चीनको कम्युनिष्ट पार्टी (सीसीपी)को आर्थिक आँकडामा सन्देह व्यक्त गरिएको छ। सीसीपीद्वारा जारी आर्थिक विकासका आँकडामा कयौं विश्लेषकहरूले संदेह जनाएका छन्।
चीनको अर्थव्यवस्थाले कयौं चुनौतीहरूको सामना गर्नुपरेको छ जस्तै की रियल एस्टेटको संकट, उपभोक्ता विश्वासको कमी, डिफ्लेशन, युवाहरूको बेरोजगारी, र विदेशी निवेशमा गिरावट।
एउटा स्वतन्त्र चिनिया टेलिभिजन निर्माता ली जूनले चीनको हेनान प्रान्तको जीडीपीको बारेमा गम्भीर आरोप लगाएका छन्। उनको भनाइ छ कि २०२३ मा हेनान नकारात्मक वृद्धि हुनुपर्ने थियो, तर सरकारले त्यस प्रान्तमा २०२२ को आँकडाको तुलना ०२३ मा सकारात्मक वृद्धि देखाएको छ।
त्यसबाहेक, ली जूनले अन्य प्रान्तहरू जस्तै फुजियान, हुनान, र जियांग्सीमा पनि तथ्यांकमा चलखेक गरिएको आरोप लगाएका छन्।
विदेशी बजार अनुसन्धान फर्मलाई चीनमा स्वतन्त्र अनुसन्धान गर्ने अनुमति नहुनु सन्देह झन बढाएको हो।
यसले सीसीपीका शीर्ष नेताहरू वैधताको समस्यामा परेका छन् चीनको आर्थिक आँकडामा चलखेल नयाँ होइन। सीसीपीले बारम्बार यसप्रकारको चलखेल गर्दै आएको देखिन्छ।