No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपाका मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

जसपाका मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएर जनता समाजवादी पार्टी ९जसपा०की सांसद सुरिता साहलाई व्यवस्थापन गरेकोमा सत्ता गठबन्धनका ५ दल असन्तुष्ट बनेको छ ।
मुख्यमन्त्री यादवले चार दिन अगाडी शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका थिए । एकलौटी निर्णय गरी मन्त्रालय फोडेर मुख्यमन्त्री भारत पुगेका छन् । उनी भारत पुगिसकेपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गरेको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी गर्‍यो ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सम्हालेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फोडेर मुख्यमन्त्री यादवले खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाएका छन् ।

चार महिनादेखि बिना विभागीय मन्त्री रहेकी साहलाई खेलकुद तथा समाज कल्याण र मन्त्री यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्री यादव भने नयाँ मन्त्रालय सम्हाल्ने पक्षमा छैनन् ।

यो प्रदेशमा छ दलीय गठबन्धनको सरकार छ । जसको नेतृत्व जसपाले लिएको छ । मुख्यमन्त्री जसपाको रहेकाले सांसद साहलाई पार्टीमा टिकाउनकै लागि मन्त्रालय फोडेको उनीमाथि आरोप छ ।

ज्ञात रहोस् स्वतन्त्रबाट जितेर सांसद साह जसपामा प्रवेश गरेकी छन् । सुरुमा उनलाई सामाजिक विकास मन्त्रालय दिइयो । तर गठबन्धनको भागबन्डा मिलाउन उक्त मन्त्रालयबाट साहलाई हटाएर बिना विभागीय बनाइयो । त्यसपछि उनले मन्त्रालय नदिए पार्टी छाड्ने धम्की दिएपछि मन्त्रालय फोडेर भए पनि उनलाई व्यवस्थापन गरिएको छ ।

पार्टीमा सांसदलाई टिकाउन मुख्यमन्त्रीले मन्त्रालय फोडेकोमा गठबन्धनमा रहेका ५ दल अब के गर्ने विषयमा छलफल थालेका छन् । सोमवार जसपा बाहेक ५ दलका संसदीय दलका नेताहरू मधेश भवनमा बैठक गरेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादव, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एस प्रदेश संसदीय दलका प्रमुख सचेतक कनिस पटेल, लोसपा प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टी प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव सहभागी थिए ।

मुख्यमन्त्री यादवले मन्त्रालय फोडेपछि प्रदेशमा जसपा एक्लिएको छ । ५ दलको बैठकले ‘ुमुख्यमन्त्री यादव चोर बाटोबाट मन्त्रालय फोडेको’ ठहर गरेको छ । बैठकमा सहभागी नेताहरूले मुख्यमन्त्रीले गरेको मनपरीबारे केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण गराउने निर्णय गरेको बुझिएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रदेशमा काम शून्य छ । जनता प्रदेश सरकारको अनुभूति गर्न पाएका छैनन् । तर मुख्यमन्त्री यादव गैरजिम्मेवार काम गरिरहेका छन् । यसमा हाम्रो आपत्ति छ । यो विषयमा छलफलकै लागि बैठक बसेको थियो ।’

‘मन्त्रालय नै फुटाउनु पर्थ्यो भने कम्तीमा गठबन्धन वा मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउनुपर्थ्यो’, उनले भने, ‘कसैलाई जानकारी छैन । तर चोर बाटोबाट मन्त्रालय फोडियो । पार्टी बनाउनका लागि त उहाँलाई मुख्यमन्त्री बनाएका छैनौँ ।’

मुख्यमन्त्री नसच्चिए ठोस निर्णय लिने उनको भनाई थियो । नेपालप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला

इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला

मिर्चैयाबाट लखेटिए छापा मार्न आएका राजस्व अनुसन्धान कर्मचारी

मिर्चैयाबाट लखेटिए छापा मार्न आएका राजस्व अनुसन्धान कर्मचारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .