ सम्म जारी जनयुद्धमा अनेकौ मानिसहरुको सहभागिता रहेको थियो। त्यसबेला राजनीतिक, सैन्य, पत्रकारिता र कलाकारिता लगायतका विभिन्न क्षेत्रमा रहेर नेता कार्यकर्ताहरुले आफ्नो भूमिका निर्वाह गरेका थिए।

सबै क्षेत्रका मानिसहरुको समर्थन र विरोधका बाबजुद पनि राज्यसत्ता विरुद्ध थालिएको विद्रोहले केही हदसम्म सफलता हासिल गर्दै शान्तिपूर्ण अवतरण गरेको पनि दुई दशक पुग्नै लागेको छ।

जनताको अपार सहयोग र नेतृत्वको पहलकदमीले छोटो समयमै जनयुद्धले उच्चतम सफलता हासिल गर्दै राज्यलाई चुनौती दिनेगरी शक्ति आर्जन गरेको थियो। तथापि शान्तिपूर्ण राजनीतिमा अवतरण पछि माओवादी आन्दोलन अहिले सर्वाधिक कमजोर बन्न पुगेको छ।

आजको परिवर्तित शासन व्यवस्थाको उपज त्यही माओवादी जनयुद्ध नै हो । त्यसमा मूल नेतृत्व, नेता, कार्यकर्ता र जनता सबैको उल्लेख्य भूमिका रहेको छ।

समयक्रममा यसका केही ऐतिहासिक तथ्यहरु पनि खुल्ने क्रम जारी रहेको छ। माओवादीले सञ्चालन गरेको दशवर्षे भूमिगतकालीन अवधिमा नेतृत्वलाई सबैभन्दा धेरै सुरक्षा चुनौती रहेको थियो।

किनभने.मुलकभित्र राज्यका सम्पूर्ण संयन्त्रहरु तत्कालीन विद्रोही माओवादी विरुद्ध परिचालित थियो भने छिमेकी मुलुक भारत र चीनमा समेत नेताहरु पक्राउ पर्ने क्रम सुरु भएको थियो।

चौतर्फी प्रतिकूलताका बीच नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य किरण, डा.बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतलाई जोगाउनु तत्कालीन अवस्थामा नेता कार्यकर्ता र माओवादी सेनालाई निकै चुनौतीपूर्ण कार्य थियो।

यद्यपि कतिपयले जनयुद्धको अवधिमा माओवादी नेतृत्व भारतको संरक्षणमा रहेर सुरक्षित रहेको आक्षेप पनि लगाउने गर्दछन्। तर माओवादी नेताहरुले भने भूमिगत रुपमा त्यहाँ बस्ने गरेको भन्दै उक्त आरोपको प्रतिवाद गर्दै आएका छन्।

पार्टीले युद्धकालमा गरेका जवाफी कारबाही एवं फौजी आक्रमणको औपचारिक जिम्मेवारी लिन त्यस बखत विज्ञप्ति जारी गर्नुपर्ने अवस्था पनि विद्यमान थियो।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै त्यतिबेला कडा भूमिगत अवस्थामा रहेका सर्वोच्च कमाण्डर प्रचण्डको विज्ञप्ति सहजै जारी गर्न सकिने स्थिति नहुँदा अन्यले पनि उनको नामबाट विज्ञप्ति जारी गर्ने गरिएको तथ्य सार्वजनिक भएको छ।

युद्धरत माओवादीको मुखपत्रका रुपमा रहेको जनादेश पत्रिकामा कार्यरत महेश्वर दाहाल लगायत अन्य पत्रकारहरुले त्यतिबेला प्रचण्डको विज्ञप्तिमा आफैंले हस्ताक्षर गरेर सार्वजनिक गर्ने गरेको तथ्य खुलेको हो।

लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाल अहिले माओवादी केन्द्रको प्रचार विभाग उपप्रमुख छन्। युद्धकालमा पार्टीका सम्पूर्ण संरचना भूमिगत भएकाले जनादेशको कार्यालयमा आउने पार्टीको आधिकारिक सूचनालाई पार्टीको विज्ञप्तिको स्वरुपमा बाहिर सार्वजनिक गर्ने गरिएको उनै दाहाल बताउँछन्।

पार्टीको खुला मोर्चाको रुपमा रहेको जनादेशको कार्यालयबाट कम्प्युटर टाइप गरि प्रचण्डको नामबाट कतिपय विज्ञप्ति जारी गर्ने गरिएको दाहाल स्मरण गर्छन्।

उनका अनुसार माओवादी जनयुद्धको सुरुवाती चरणमा सबै संरचना भूमिगत भए पनि जनादेश साप्ताहिकको कार्यालय केही समय खुला रहेकाले पार्टीको सम्पर्क स्रोतको समेत काम गर्दथ्यो। त्यहाँ विभिन्न माध्यमबाट प्राप्त हुने पार्टीका आधिकारिक धारणालाई लिपीबद्ध गरेर सार्वजनिक गर्दै सम्बन्धित स्थानमा पुर्याउने गरिन्थ्यो।

त्यस समयमा प्रचण्डको वास्तविक हस्ताक्षरित विज्ञप्ति आउँदा समेत कतिपय पत्रकारहरुले आफूले नै प्रचण्डको नाममा हस्ताक्षर गरेको विज्ञप्ति हो कि भनेर आशंका व्यक्त गर्ने गरेको दाहाल सम्झन्छन्।

‘प्रचण्डको वास्तविक विज्ञप्ति आउँदा समेत मैले हो या म नहुँदा अर्का साथी तारा न्यौपानेले हस्ताक्षर गरेर प्रचण्डको नाममा जारी गरेको विज्ञप्ति हो भनेर छुट्याउनै पत्रकारलाई मुस्किल पर्ने गर्दथ्यो,’ उनले विगत स्मरण गर्दै भने।

दाहालका अनुसार जनयुद्ध उत्कर्षमा जाँदै गर्दा जनादेशको सम्पर्क कार्यालयमा समेत सुरक्षाकर्मीको व्यापक दमन भएपछि पत्रिकाको कार्यालय नै बन्द गरिएको थियो। त्यसपछि जनादेश पत्रिका पनि भूमिगत रुपमा प्रकाशन गर्ने गरिएकोे थियो।

जनादेशको कार्यालय बन्द भएपछि पत्रिकाको काम अन्यत्रबाट सुरु गरिएपछिका भूमिगत समयमा भने अध्यक्ष प्रचण्डको विज्ञप्ति अन्य विभिन्न माध्यमबाट पनि सार्वजनिक हुने क्रम सुरु भएको हो। dcnepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

मुहम्मद युनुसको अपिल : बंगलादेशलाई अराजकता र हिंसाबाट बचाऔं

बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ

बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ

प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .