• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या


बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

रासस-
बारा, असोज ९ गते ।

बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फोला परेको प्रहरीले जनाएको छ।

आइतबार स्थानीयले सीमा क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए।

यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे। उनले हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ।

मृतक सिंह पूर्वप्रहरी हुन्। उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत थिए। केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा आज दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ। घटनास्थलमा पुगी प्रहरी उपरीक्षक काफ्लेले भारतीय समकक्षीहरूसँग पनि सोधपुछ गरेका छन्।

घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए। घटनामा संलग्न एकजना फरार रहेकाको खोजी पनि तीव्र पारिएको उनले जानकारी दिए।

खुला सीमा रहेका कारण नेपालबाट कर्तव्य गरी भारततर्फ र भारतबाट कर्तव्य गरी नेपालतर्फ भागेर लुकीछिपी बस्ने गरेका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका
  • २०८० आश्विन ९, मंगलवार ११:३३
  • In "समाचार"
  • भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे
  • २०८० आश्विन ९, मंगलवार ११:३३
  • In "देश"
  • प्रदेश २ : ९ वर्षीय बालकलाई करणी गरी हत्या गरी फरार भएका महतो पक्राउ
  • २०८० आश्विन ९, मंगलवार ११:३३
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता

दुबई पठाउँछु भन्दै ठगी गरेको आरोपमा रौतहटका सिद्धिकी पक्राउ

ज्यान जोगाउन सन नेपाल इन्स्योरेन्सबाट ५ लाख सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version