राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालको २१४ जना केन्द्रीय सदस्यमा छानिएका छन् । यसमध्ये २३ जना सप्तरीका परेका छन् । ७ जना महिलासहित २३ जना सप्तरीबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।
सप्तरीबाट चयन भएका २३ जनामध्ये तीन जना एकै परिवारका छन् । राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, उनका भाई प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह यादव र मृगेन्द्रकी छोरी डा. बबी सिंह यादव जसपा नेपालको केन्द्रीय सदस्यमा चयन भएका छन् ।
यस्तै, सप्तरीका मनिष सुमन, विदेश्वर प्रसाद यादव ‘विक्की’, विकास तिबारी, शम्भु झा, शैलेन्द्र साह, अशोक कुमार यादव, अमरनाथ मण्डल, उपमा कुमारी देव, किरण कुमारी साह, गीता देवी यादव, पुनम कुमारी यादव, भरत प्रसाद महतो केन्द्र सदस्यमा चुनिएका छन् । केन्द्रीय सदस्य चुनिने किरण साह प्रदेश सभा सदस्य हुन् ।
यस्तै, राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादव, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, मुरली सिंह, रसना यादव, रमिला देवी साह, रमेश कुमार यादव, सुरेन्द्र साह र शैलेन्द्रमोहन झा समेत केन्द्रयि सदस्य बनेका छन् ।
महाधिवेसनले उपेन्द्र यादव अध्यक्ष पदमा सर्वसम्मत भइसकेका छन् ।














