नेपालगन्ज – आज शुक्रबार अपरान्ह १ बजे पछि नेपालगन्ज बजारको त्रिभुवन चोक नजिकै केही युवाहरूलाई प्रहरीले धपाएको छ। बिगत एक साता देखि बन्द रहेको नेपालगन्ज बजार बिस्तारै महौल शान्त बन्दै जादा आज बाट जिल्ला प्रशासन कार्यालय बाकेले कर्फ्यु खुल्ला गरि निषेधज्ञा लागू गरेको हो । तर त्रिभुवन बजारमा केहि युवाहरुले फेरि महौल बिगन्रे प्रयास गरे पनि प्रहरीको कडा निगरानीले केही भएन ।
प्रहरीले भिड देख्ने बितिकै ती युवाहरू लाई लखेटेर भगाएको हो । भिड तितरबितर पार्न प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेको त्रिभुवन चोक एक जना ब्यापारीले बताएका छ्न । यसैगरि बिपि चोकमा पनि माहौल बिगार्न खोज्ने युवाहरूलाई प्रहरीले खोज तलास शुरु गरेको छ ।