• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त


बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

 सुर्खेत । बालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले प्रहरी कार्यालय घेराउ गर्दा जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का १४ वर्षका पदम बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकलाई मोवाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको प्रहरीबाट खबर आएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

‘मोवाइल चोरीको आरोपमा उनलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ पछि छोडिएको प्रहरी साथीको भनाइ छ,’ प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘यो अब अनुसन्धान र छानबिनको विषय बनेको छ । यसबारे उच्चस्तरीय छानबिन समिति नैै बनाएर छनबिन गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

मृतकका आफन्तले प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गरेपछि भिड साम्य पार्न प्रहरीले लाठीचार्ज र केही सेल असुर ग्यास प्रहार गरेको थापाले बताए ।

मोवाइल चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीले पदम बुढासहित ७ जनालाई माघ १८ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले छाडिसकेपछि उनी स्वास्थ्यमा समस्या देखिएपछि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि अभिभावकसँग गएका थिए ।

खुटामा चोट लागेर सुन्निएको अवस्थामा अस्पताल गएका उनको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए ।

‘जमेको रगतको टुक्राहरु फोक्सोमा पुगेका कारण बिरामीलाई बचाउन सकिएन,’ डा.रावलले भने, ‘अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास त गरेकै हो तर, असफल भइयो ।’

उनको कुटपिटबाट मृत्यु भएको हो वा होइन भन्ने विषय पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने डा. रावलले बताए ।

मृतकका आफन्तलेहरुले भने मोवाइल चोरी गरेको आरोपमा प्रहरीले निर्मम तरिकाले कुटपिट गर्दा मृत्यु भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

झडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन
  • २०७७ फाल्गुन ६, बिहीबार १९:४२
  • In "कोशी प्रदेश"
  • सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन
  • २०७७ फाल्गुन ६, बिहीबार १९:४२
  • In "BannerNews"
  • बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए
  • २०७७ फाल्गुन ६, बिहीबार १९:४२
  • In "कर्णाली प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version