• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता


न्यायका लागि दुई महिनादेखि भौंतारिरहेका छन् डा. गुप्ता

राजविराज । जुम्लामा स्वास्थ्य सेवा दिइरहेका एक चिकित्सक न्यायका लागि आफ्नो गृह जिल्ला सप्तरीमा विगत दुई महिनादेखि भौंतारिरहेका छन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. तुलाकृष्ण गुप्ता न्यायका लागि भौंतारिरहेका हुन् । उनकी आमा जयमाला गुप्तालाई ९ जेठमा मोटरसाइकलको दिएको ठक्करबाट ज्यान गएको थियो । ठक्करले घाइते उनकी ५७ बर्षीया आमाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आमाको मृत्यु भएको २ महिना बित्दा समेत ठक्कर दिने सबारीसाधनको पहिचान हुन नसकेको डा. गुप्ताले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एशोसिएट प्राध्यापक एवं जनरल प्राक्टिस तथा आकस्मिक मेडिसिन विभागका प्रमुख रहेका डा. गुप्ता आमालाई ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसक्दा चिन्तित बनेका छन् ।

सबारीको ठक्करले नै आमाको मृत्यु भएको बताउँदै डा. गुप्ताले ठक्करले मस्तिष्कमा लागेको अति कड चोटका कारण मस्तिष्कको एउटा भाग नै ब्रष्ट भएको प्रष्ट रहेको अवस्थामा प्रहरी अहिलेसम्म ती सबारीको खोजी गर्न नसकेको उनको भनाई छ ।

प्रहरीलाई म आफैं प्रमाणसहित प्रत्यक्षदर्शीहरुको बयान दिन लगाएको बताउँदै डा. गुप्ताले मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै भने, ‘तर, प्रहरी हालसम्म आफ्नो काम गर्न सकेको छैन् ।’

आफू दुई महिनादेखि काम छाडेर जिल्लामा बस्दै ठक्कर दिने सबारीको पहिचान गराउन लागिपरेपनि प्रहरी हालसम्म निष्कर्षमा पुग्न नसक्नु दुःखद भएको उनी बताउँछन् ।

घट्ना भएको समयमा इलाका प्रहरी कार्यालय कंचनपुरका निमित्त प्रमुख रहेका प्रहरी निरीक्षक अवधकिशोर ओझाले पट्क्कै ध्यान नदिएको उनले बताए ।

‘यसपछि नयाँ प्रहरी प्रमुखको रुपमा आएका डीएसपी महेन्द्र नेपालले पनि काम गरिरहेको मात्रै बताइरहेका छन्’ डा. गुप्ताले भने, ‘मुद्दा फाँटका सई रामपदार्थ साह पनि प्रत्यक्षदर्शीको बयान टिप्न मानेनन् । पछि आएका नयाँ अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुशान्त मिश्रले यो बयान टिप्न लगाए ।’

समग्रमा हेर्दा प्रहरीले नै घट्नालाई लुकाउन खोजेको उनको आरोप छ । ‘दुई महिना अनुसन्धान गरेको प्रहरीले अहिले आएर किटानी जाहेरी दिन मलाई भनिरहेको छ’ उनले भने, ‘म कसकोबिरुद्ध जाहेरी दिनु ? अनुसन्धान गरेर पहिल्याउने काम प्रहरीको होइन् ?’

गृहमन्त्रालयदेखि आफूले बुझेका हरेक निकायमा यो बिषयमा जानकारी गराउँदा समेत कतैबाट न्याय पाउन नसकेको उनले गुनासो गरे ।

‘के म न्याय पाउन सक्दिनँ ?, मेरो आमालाई कसले ठक्कर दिएर मारे ?’ मलिनो अनुहारमा उनले भने ।

डा. गुप्ताले न्याय दिलाइदिन संचारकर्मी, मानवअधिकारकर्मीसहित सबैसँग अनुरोध समेत गरेका छन् ।

प्रहरीले भने घट्नाको अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी महेन्द्र नेपालले संकलन भएका सिसिटिभी फुटेजहरुको अध्ययन गरिरहेको जानकारी दिए ।

उनले प्रहरी आफ्नो काममा लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त
  • २०८१ श्रावण ९, बुधबार २२:०८
  • In "कर्णाली प्रदेश"
  • जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ
  • २०८१ श्रावण ९, बुधबार २२:०८
  • In "BannerNews"
  • डा‍. केसीले काठमाडौंमा अनशन जारी राख्ने
  • २०८१ श्रावण ९, बुधबार २२:०८
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

Next Post

महिला हिंसा विरुद्ध सिरहामा सरोकारवालाको पहल"

अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

‘ब्लड फर नीड’ले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version