No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काेशीमा हिक्मत कार्कीले पनि विश्वासको मत नपाउने सम्भावना, पाँचौँ मुख्यमन्त्री काे ?

काेशीमा हिक्मत कार्कीले पनि विश्वासको मत नपाउने सम्भावना, पाँचौँ मुख्यमन्त्री काे ?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २० असोज अर्थात भोलि विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार भोलि विश्वासको मत लिन लागेका हुन् ।
४० सांसद रहेको एमालेका कार्कीले विश्वासको मत पाउने आधार भने देखिएको छैन । सोहीकारण कोशी प्रदेशमा संविधानको १ सय ६८ उपधारा ५ को मुख्यमन्त्री को होलान् भन्ने चासोको विषय बनेको छ । एमालेका कार्कीले विश्वासको मत पाउने सम्भावना सकिँदै जाँदा सरकार गठनको अन्तिम विकल्पमा प्रदेशसभा धकेलिने अवस्थामा पुग्ने देखिन्छ ।

संविधानअनुसार प्रदेश सरकार गठनको अन्तिम विकल्प धारा १ सय ६८ को उपधारा ५ हो । उपधारा ५ अनुसार अब सदनमा रहेका जुनसुकै सदस्यले समेत मुख्यमन्त्रीको दाबी गर्न पाउनेछन् । यसरी दाबी पेस गर्दा प्रदेश प्रमुखले विश्वासको मत पाउन सक्ने आधार देखेमा त्यस्तो सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न सक्छ । सर्वोच्च अदालतका अनुसार विश्वासको मत पाउन सक्ने अवस्थाको व्याख्या भनेको कुनै पनि सदस्यले कुनै सदस्यको पक्षमा बहुमत सांसदको हस्ताक्षर पेस गर्नु हो । तर, अहिलेसम्म कसलाई उपधारा ५ अनुसारको मुख्यमन्त्री बनाउने भनेर सत्तापक्षले सोचेकै छैन ।

प्रतिपक्षमा रहेको गठबन्धनले समेत कुनै निर्णय गरेको छैन । विपक्षी गठबन्धनमा भएका कांग्रेस, माओवादी, नेकपा एस र जसपामा कसले उपधारा ५ अनुसारको मुख्यमन्त्री लिने भन्ने अहिलेसम्म सहमति बनेको छैन । दुईदुईपटक कांग्रेस नेतालाई मुख्यमन्त्रीमा साथ दिएकोले उपधारा ५ अनुसारको मुख्यमन्त्री कांग्रेसबाहेकले पाउनुपर्ने माग गठबन्धन दलहरूभित्र उठ्दै आएको छ ।

त्यस्तो हुँदा, गठबन्धनमा कांग्रेसपछिको ठूलो दल माओवादीले मुख्यमन्त्री दाबी गर्ने पनि चर्चा छ । कांग्रेस र माओवादीलाई क्रस गर्दै नेकपा एकीकृत समाजवादीले भने गठबन्धनभित्र आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको अभियानको क्रममा इटहरीको कार्यक्रममा भेटिएका केन्द्रीय तहका एक नेताका अनुसार कोशीमा एसले मुख्यमन्त्री दाबी गरेको स्वीकार गरे ।

‘अहिले सहमति त भइहालेको छैन, तर अबको अवस्थामा भने कोशी प्रदेशको सवालमा हाम्रो पार्टीले नेतृत्व लिने कुरा भने चलिरहेको छ’, ती नेताले भने । हुन पनि नेकपा एस कोशी संसदीय दलका नेता राजेन्द्र राई र एमाले नेता शेरधन राईको भेट भएको विषयमा निकै चर्चा समेत चलेको थियो । दुई भोजपुरे नेताहरूको भेटले प्रदेश सरकारको राजनीतिमा तरंगसमेत सिर्जना गरेको थियो । तर, पछि एसका नेता राजेन्द्र राईले सञ्चारमाध्यममा शेरधन राईले सरकारमा आउने निम्तोसमेत दिएको र आफूहरूले अस्वीकार गरेको बताए थिए । जुन निम्तोले गठबन्धनमा समेत नेकपा एसले मुख्यमन्त्री पाउनुपर्छ भन्ने विषयले थप स्पेस पाएको छ ।

‘शेरधनजीले अहिलेको सरकारलाई सघाएर जाऊँ भन्ने प्रस्ताव गर्नुभयो, मैले त्यो सम्भावना छैन भनेँ’, भेटबारे राजेन्द्र राईले भनेका थिए, ‘उपधारा ५ मा मिलेर आलोपालो गरौँ भन्ने पनि उहाँको प्रस्ताव थियो । मैले त्यसबारे सोच्न सकिन्छ भनिदिएँ ।’

अहिलेको राजनीतिक समीकरणले कोशी प्रदेशमा उपधारा ५ को सरकार त बन्छ । मुख्यमन्त्री को बन्ने भन्ने पात्रको टुंगो लागेर सहमति भए यो विकल्पअनुसार सरकारका लागि दाबी पेस गर्न अप्ठ्यारो भने देखिँदैन । तर, यही राजनीतिक समीकरणले उपधारा ५ को सरकार बने पनि टिक्न भने मुस्किल देखिन्छ । उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री भएको व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

४७ जना सांसद विपक्षी गठबन्धनमा पुगे पनि एमालेले विश्वासको मत हुनुपूर्व उपसभामुखलाई राजीनामा गराएमा र राप्रपाले समेत गठबन्धनलाई असहयोग गरेमा विपक्षी गठबन्धनको मुख्यमन्त्रीले समेत विश्वासको मत पाउन नसक्ने अवस्था बन्न सक्नेछ । त्यो अवस्था आए सरकार बन्ने अन्तिम विकल्प समेत सकिन्छ र प्रदेशसभा विघटन हुन सक्ने सम्भावना देखिन्छ । शिलापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
मिथिलामा आज जितिया व्रत

मिथिलामा आज जितिया व्रत

बारामा आम जनता पार्टीले भन्सार नियमावली जलायो

बारामा आम जनता पार्टीले भन्सार नियमावली जलायो

भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक

भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .