जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरको प्राँगनबाट एक महिलाको रकम लुटिएको बताईएको छ ।
आज दिउँसो करिब ३ बजेको समयमा राजदेवी मन्दिरमा दर्शन एवम् घुमघामका लागि गएको बेला एक लाख रुपैयाँ लुटिएको बताईएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ९ भतही बस्ने आशा मण्डल दर्शन गर्नका लागि जनकपुर आएकी थिईन । उनी मन्दिरमा दर्शन तथा घुमघामको लागि जाँदा समय ब्यागमा रहेको एक लाख रुपैयाँ लुटिएको बताइएकी हुन् ।
यता, सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएको छ भने आयोजक समितिका राकेश विक्रम साहले घटनाबारे जानकारी भएको तथा अहिले पुष्टी नभएको बताएका छन् । उनले सिसिटिभी हेरेर मार्फत यथार्थ भन्न सकिने बताए ।
सोही क्रममा साहले राजदेवी पूजन समितिले प्रत्येक बर्ष र पटक पटक मन्दिर आउँदा बहुमूल्य गर गहना, भारी रकम बोकेर नआउन आग्रह गर्दै आएपनि दर्शालुहरुले आग्रह नमान्दा घटना हुने गरेको बताए ।