No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बङ्गलादेशमा हिन्दु र अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

बङ्गलादेशमा हिन्दु र अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

Anti-government protesters celebrate outside the Bangladesh Parliament after getting the news of Prime Minister Sheikh Hasina's resignation, in Dhaka, Bangladesh, Monday, Aug. 5, 2024. (AP Photo/Rajib Dhar)

ढाका, साउन २३ गते । व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा सोमबार हमला गरिएको थियो । हिन्दूहरूलाई मुस्लिम–बहुल राष्ट्रमा केही मानिसले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको निकटका रूपमा हेर्छन् ।

भीडले हसिनाका सहयोगीहरूमाथि बदला लिन हमला सुरु गरेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मुलुकभरमा हसिनाको अवामी लिग पार्टीका कार्यालयमा आगो लगाइएको छ र लुटपाट गरिएको छ ।

बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन एकता परिषद्का महासचिव राणा दासगुप्ताले विज्ञप्तिमा भन्नुभयो, “सोमबार र मङ्गलबार कम्तीमा ९७ स्थानमा अल्पसङ्ख्यक मानिसका घर र पसलहरूमा हमला, तोडफोड र लुटपाट गरिएको छ ।”

सोमबार कम्तीमा १० हिन्दू मन्दिरमा ‘बदमाश’ हरूले हमला गरेको परिषद्ले बताएको छ ।

अस्पतालका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशको दक्षिणी बागेरहाट जिल्लामा एक हिन्दू व्यक्तिको कुटेर हत्या गरिएको बताए ।

ट्रान्सपेरेन्सी इन्टरनेसनल बङ्गलादेशका प्रमुख इफ्तिखारुज्जमानले भन्नुभयो, “अल्पसङ्ख्यकहरूमाथि यस्तो तरिकाको हमला भेदभावविरोधी विद्यार्थी आन्दोलनको मूल भावना विरुद्ध हो ।”

ढाकामा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ‘शान्त’ रहन आह्वान गरेको छ । युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञहरूले पठाएको सन्देशमा भनिएको छ, “हामी बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक र धार्मिक स्थलहरूमा भएको हमलाको रिपोर्टबाट चिन्तित छौँ ।”

“इयु मिसन प्रमुखहरू बङ्गलादेशमा जातीय र अन्य अल्पसङ्ख्यकहरूका पूजा स्थल र सदस्यहरू विरुद्ध हमला भएको रिपोर्टबाट अत्यन्त चिन्तित छन्”, बङ्गलादेशमा इयुका राजदूत चार्ल्स ह्वाइटलीले एक्समा भन्नुभयो, “हामी सबै पक्षलाई संयमता अपनाउन, साम्प्रदायिक हिंसालाई अस्वीकार गर्न र सबै बङ्गलादेशीको मानवाधिकारलाई कायम राख्न अपिल गर्दछौँ ।”

जुलाईको प्रारम्भमा भड्किएको विरोध प्रदर्शनपछि सोमबार अशान्तिको सबैभन्दा घातक दिन थियो । यस दिन कम्तीमा एक सय २२ जनाको मृत्यु भएको थियो ।

एक स्थानीय समाचार पत्रका अनुसार सोमबार भीडले अल्पसङ्ख्यक मुस्लिम सम्प्रदाय अहमदीका केही घरमा समेत आगो लगाएको थियो ।

प्रसिद्ध हिन्दू सङ्गीतकार राहुल आनन्दको घरमा पनि आगो लगाइएको छ । आनन्दले गत वर्ष ढाका भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री एस। जयशङ्करले पनि मङ्गलबार नयाँदिल्लीले ‘अल्पसङ्ख्यकहरूको स्थितिका सन्दर्भमा स्थितिको निगरानी गरिरहेको’ बताउनुभएको छ । “कानुन र व्यवस्था स्पष्टरूपमा पुनरबहाली नभएसम्म सरकार अत्यन्त चिन्तित हुनेछ”, उहाँले भन्नुभयो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .