No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ।

मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो।

छलफलपछि नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको छ।

युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन विद्यार्थीहरूले नै माग गरेका थिए। अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

युनुसले बंगलादेशमा लघुवीत्तको अवधारणा सुरूवात गरेका थिए।

न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतुले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नोबल शान्ति पुरस्कार पाएपछि उनले संसारभरबाट लोकप्रियता कमाए।

तानाशाही मात्रै नभएर पछिल्ला दशकमा शेख हसिनामा अहंकार र दम्भ पनि बढैको थियो।आफू भन्दा कोही धेरै लोकप्रिय भएको उनले  सहनै छोडेकी थिइन्।

लाखौं जनतालाई ग्रामीण बैंकमार्फत १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेपछि नोबेल शान्ति पुरस्कार पाएका युनुस पनि उनको कोपभाजनमा परे।

भर्खर नोबेल पुरस्कार जितेर लोकप्रियताको शिखरमा रहेका बेला सन् २००७मा तत्कालिन सैनिक शासनले वाक्क भएका युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका थिए। त्यतिबेला उनले नाम नतोकी सिद्धान्त नभएर नेताहरू पैसाका लागि राजनीति गर्ने भनेका थिए।

युनुसको त्यो भनाइ संसारभरका नेतालाई जनताले लगाउने  खालको भए पनि हसिनाले कहिल्यै भुलिनन्। र युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्यूत हुने डरले युनुसमाथि निशाना साँध्न थालिन्।

शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई प्रमुखबाट हटाइन्।

युनुसले विश्व बैंकलाई भड्काएर सन् २०१२ मा पद्‌मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप पनि हसिनाले लगाइन्।

गंगा नदीको शाखा पद्‌मामाथि पुल बनाउनुलाई राष्ट्रिय गौरवको विषय बनाउँदै पछि उनले स्वदेशी लगानीमा उक्त पुल बनाइन्।

सन् २०२२ मा उनले उद्घाटन गरेको ६.१५ किलोमिटर लामो पुललाई उनले आफ्नो शासनमा देशमा भएको विकासको ज्वलन्त प्रमाणका रूपमा प्रचार गरिन्।

पछि युनुसले गरीबको  रगत चुसेको आरोप लगाउँदै उनी विरूद्ध चर्को ब्याज लिएको र भ्रष्टाचारको मुद्दा चलाइन्। यसै वर्ष युनुसलाई अदालतले कैद सजायसम्म सुनायो।

तर समयचक्र यसरी घुम्यो कि हसिनाले राजीनामा दिएर देश छोडेपछि अहिले आन्दोलनकारीले विदेशमा रहेका ८४ वर्षीय युनुसलाई कुनै न कुनै हैसियतमा  अन्तरिम सरकारमा सहभागी गराउनै पर्ने माग गरे। र राजनीतिमा आउँछु भनेका कारण हसिनाको निशानामा परेका युनुस अन्तरिम सरकारका प्रमुख बन्ने भएका छन्।

अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।

अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
बङ्गलादेशमा हिन्दु र अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

बङ्गलादेशमा हिन्दु र अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .