विनय राज त्रिपाठि – हामी जति जोस जाँगरका साथ हिन्दूले मुस्लिम माथी र मुस्लिमले हिन्दू माथी प्रहार गरि जिउ ज्यान का साथ उनकाे सम्पत्ति सखाप पार्न आतुर छाै, यदि हामी यति जाेस जाँगर भ्रष्टाचार बिरूध्द प्रयाेग गरेकाे भए हाम्रा दाजू भाईलाई देश छाेडी बहिरिनु पर्दैन थियाे, ७ दिन सम्म भर पेट खाना न पाएर भाेकै बस्न बाध्य हुनु पर्दैन थियो ।
के हामीले साेचे छाै कि जाे मान्छे दिन भरी काम गरेर साँझ घरमा गएर आफ्नो परिवार संग बसी एक छाक खाना खान्थे, याे दँगाले उनीहरू माथि के असर पारेकाे छ, उनीहरू भाेकै बस्नु परेकाे जिम्मेवारी काे ले लिने, कुन धर्मले लिने ? छ कुनै जवाफ ? हामी आफ्नै दाजू भाई लाई मेटाउन खाेजी रहेका छाै, जाे हामी हिजाेका दिनमा बसी सँगै खान्थ्याे, घुम्थ्याे, परेका बेला सहयाेग गर्थ्याे , आज हामी उसैलाई मार्न खाेजी रहेका छाै, किन ? अपराध गर्ने त अपराधी हाे, तर के हामी अपराध गर्न खाेजी रहेका छैनाै । के हामीले एक पटक पनि साेचेका छाै ?
साेचाै र शान्ति सद्भाव कायम गराै । लेखकको स्वतन्त्र बिचार हो ।