लहान – न्याय नपाउदा आफुहरु दिनानुदिन पीडित बन्दै गएको भन्दै मिटर ब्याज तथा ठगी विरुद्ध किसान संघर्ष समिति सप्तरीले बिरोध प्रदर्शन गरेका छन्।सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी र एसपीले साहु माहाजनबाट मोटो रकम लिई साहुकै पक्षमा ओकालत गर्ने र पीडितको कुरै नसुनी झन पीडितलाई हप्काउने गरेको पीडितहरुले आरोप लगाएका छन्।
सयौं मिटर ब्याज पीडितहरुले सप्तरीको राजबिराजमा प्रदर्शन गरेका छन्।भ्रष्टाचारी घुस्याहा पुलिस प्रशासन चाहिदैन पीडितलाई न्याय देउ साहु महाजनको सम्पत्ति छानबिन गर,घुस्याहा प्रशासन मुर्दावाद,भ्रष्टाचारी पुलिस प्रशासन राजीनामा देउ, लगायतका दर्जनौं नारा भन्दै बजार भरी प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बसेका थिए।
उक्त कार्यक्रम जिल्ला अध्यक्ष बिरेन्द्र कुमार सिंह को नेतृत्वमा भएको थियो भने उपाध्यक्ष बिजय चौधरीले जानकारी दिनु भयो।
उक्त प्रदर्शन कार्यक्रममा सिरहा सप्तरी धनुषा उदयपुर लगायत केन्द्रिय अध्यक्ष अभधेश कुशवाहा केन्द्रिय सदस्य पुनम महतो कोषा अध्यक्ष श्रवण चौधरी सचिब पुनिता चौधरी सल्लाह कार शिब चन्द्र यादव लगायतका उपस्थिति रहेको थियो। पीडितहरुको समस्या समाधान नगरे देशै भरी जन बिद्रोह हुने चेतावनी दिएका थिए।