• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका


छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

काठमाडौँ : एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार चुपी फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनुभयो ।
शुक्रबार घरको पहिलो तलामा छोराको, दोस्रोमा आमा र तेस्रोमा बुबाको शव भेटिएको थियो । छोराको टाउको चोट पटक तथा घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको थापाले बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये बाबुको शरिरमा कुनै पनि चोटपटक देखिएको छैन ।
एसएसपी थापाका अनुसार मृतकहरु भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनीहरुको पोष्र्टमार्टम भएको र बुधबारसम्म रिर्पोट आउने एसएसपी थापाले बताउनुभयो । थापाका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा शव भेटिएका थियो ।
शवको प्रकृति हेर्दा सुदिपको मृत्यु २० देखि २२ घन्टाअघि र सम्झना र सुशान्तको मृत्यु ४० देखि ४५ घन्टाअघि भएको अनुमान गरेको एसएसपी थापाका अनुसार सुदिपको मृत्यु सम्झना र सुशान्तको मृत्यु भएको २० घन्टापछि मात्रै भएको पाइएको बताउनुभयो ।

उहाँले अनुशन्धान भैरहेको बताउँदै अब पोष्टमार्टम रिर्पोटको अनुसार मात्रै थप कुरा बाहिर आउने उहाँले बताउनुभयो । सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको थियो । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । मृतक दम्पत्तिले घरमै किनारा पसल चलाउँदै आएका थिए ।
शुक्रबार सुदीपका भाइ पुग्दा भित्रबाट सिनो गन्हाएको जस्तो लागेर शंका लागेर उनले प्रहरीलाई तत्कालै खबर गरेका थिए । एसएसपी थापाले सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिएको र धारिलो हतियार समेत घरबाट बरामत गरिएको छ । सुदीपको शवमा भने चोट पटक नभएको उहाँले बताउनुभयो ।
तीनै जनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोस्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पोस्टमार्टम भएको छ । प्रहरीले घर बाहिरबाट दुई थान मुसा मार्ने बिषादीको भाडो समेत बरामद गरेको छ । बुबाको शव फेला परेको ठाउँमा बिषादीको गन्ध आएको थियो ।

राससका अनुसार मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुग्नुभएको थियो ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।

प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।”

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप ९चुप्पी० भेटिएको छ । शव गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर हत्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।”

प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भन्नुभयो, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिनुभयो । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए÷नआएको याद नभएको भनाइ छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या
  • २०७७ भाद्र २७, शनिबार १८:४०
  • In "BannerNews"
  • कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता
  • २०७७ भाद्र २७, शनिबार १८:४०
  • In "कर्णाली प्रदेश"
  • हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव
  • २०७७ भाद्र २७, शनिबार १८:४०
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

निषेधाज्ञाले कामदार पाइएन, मध्यपहाडी राजमार्गकाे काम प्रभावित

जनकपुरमा दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

कोरोना महामारीका कारण यस वर्ष गेरुका मेला नलाग्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version