No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गुरुदेव कामत : शास्त्रीय गीतसंगीतको विश्वविद्यालय

गुरुदेव कामत : शास्त्रीय गीतसंगीतको विश्वविद्यालय

रासस- । नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताएका छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गरिरहेका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।

काठमाडौँमा उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उनी सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए । केही दिनदेखि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि उनले खानपिन निकै कर्म गरेका थिए ।

नेपाली सङ्गीतका क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनमा सङ्गीतकर्मीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

नेपाल-भारत क्षेत्रमा प्रख्यात गुरुदेवको निधनले आफूलाई मर्माहत बनाएको सङ्गीतकार राजु सिंह बताउँछन् । उनीसँग विसं २०५५ देखि नै सम्पर्कमा रहेका सङ्गीतकार सिंहले पछिल्लो समय प्रत्यक्ष भेटघाट गर्न नपाए पनि टेलिफोनमार्फत कुराकानी गरेका थिए ।

‘म आफैँ पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइन । किनकी उहाँलाई मिर्गौलाको समस्या भएकाले मेरो कारण झन जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय सङ्गीतलाई ठूलो क्षति पुगेको छ’, सङ्गीतकार सिंह भन्छन्, ‘उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीतसङ्गीतको चम्किला तारा बन्नुभएको छ । उहाँको गीत सुनेर साधना पनि गर्दा पनि राम्रो सङ्गीत सिकिन्छ ।’

जीवनलाई सङ्गीतमा समर्पण गरेर नेपालमा शास्त्रीय सङ्गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको उनले बताए ।

‘गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ। नत्र नयाँपुस्ताले के सोचेर सङ्गीतलाई आफ्नो जीवन बनाउँछन् ? सबैले सहयोग हुनुपर्थ्यो’, उनले भने ।

गुरुदेवको उपचारका लागि आर्थिक सहायता जुटाउन पहल गरिरहेका कवि एवं मुक्तककार मुकुन्द पौडेलले आफूहरूले सक्दो कोशिस गरे पनि बचाउन नसकेको बताए । ‘शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जकको यस्तो अन्त्य हुनुहुन्थेन । हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । उहाँले जीवन सङ्गीतलाई दिनुभयो, धेरै शिष्य पाउनुभयो तर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक जोहो गर्न सकिएन”, उनले भने ।

गुरुदेवसँग नजिक रहेका कलाकार राधेश्याम विश्वकर्माले उनको महत्त्व बुझ्न नसकेको गुनासो गरे । ‘शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि आह्वान गरेका थियौँ । धेरैलाई चासो भएन, अहिले उहाँको स्वर्गारोहण भएपछि चासो बढेको छ । जीवित छँदै यस्तो चासो देखिएको भए राम्रो हुन्थ्यो’, उनले भने ।

शास्त्रीय गीतसङ्गीतसँगै आधुनिक गायनमा व्यस्त गायक युवराज चौलागाईंले गुरुदेवलाई विसं २०६० ताका भेटेको स्मरण गरे । उनी गुरुदेव कहाँ शास्त्रीय गीतसङ्गीतकै क्रममा पुगेका रहेछन् ।

‘शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । उनले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थियौँ’, गायक चौलागाईंले भने ।

उनले गुरुदेवलाई शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय नै मान्छन्। ‘शास्त्रीय गीतसङ्गीतको चर्चा गर्ने हो भने गुरुदेवविना सम्भव हुन्न, अपुरो हुन्छ’, उनले भने । स्वर्गीय गुरुदेवको तीन छोरा, एक छोरी र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
मधेसमा आज एक युगको अन्त भएयो

स्व.गुरुदेव कामतको शोकमा आइतबार मधेशमा राष्ट्रिय झण्डा आधा झुकाइने

धनुषाका ठाकुर हत्या प्रकरण : दोषीमाथि कारबाही र सहिद घोषणासहित आठ बुँदे सहमति

धनुषाका ठाकुर हत्या प्रकरण : दोषीमाथि कारबाही र सहिद घोषणासहित आठ बुँदे सहमति

भारतीय कथावाचक अनिरुद्धाचार्य काठमाडौंमा

भारतीय कथावाचक अनिरुद्धाचार्य काठमाडौंमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .