रामकुमार महतो
वि.स. २०५८ देखि २०६० सम्मका दुई वर्ष माओवादी संगठन विस्तारको दृष्टिले महत्वपूर्ण रहे । देशव्यापी रूपमा माओवादीप्रति आकर्षण बढ्दै गयो । मधेसमा पनि माओवादी प्रतिको आकर्षण बढ्दै थियो । धनुषाको उत्तरी क्षेत्रमा माओवादीप्रति आकर्षण बढ्नुको मूल कारण चाहीँ तत्कालीन गाविस अध्यक्ष गणेशबहादुर जर्घाको व्यक्तित्वको प्रभाव नै हो । जनमोर्चा नेपालका तर्फबाट गाविस अध्यक्षमा चुनाव जित्नुभएका गणेशबहादुर जर्घा पुराना र लोकप्रिय नेता मानिनुहुन्थ्यो ।
जनतामा घुलमिल हुने उहाँको लोभलाग्दो शैली थियो । उहाँ गाउँघरका सबैलाई कुनै न कुनै साइनो लगाएर बोलाउनुहुन्थ्यो । उहाँको व्यवहारले गर्दा सबै तह र तप्काका मान्छेले उहाँप्रति सकारात्मक भावना राख्थे । जनमोर्चाबाट गाविस अध्यक्षमा निर्वाचित भएपछि धनुषाका माओवादी नेता मातृका यादव, श्रवण यादव लगायतले उहाँलाई माओवादी जनयुद्धमा लाग्न आग्रह गर्नुभयो । उहाँले सुरुमा जनमोर्चा, नेपालमै रहेर माओवादीको सकारात्मक कुराको प्रशंसा र गलत कुराको विरोध गर्नुभयो । आफ्ना कमीकमजोरी सच्याउन माओवादीलाई आग्रह गर्नुभयो । उहाँसँग मेरो दिनहुँ भेटघाट र विचार विमर्श हुन्थ्यो । मेरो औषधि पसलमा आएर उहाँ दिनभरि बस्नुहुन्थ्यो । उहाँलाई भेट्न थुप्रै मानिस मेरो पसलमा आउँथे ।
त्यतिबेला युद्धविरामको अवस्था थियो । माओवादी नेता कार्यकर्ता र जनमुक्ति सेनाको बाक्लो आवतजावत ढल्केवरमा हुन्थ्यो । शान्तिमान कार्की त्यतिबेला माओवादीको धनुषा जिल्ला इन्चार्ज हुनुहुन्थ्यो । उहाँले धनुषामा माओवादीको सब्गठन विस्तारमा ठूलो भूमिका खेल्नुभयो । धनुषामा माओवादीका सयौँ पूर्णकालीन कार्यकर्ता तयार भए । ढल्केवर आसपासका ८÷१० वटा गाविस माओवादीको आधार क्षेत्रका रूपमा विकास हुँदै गए तर दुर्भाग्य १ २०६० साल भदौ १० गते सरकार र माओवादी बीचको दोस्रो युद्धविराम भब्गभयो । रामेछापको दोरम्बामा १९ माओवादी नेता कार्यकर्ताको सेनाले हत्या गरेपछि युद्धविराम भब्ग भएको थियो । वार्तामा दुई पक्षको कुरा बाझिँदा देश फेरि भीषण गृहयुद्धमा प्रवेश ग¥यो ।
सुरक्षाकर्मी माओवादी नेता कार्यकर्ता खोज्दै गाउँगाउँमा पस्न थाले । दमन तीव्र भयो । त्यतिञ्जेलसम्म गणेश जर्घा पूर्णरूपमा भूमिगत भइसक्नुभएको थियो । धनुषामा सुरक्षा निकायले गणेश जर्घालाई मूल निशाना बनाइसकेको थियो । सुरक्षा निकाय उहाँको खोजीमा क्रियाशील थिए । गणेशबहादुर जर्घामाथि असुरक्षा बढेपछि पार्टीले उहाँलाई सुरक्षित ढब्गले राजनीतिक गतिविधि गर्न निर्देशन दियो । तर अर्को पक्ष के थियो भने, ढल्केवर क्षेत्रका धेरै प्रहरीले गणेश जर्घालाई सहयोग गर्थे । प्रहरी उहाँलाई सकेसम्म बचाउन चाहन्थे । उहाँ जनप्रिय नेता हुनुहुन्थ्यो । स्थानीय प्रहरी उहाँलाई सहयोग र सम्मान गर्थे । त्यतिबेला गणेश जर्घाको घरमा १५÷२० जना माओवादी कार्यकर्ताले खाना नखाएको कुनै दिन हुँदैनथ्यो । मेरो घरसहित ढल्केवर भेगमा सय–पचास माओवादीका लागि सधैँ खाना पाक्थ्यो । ढल्केवर, बेंगाडाबर लगायतका गाविसमा माओवादीको चहलपहल तीव्र थियो । माओवादीका ठूला नेता मेरै पसलमा आउँथे । त्यसैले रामकुमार पनि माओवादी नै हो भन्ने सुरक्षाकर्मीलाई परेको थियो ।
प्रहरी जर्घालाई खुलेआम सहयोग गर्थे । त्यो देख्दा काँग्रेस र एमालेका केही स्थानीय नेता डाहले भुतुक्कै हुन्थे । उनीहरूलाई गणेश जर्घा जनतामाझ लोकप्रिय भएको मन परेको थिएन । उनीहरू । प्रहरीले नै माओवादी पाल्दैछ, माओवादीको विस्तार गर्दैछ’ भनेर आलोचना गर्थे । केही काँग्रेस–एमालेका नेताले गणेश जर्घाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पनि गरेका थिए । त्यसपछि जिल्ला प्रहरीले ढल्केवरका सबै प्रहरीलाई अन्यत्र सरुवा ग¥यो । ढल्केवर क्षेत्रमा प्रहरी नेतृत्व फेरियो ।
ढल्केवरमा सेनाले आफ्नो सक्रियता पनि बढाउँदै लगेको थियो । युद्धमा सुरक्षा निकायको कमान्ड गरिरहेको सेना गणेश जर्घाविरुद्ध केन्द्रित हुन थाल्यो । अन्यत्र सरुवा हुनुअघि ढल्केवर इलाकाका प्रहरी जवान श्रीराम यादवले यसको सूचना हामीलाई दिएका थिए । हामीलाई अन्यत्र सरुवा गरियो, हामीमाथि माओवादीलाई सहयोग गरेको आरोप लागेको छ । अब हामी यहाँबाट सरुवा हुँदैछौ । गणेशजीलाई सुरक्षित भएर बस्न भन्नुहोला है’ उनले एकदिन मलाई यसो भने । उनले ढल्केवर छाड्ने बेलामा एक पटक गणेश जर्घालाई भेट्न खोजेका थिए । गणेश जर्घालाई भेटाइदिन मलाई अनुरोध पनि गरे । अवस्था कस्तो थियो भने, माओवादीले चाहे भने उनीहरूले मलाई तुरुन्त भेट्न सक्थे तर मैले चाहेको बेलामा भने उनीहरूलाई भेट्न सक्दैनथेँ ।
एक दिन गणेश जर्घालाई खोज्दै मेरो पसलमा आएका प्रहरी जवान श्रीराम यादवलाई मैले यो यथार्थको बेलिविस्तार लगाएँ । म माओवादीलाई चाहेको बेलामा भेट्न सक्दिन श्रीरामजी, तर उनीहरूले चाहे भने मलाई भेट्न सक्छन् । किनकि म यहीँ पसलमा हुन्छु’ भनेर उहाँलाई सम्झाउन खोजे तर उनले पत्याएनन् । गणेशजीसँग अत्यन्त जरुरी काम भएको भन्दै भेटाइदिन पटक पटक आग्रह गरे । मैले फेरि पनि उनलाई आफूले भनेको बेलामा गणेशबहादुर जर्घालाई भेट्न नसक्ने कुरा दोहो¥याए । वास्तवमा थियो पनि त्यस्तै । मलाई मात्र भनेर चित्त बुझेनछ क्यारे भोलिपल्ट प्रहरी जवान श्रीरामले स्थानीय
माओवादी कार्यकर्ता लक्ष्मेश्वर पूर्वेका माध्यमबाट गणेश जर्घालाई सुरक्षित रहन सल्लाह दिएछन् ।
ढल्केवर इलाकाका पुराना प्रहरी सरुवा भएर अन्यत्र गएपछि नयाँ प्रहरी आए । सरुवा भएर आएका नयाँ प्रहरीले गणेश जर्घाको बढी निगरानी गर्न थाले । गणेश जर्घा कहाँ बस्छन् तपार्इंलाई थाहा छ, हामीलाई भन्नुस्’ भनेर मलाई दबाब दिन थाले । मेरो पसलमा आएर घण्टौँ बस्ने, चियोचर्चो गर्ने जस्ता गतिविधि गर्न थाले । सेनाकै दबाबमा ढल्केवर इलाकाका पहिलाका प्रहरी सरुवा भएका थिए । जसरीपनि गणेशबहादुर जर्घालाई नसमात्ने हो भने तिमीहरूमाथि पनि कारबाही हुन्छ’ भनेर सेनाले दबाब दिन थालेपछि त्यहाँका प्रहरी बढी सक्रिय हुन थालेका थिए । वीरेन्द्र यादव, श्रीराम यादव, पशुपति मण्डल लगायतका प्रहरीले मसँग । गणेश जर्घालाई नसमात्ने हो भने हामीलाई सेनाले अप्ठ्यारोमा पार्छ’ भन्ने गुनासो गर्थे । सरुवा भएर आएका कतिपय प्रहरी पनि गणेश जर्घालाई सुरक्षाकर्मीबाट टाढै रहन,
सुरक्षित ढब्गले बस्न भनिदिनुस् है’ भनेर मलाई सम्झाउँथे ।
जनकपुर र धारापानीबाट सेना गस्ती गर्दै ढल्केवर बाक्लै आउन थाल्यो । प्रहरीले कसरी ड्युटी गरेका छन् भनेर सेना प्रहरीको चियोचर्चो गर्थे । एक दिन गणेशजी घर आउनुभएको थियो । यो कुरा प्रहरीले थाहा पाएछन् । गणेश जर्घा घर आएको विषयमा प्रहरीले सेनालाई खबर गरेछ क्यारे । सेना पनि आयो । बिहान ९ बजेको थियो । मलाई ढल्केवरका प्रहरी जवान पशुपति मण्डलले गणेशबहादुर जर्घालाई पक्राउ गर्न सेना जाँदै छ । उहाँलाई घर छाडेर अन्यत्र जानुस् भनेर खबर पु¥याउनुप¥यो भनेर मलाई खबर गरे । म तुरन्तै मोटरसाइकल चढेर गणेश जर्घाको घर पुगैँ । नभन्दै उहाँ घरमै भेटिनुभयो । मैले उहाँलाई पाईंलाई खोज्दै सेना आउँदैछ, तपाईं तुरुन्त घरबाट हिँडिहाल्नुस्’ भनेँ । मेरो कुरा सुन्नासाथ तुरुन्तै उहाँ घरबाट हिँड्नुभयो । हिँडेको पाँच–दस मिनेटपछि नै सेनाको गाडी गणेश जर्घाको घरमा पुग्यो ।
सेनाले घरमा खानतलासी ग¥यो । गणेशजीलाई नभेटेपछि सेनाको टोली फर्कियो । त्यतिबेला सेना आउँदैछ भनेर प्रहरीले खबर नगरेको भए गणेशजी पक्राउ पर्नुहुन्थ्यो । त्यसको तीन–चार दिनपछि फेरि प्रहरीले ।।।सेना आउँदै छ, जर्घाजी घर आउनुभएको भए सुरक्षित ढब्गले भाग्न भन्नुस् है’ भनेर म भएको ठाउँमा खबर ल्याए । म तुरुन्तै गणेशजीको घर गए । ।।।तपाईं तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुस् । तपार्इंलाई सेनाले खोजिरहेको छ । केही समयपछि नै सेना यहाँ आउनसक्छ’, भनेँ । तपाईं गाउँभन्दा दक्षिणतिरै बस्नुस्, अथवा अन्तै कतै सुरक्षित ठाउँमा जानुस् भनेर मैले उहाँलाई सम्झाएँ । त्यो दिन उहाँले मलाई डर लागेको छैन, तिमी किन यति धेरै डराउँछौँ रु’ भनेर उल्टै मलाई पो सम्झाउन थाल्नुभयो । यति धेरै डराउनुहुँदैन, हामीले हिम्मतका साथ काम गर्नुपर्छ । अब तिमी आत्तिदै मलाई खबर गर्न नआऊ । म सधँै भागेँ भनेँ मानिसले गणेश जर्घा डरपोक रहेछ, सधैँ भाग्छ भन्छन् । प्रहरी, सेना कसरी आउँछन्, के गर्छन् रु मलाई पनि थाहा छ, तिमी नडराउ रामकुमार’ भन्नुभयो । उहाँले हिम्मतका साथ यी सबै कुरा मलाई भन्नुभएको थियो । ‘युद्धमा लागेको मान्छेले मर्नदेखि डराउनुहँुदैन । हामीले जनताको बीचमा काम गर्नुपर्छ । म निर्वाचित भएको गाविस क्षेत्र हो यो । यहाँ मैले डराउनु जरुरी छैन । म आफ्नो गाविस छाडेर कतै जान्न । यहाँका जनताले मलाई माया गर्छन् । मलाई केही हुँदैन । तिमी जाऊ । तिमी पनि धेरै नडराऊ । मलाई घर छाड्नुस् भनेर नभन’ भन्नुभयो ।
उहाँलाई सुरक्षित ढब्गले बस्नुस् भन्दा अप्ठ्यारो लाग्दोरहेछ । अब म उहाँलाई सुरक्षित रहने सल्लाह दिन्न भन्ने मैले सोचेँ । उहाँको कुरा सुन्दा ।।।कतै मैले गल्ती त गरेको छैन रु’ भन्ने प्रश्न मेरो मनमा उठ्यो । फेरि पनि उहाँले आफ्नो सुरक्षाको विषयमा सोच्नैपर्छ भन्ने मलाई लागिरह्यो । सेनाले उहाँलाई खोजीको पहिलो सूचीमा राखेको सूचना प्रहरीले मलाई दिनहुँजसो दिइरहेका थिए । यो समाज परिवर्तनको नेतृत्व गर्न पनि गणेश जर्घा सुरक्षित रहनुपर्छ भन्ने म सोच्थेँ । उहाँले आफ्नो लागि भन्दा पनि देश र जनताको लागि बाँच्नुपर्छ भन्ने मलाई लाग्थ्यो । उहाँ स्थापित नेतामा गनिनुहुन्थ्यो । उहाँलाई केही भइहाल्यो भने माओवादी आन्दोलनलाई ठूलो घाटा हुन्छ भन्ने डर मलाई थियो ।
गणेश जर्घालाई मैले सुरक्षित रहनुस् भनेर सम्झाएको चार दिनपछि २०६१ साल भदौ ३१ गते बिहान म जमुनिवास जाँदै थिएँ । उहाँको घरभन्दा एक किलोमिटर जति दक्षिणतर्फ मेरा मामा देवनारायण महतोको घर छ । मेरा मामाको छोरा बिरामी छ भन्ने खबर आएकाले म त्यहाँ उपचार गर्न गएको थिएँ । उपचारपछि म ढल्केवर फर्किदै थिएँ । मोटरसाइकलमा ढल्केवर फर्किंदै गर्दा उहाँले मलाई बोलाउनुभएछ । संयोग भनौ, मैले सुनिनछु । पहिला पनि त्यसैगरी मलाई बोलाएर उहाँ मोटरसाइकल चढेर ढल्केवरतिर आउनुहुन्थ्यो । तर त्यो दिन बोलाएको मैले सुनिन । पछि मात्रै मलाई यो कुरा थाहा भयो । जमुनिवासबाट म आफ्नो पसलमा पुगेको मात्र के थिएँ, मेरो पसल अगाडि सेनाको एउटा भ्यान आएर रोकियो । करिब तीन मिनेटसम्म भ्यान त्यहीँ रोकेर सबै सेनाले एकहोरो मेरो पसलतिर हेरिरहे । त्यति नै बेला जनकपुर तिरबाट पनि सेना चढेको अर्को भ्यान आयो । त्यो पनि मेरो पसलअघि रोकिएको सेनाको भ्यान पछाडि रोकियो । पछिल्लो भ्यानका सेनाले पनि मेरै पसलतिर हेर्न थाले । अब यी सेनाले मलाई सोधपुछ गर्ने
भए भन्ने मलाई लाग्यो । एक ढब्गले मनमा त्रास बढ्यो ।
केहीबेर सडकमा अडिएर सेनाका दुवै गाडी ढल्केवर इलाका प्रहरी कार्यालयतर्फ लागे । मेरो पसलतिर आएनन् । त्यसपछि मलाई के गरौँ, कसो गरौँ जस्तो भयो । त्यति नै बेला मैले गणेश जर्घाका भाइ भुवन जर्घालाई सडकमा देखेँ । मैले उहाँलाई ।।।गणेश दाइ घर आउनुभएको छ कि छैन रु’ भनेर सोधेँ । उहाँले दाजु घरमै भएको जानकारी दिनुभयो । मैले ।।।तुरुन्तै तपाईं घर गएर दाजुलाई सेना आएको खबर गर्नुस्’ भनेर उहाँलाई घर पठाएँ । भुवनजी तुरुन्तै मोटरसाइकल चढेर घर जानुभयो । दुर्भाग्य भुवनजी घर पुग्नुभन्दा अघि नै सेना गणेशजीको घर पुगेछ । गणेशजीको घर नजिकै खेतमा मजदुर धान
काटिरहेका थिए । कामदारसँगै गणेशजीका छोरा ओम पनि धान काट्दै रहेछन् । घरभन्दा दुई सय मिटर जति टाढा जिप रोकेर सेना हिँडेरै गणेशजीको घरतिर
लागेछन् । ओमजीले खेतबाट यो सबै दृश्य देखेछन् । उनले टाढैबाट ।।।बुबा तपाईं
भाग्नुस्’ भनेछन् । घरमा पुगेको सेना र गणेशजी बीच आमनेसामने देखादेख भएछ ।
सेनालाई नजिकै देखेपछि गणेशजी दक्षिणतिर भाग्न थाल्नुभएछ ।
गणेशजीसँगै सर्लाही पत्थरकोट घर भएका ठाकुरप्रसाद काफ्ले ।।।रोहित’ पनि सँगै
हुनुहँुदोरहेछ । गणेशजी अघिअघि सेना पछिपछि कुदेको देखेपछि रोहितजीले
उखुबारीमा लुकेर आफूसँग भएको कटुवा पेस्तोलबाट सेनातर्फ फायर गर्नुभएछ ।
आफूतिर फायर भएपछि सेना गणेशजीलाई लखेट्न छोड्छ र उहाँ सुरक्षित ठाउँमा
पुग्न पाउनुहुन्छ भन्ने सोचेर रोहितजीले फायर गर्नुभएको थियो होला । त्यति
बेलासम्म गणेशजीलाई एक÷दुई गोली मात्र लागेका रहेछन् ।
तर, दुर्भाग्य सेनाले ताकेर रोहितमाथि पनि गोली चलाएछ । उहाँ त्यही ढल्नुभएछ ।
रोहितजी ढलेपछि सेनाले गोली चलाउँदै गणेशजीलाई लखेट्न थालेछ । करिब
तीन सय मिटर जति भागिसकेपछि उहाँ एउटा बाटो क्रस गर्ने क्रममा सेनाको
घेराउमा पर्नुभएछ ।
एक मिनेट जति मात्र भाग्न पाएको भए उहाँ घरैघर भएको गाउँमा प्रवेश गर्न
पाउनुहुन्थ्यो । बाँच्ने सम्भावना रहन्थ्यो तर चारैतिरबाट सेनाले घेरेर गोली चलाएपछि
उहाँले भाग्न सक्ने अवस्था रहेन । गोली लागेर घाइते भएका गणेशजीलाई सेनाले
पक्राउ गरेछ । पक्राउपछि सेनाले बन्दुकले कुट्दै र घोच्दै घरतिर लिएर आएछन् ।
गणेश जर्घा भागेको, सेनाले लखेटेको, गोली चलाएको सबै घटना जमुनिवासकै
जनमोर्चाका नेता चन्डेश्वर पूर्वेले देख्नुभएको रहेछ । त्यो सबै दृश्य देखेपछि
उहाँ अत्तालिँदै म भएको ठाउँ ढल्केवर पुग्नुभयो । चन्देश्वर पूर्वे र मैलै तुरुन्तै
घटनास्थलमा जाने सल्लाह ग¥यौँ । सेनाले सोध्यो भने चन्देश्वर पूर्वेले ।।।आफ्नो
छोरा बिरामी भएकाले डाक्टर लिएर आएको’ जवाफ दिने सल्लाह गर्दै हामी
घटनास्थलतिर लाग्यौँ ।
हामी आ–आफ्नो मोटरसाइकल चडेर जमुनिवास गयौँ । गणेश जर्घाको घर नजिक
मानिसको ठूलो भीड थियो । म पनि उहाँको घरतर्फ गएँ । गणेश जर्घाका दुवै हात
पछाडि फर्काएर बाँधिएको थियो । उहाँले मलाई देख्नुभयो । हाम्रा आँखा जुधे ।
उहाँकी श्रीमती छेउमै हुनुहुन्थ्यो । गणेशजीको परिवारले मलाई भान्जा–भान्जा भनेर
बोलाउनुभयो ।
म गणेश जर्घालाई मामा भन्थेँ । उहाँले यसरी बोलाउँदा गणेश जर्घाले मगर भाषामा
।।।नबोलाऊ ऊ साथीहरूलाई बोलाउन जाँदै छ, चुप लाग’ भनेर सम्झाउनुभयो ।
गणेश जर्घाले त्यसो भनेको एक जना मगर सेनाले सुनेछ । उसले मलाई हेर्दै यसलाई
पनि समात् भनेर करायो ।
एक–दुई जना सेना मेरो नजिक आए । मैले ।।।म पल्लो गाउँमा उपचार गर्न हिँडेको
हो’ भनेँ । औषधि सहितको झोला र अन्य समान देखाएँ तर मगर सेना चाहिँ ।।।
तपाईलाई यो आइमाई भान्जा भनेर बोलाउँदैछे । अब तपार्इं पनि यहीँ बस्नुपर्छ ।
जान पाउनुहुन्न’ भन्न थाल्यो ।
मैले ।।।हामी एउटै गाउँका हौँ, उहाँले मलाई चिन्नुहुन्छ, म उहाँहरूलाई मामा–माइजू
भन्छु, खास सम्बन्ध छैन’ भनेँ । धेरैजसो सेना उखुबारी, खेत र गणेश जर्घाको घर
आँगनतिर छरिएका थिए । त्यति नै बेला सडकमा लाइन लागेर छ÷सात वटा गाडी
आए ।
सेनाले सडकमा गाडी रोकेर चेक गर्न थाले । त्यही मौकामा म छलिँदै मोटरसाइकल
लिएर अलि बल मिच्याईं जस्तै गरेर ।।।बालक बिरामी छ, उपचार गरेर तुरुन्त फर्कन्छु’
भन्दै अघि बढेँ । उनीहरूले धेरै जबर्जस्ती गरेनन् । म त्यहाँबाट करिब पाँच सय
मिटर जति दक्षिणको गाउँमा पुगेँ ।
गाउँले धेरै जम्मा भएका रहेछन् । सबै गणेश जर्घाकै कुरा गरिरहेका थिए । त्यहाँ
सात–आठ जना माओवादी कार्यकर्ता पनि थिए । जागेश्वर महत्तो, दिनेश मण्डल,
महेन्द्र महतो, देवनारायण महतो, तेजीलाल महतो, लक्ष्मेश्वर मण्डल, रामजुलुम
ठाकुर लगायतका माओवादी कार्यकर्तासँग त्यहाँ भेट भयो ।
उनीहरू गणेश जर्घाको घर नजिकै उखुबारीमा ग्रिनेट पड्काउने सल्लाह गर्दै थिए ।
त्यसरी ग्रिनेट पड्काएपछि सेना डराएर भाग्छन्, त्यही मौकामा गणेश जर्घालाई
लिएर भाग्नुपर्छ भन्ने योजना उनीहरूले मलाई सुनाए । उनीहरूको तयारी मलाई
आत्मघाती जस्तो लाग्यो । मैले घटनास्थलको अवस्था देखेको थिएँ । सेनाको
सब्ख्या ठूलो थियो । त्यहाँ आठ–दस जना जनसेना त के सयौँ जनसेना नै गए पनि
केही हुन सक्ने अवस्था थिएन ।
सबै सेना उखुबारी र खेततिर डुलिराखेका थिए । ग्रिनेट लिएर उखुबारीमा नपुग्दै
सेनाबाट मारिने डर थियो । मैले उहाँहरूलाई यो सबै खतरापूर्ण अवस्थाको विषयमा
सम्झाएँ । ।।।दुई–चार वटा ग्रिनेट पड्काउँदा सेना डराउने अवस्था छैन । यसले थप
क्षति हुन सक्छ । बरु अरू फोर्स छ भने बडहरी गएर गाडी चढेर जमुनिवासतिर
आएर केही गर्न सकिन्छ भने गरौँ तर उखु बारीमा गएर ग्रिनेट पड्काउने काम गर्दा
झन् खतरा हुनसक्छ’ भनेर मैले उहाँहरूलाई सम्झाएँ ।
संयोग नै भन्नुपर्छ, दुई–तीन दिन अघिसम्म ढल्केबर क्षेत्रमै रहेको जनमुक्ति सेनाको
एउटा टुकडी पनि घटना हुनुभन्दा केही दिनअघि मात्रै पहाडतिर लागिसकेको
थियो । यो सबै स्थितिका बारेमा छलफल भयो तर कुनै उपाय निस्किएन ।
मैले फेरि गणेश जर्घालाई बाँधेर राखेकै ठाउँमा फर्कने विचार गरेँ । तर त्यहाँ
जम्मा भएका मानिसले ।।।अब तपाई त्यहाँ नजानुस्, तपाईंलाई पनि सेनाले पक्राउ
गर्न सक्छ’ भन्न थाले । ।।।म स्वास्थ्यकर्मी हुँ । मैले उपाचार गर्न आएको हुँ भनेको
छु । सेनाले केही गर्दैनन्’ भन्दै म त्यहाँबाट हिडेँ । उनीहरू ।।।अब रामकुमारलाई पनि
सेनाले पक्रने भयो’ भनेर डराउँदै थिए ।
फर्किदा पनि बाटोमा गाउँलेले मलाई अघि नबढ्न, पछि फर्किएर अर्कै बाटो भएर
जान आग्रह गरे । मेरो मनमा भने गणेश जर्घालाई अब सेनाले के गर्ला, उहाँ
छुट्नुहोला कि नहोला रु भन्ने जस्ता कुरा खेल्न थाले ।
मनमा तनाव थियो तर मलाई सेनाले समात्छ, मार्न पनि सक्छ भन्ने कुनै डर थिएन । ।।।
पहिला आएकै बाटो भएर जान पाए कम्तीमा पनि गणेश जर्घालाई सेनाले के गर्दै छ भन्ने
त देखिन्छ’ भन्ने मनमा लाग्यो । म फेरि पहिलाकै बाटो हुँदै गणेश जर्घाको घर फर्किएँ ।
सेनाले रोक्यो भने उपचार गरेर फर्किएको भन्ने जवाफ दिने मेरो विचार थियो ।
जमुनिवासमा सेनाले सडक पूरै बन्द गरिसकेछ । दुवै तर्फका गाडी सडकमा
रोकिएका थिए । मानिसको आउजाउ बन्द थियो । सेना पूरै सर्च अभियानमा थिए ।
सेनाको फोर्स अरू थपिएछ । उखुबारी, खेत, स्थानीयवासीका घर–आँगन जतासुकै
सेनैसेना थिए । जमुनिवास आसपास सयौँ सेना थिए । त्यति बेलासम्म सेनाले गणेश
जर्घालाई अन्तिम इच्छा सोधिसकेका रहेछन् ।
उहाँले अन्तिम पटक आमालाई भेट्न चाहनुभएछ । सेनाले उहाँलाई आत्मसमर्पण
गरे, माओवादीका अन्य नेता कार्यकर्ताको विषयमा सुराकी दिए नमार्ने भनेर लोभ
देखाएछन् तर गणेश जर्घाले ।।।म आत्मसमर्पण गर्दिन, मारे बरु मार्नुस्’ भन्ने जवाफ
दिनुभएछ ।
सेनाले उहाँलाई ।।।अघि त्यो मोटरसाइकलमा जाने को हो रु’ भनेर मेरो बारेमा पनि
सोधेछ । उहाँले ।।।त्यो सामान्य मानिस हो, गाउँले केटो हो, बिरामीको उपचार गर्न
आएको होला’ भन्ने जवाफ दिनुभएछ ।
अन्तिम पटक आमालाई भेट्ने इच्छा व्यक्त गरेपछि सेनाले गणेश जर्घालाई आमासँग
भेट गर्न दिएछ । त्यति गरेपछि उहाँलाई रोडको छेउमा दुई हात पछाडि फर्काएर
बाँधेर राखिएको रहेछ । म मोटरसाइकल लिएर गणेश जर्घाको नजिकै पुगेँ । झण्डै
दुई हातकै फरकमा मोटरसाइकल रोकेँ । वरपर नजिकै मैले सेना देखिनँ । एक जना
पशुपति मण्डल भन्ने पुलिस मात्र नजिकै थिए ।
उनीसँग मेरो राम्रो चिनजान पनि थियो । मैले गणेश जर्घाको नजिकै मोटरसाइकल
रोकेको देखेपछि उनले मलाई ।।।तपाईं तुरुन्त यहाँबाट जानुस्, सेना त्यहीँ नजिकै
बसेका छन्, तपार्इं गइहाल्नुस् । अहिले तपाईंलाई पनि सेनाले पक्रिन्छ’ भन्न थाले ।
मैले चाहीँ ।।।पशुपतिजी सेना नजिक छैन । गणेश जर्घालाई मेरो मोटरसाइकलमा
चढ्न दिनुस्, म लिएर भाग्छु’ भनेर बिस्तारै अनुरोध गरेँ ।
त्यति मात्र भनेको के थिएँ, अलि परबाट १०÷१२ जना सेना कुद्दै म भएको
ठाउँमा आइहाले । ।।।तँ को हो रु किन मोटरसाइकल रोकिस् रु’ भनेर मलाई केरकार
गर्न थाले । मैले ।।।म उपचार गर्न आएको, के भएकोरहेछ भनेर सोधेको मात्र हो’
भनेर उम्कन खोजेँ । पशुपति मण्डल प्रहरीले पनि ।।।उहाँ डाक्टर हो । उहाँलाई मैले
नै रोकेको हो’ भनेर मेरो बचाउ गरे । उनले त्यसो भनेपछि सेनाले ।।।तुरुन्त तपाईं
गइहाल्नुस्’ भनेर मलाई धकेल्यो । पशुपति मण्डलजीले पनि मलाई तपाईं जानुस्
जानुस् भन्नुभयो । म मोटरसाइकल स्टार्ट गरेर अगाडि बढेँ ।
अब गणेश जर्घालाई उम्काउने कुनै उपाए मैले देखिन । गह्रुँगो मन गरेर म
ढल्केवरतर्फ लागेँ । सडकमा गाडी रोकिएका थिए । सडकमा जताततै सेना नै सेना
थिए । ढल्केवर चोकका सबै मानिस मतिर हेर्दै थिए ।
म ढल्केवर आइपुगेको १५÷२० मिनेट मात्र भएको थियो । पश्चिमबाट आएको
सेनाको गाडी ढल्केवर इलाकामा छि¥यो । मैले चाहिँ गणेश जर्घालाई सेनाले
इलाकामा लिएर आयो, अब नमार्ला कि भन्ने सोचेँ । अब उहाँलाई जिल्लातिर
लिएर जाला भन्ने मलाई लाग्यो ।
जे भए पनि सेनाले तुरुन्तै नमारेकाले गणेशजी बाँच्नुहोला भन्ने आश पलायो ।
सेनाको जिप इलाकामा छिरेको मात्र के थियो । जनकपुरबाट एसएसपी चुडाबहादुर
श्रेष्ठ चढेको जिप पनि इलाकामा आइपुग्यो ।
ढल्केवरमा सामुदायिक प्रहरीको स्थापना गर्दा चुडाबहादुर श्रेष्ठसँग मेरो राम्रो
चिनजान भएको थियो । सामुदायिक प्रहरी सेवाको स्थापना गर्ने कार्यक्रममा सडक
दुर्घटनामा घाइते भएका बिरामीको उपचार गर्न उहाँले मलाई दस हजार रुपियाँ दिन
खोज्दा मैले फिर्ता गरेको थिएँ । त्यतिबेला मैले ।।।बरु यो पैसा अन्त दिनुस्, मलाई
दिनुपर्दैन, त्यस्ता बिरामीको म आफैँ निःशुल्क उपचार गर्दिन्छु’ भनेको थिएँ ।
त्यसपछि उहाँले मलाई अझ राम्रो सोच्न थाल्नुभएको थियो । मलाई मातृका
यादवजीले पनि ।।।चुडाबहादुर श्रेष्ठ प्रहरी अधिकारी मध्येकै माओवादीप्रति
सकारात्मक भावना राख्ने मान्छे हुन’् भन्ने कुरा गर्नुभएको थियो ।
ढल्केवर इलाकामा एसएसपी चुडाबहादुर श्रेष्ठ आउनुभएको थाहा पाउना साथ म
धेरै खुसी भएँ । अब उहाँलाई भेटेर गणेश जर्घालाई नमार्न आग्रह गर्छु । बरु जेल
हाल्नुस् भन्छु । मैलेभन्दा सायद गणेश जर्घालाई पक्कै पनि मार्दैनन् होला भन्ने
लाग्यो । उहाँलाई गएर भन्यो भने गणेश जर्घालाई नमार्लान् कि भन्ने आशा मनमा
पलायो । बरु जेलमा हाल्यो भने ज्यान त बच्छ भन्ने सोच्दै म पसलबाट चुडाबहादुर
श्रेष्ठलाई भेट्न ढल्केवर इलाकातिर अघि बढेँ ।
इलाका प्रहरी कार्यालयतर्फ पैदलै जाँदै थिएँ । प्रहरी जवान रामलाल यादवले
मलाई बाटैमा रोके । उनले मलाई ।।।रामकुमारजी तपार्इं अगाडि नबढ्नुस् । इलाकामा
तपाईंलाई मार्ने योजना सेनाले बनाउँदैछ । तपाईंलाई पनि समातेर सेनाले मार्छ ।
सेनाले गणेश जर्घा र रोहितलाई मारेर इलाकामा ल्याएको छ । तपाईं फर्किहाल्नुस्’
भनेर मलाई अघि बढ्न दिएनन् । पछि विश्वनाथ साह मन्त्री भएको बेला उनी
पीसीयो भए ।
यी सबैकुरा उनले मेरो मुखमा नहेरी सडकमा हिँड्दै भनेका थिए । मलाई यो सबै
कुरा भन्दा उनी डराइरहेका थिए । ।।।म यही खबर गर्न यता आएको, तपाईंलाई
भेटेको सेनाले देख्यो भने मलाई पनि सेनाले मार्छन्, तपाईं भागिहाल्नुस्’ भन्दै उनी
अर्कोतिर लागे ।
ती प्रहरीको खतरापूर्ण सूचनापछि म इलाका प्रहरी कार्यालय नजिकै रहेको शब्कर
दासको पसलमा गएर बसेँ । त्यसको चार–पाँच मिनेटपछि नै सेना सहितका
सुरक्षाकर्मी मेरो पसलमा घेरा हाल्न आइपुगे । यो दृश्य मैले शब्कर दासकै पसलबाट
हेरिरहेको थिएँ ।
उनीहरू केही बेर मेरो पसल वरपर छरिएर बसे । अब मैले खतरा महसुस गर्न थालेँ ।
केही बेरपछि म त्यहाँबाट अन्तै सुरक्षित ठाउँमा गएँ । म घटनास्थलबाट फर्किएको
करिब १० मिनेटपछि नै सेनाले गणेश जर्घालाई नजिकै रहेको उखुबारीमा लगेर
गोली हानेर हत्या गरेछन् । गणेशको हत्या गरेपछि रोहित र गणेशको शव गाडीमा
लोड गरेर उनीहरू ढल्केवर आएका रहेछन् । हत्या गर्ने योजना अनुसार नै उनीहरूले
गणेश जर्घालाई आमासँग भेट गर्न दिएका रहेछन् ।
गणेश जर्घाको हत्यापछि ममाथि पनि सुरक्षा खतरा बढ्यो । अब के गरौँ, कसो गरौँ
जस्तो भयो । गणेश जर्घाको हत्याको घटना विवरण मैले फोन गरेर त्यहीँ साँझ
जनमार्चा नेपालका नेता गिरिराजमणि पोखरेल, निर्मल बराल लगायतलाई सुनाएँ ।
उहाँहरूले मलाई सतर्क रहन, अर्ध भूमिगत शैलीमा काम गर्न सुझाव दिनुभयो ।
ढल्केवरमा रहेको मेरो पसलमा माओवादीका ठूला नेता आउने गरेको, उनीहरूलाई
मैले सहयोग गरेको सेनाले पत्ता लगाइसकेको थियो । एमालेका केही स्थानीय नेता
।।।रामकुमार महतो माओवादी नै हो’ भनेर खुलेआम बोल्दै हिँड्न थालेका थिए ।
यसले पनि ममाथि सुरक्षा खतरा बढेको थियो । म जनमोर्चाको कार्यक्रममा जाँदा
पनि एमालेका नेता ।।।यो माओवादी हो, यसलाई मार्नैपर्छ’ भनेर सुरक्षाकर्मीलाई
चिनाउँथे । प्रहरीले कतिबेला समातेर मर्ने हो भन्ने त्रास गणेश जर्घाको हत्या
हुनुअघि नै मलाई थियो ।
गणेश जर्घा हुन्जेलसम्म ढल्केवर क्षेत्रमा प्रहरीले माओवादीलाई सहयोग गर्ने
अवस्था थियो । गणेश जर्घाकै हत्यापछि भने त्यो अवस्था रहेन । गणेश जर्घा
हुँदासम्म हामीसँग गफ गर्दा केही प्रहरी जवान माओवादीले उठाएका कुरा जायज
छन् भन्थे । कतिपय प्रहरी दिनभरि इलाकामा बस्थे । रात परेपछि माओवादी
नेतालाई भेट्न गाउँ–गाउँमा पनि पुग्थे ।
शहीद सुरेश वाग्लेका ज्वाइँ पर्ने प्रहरी निरीक्षक पनि ढल्केवर इलाकाको इन्चार्ज
भएर आएका थिए । त्यो कारणले पनि त्यहाँका प्रहरी माओवादीलाई मित्रवत्
व्यवहार गर्थे । सेना माओवादीलाई मात्र नभएर प्रहरीलाई पनि अभद्र व्यवहार गर्थे
तर आफूमाथि सेनाले गरेको ज्यादतीको कुरा प्रहरी बाहिर ल्याउँदैनथे ।
गणेश जर्घाको हत्या भएको साँझदेखि म सतर्क हुने निर्णयमा पुगेँ । साथीसँग
सल्लाह गरेँ । साथीहरूले मलाई सुरक्षित बस्ने विषयमा विभिन्न सुझाव दिनुभयो ।
माओवादीलाई सरसहयोग गरे पनि खासमा म त्यति बेलासम्म आधिकारिक रूपमा
जनमोर्चा, नेपालकै कार्यकर्ता थिएँ ।
साथीले सेनाले तपाईंलाई सोधपुछ ग¥यो भने ।।।गणेश जर्घा जनमोर्चामा छँदा हामी
साथी–साथी थियौँ, त्यही नाताले उहाँ मेरो पसलमा आउनुहुन्थ्यो । आफ्नो घरमा
आएको साथीलाई खान, बस्न दिनु मेरो दायित्व हो भनेर जोगिने उपाय गर्नुस्’ भनेर
सिकाउनुभयो । ।।।हामी राजनीतिक रूपमा नजिक छैनौँ । पुरानो सम्बन्धका आधारमा
मात्र नजिक भएको जस्तो देखिएको हो । जे हो यथार्थ त्यही भन्नुस्’ भनेर पनि धेरै
साथीले मलाई सिकाउनुभयो ।
कतिपय साथीले ।।।तपाईं डराएर भागेर हिँड्नुहुन्छ भने सेनाले झन् शब्का गर्छ, त्यसैले
नभाग्नुस्’ पनि भने । गणेश जर्घाको हत्या भएपछि जनमोर्चाका धेरै नेतालाई मैले
फोन गरेर ।।।अब म के गरौँ रु’ भनेर राय मागेँ । मैले चण्डेश्वर पूर्वे, असर्फी भिन्वार
यादव, अगम लामा, बलबहादुर पूर्वछाने, लक्ष्मण सिंह, पल्टु यादव लगायतका
जनमोर्चाका साथीसँग सल्लाह गरेँ ।
उहाँहरूले ।।।तपार्इंलाई शब्का गरेका छन्, समात्न सक्छन् । यथार्थ बुझेपछि छाड्छन्,
नडराउनुस्’ भनेर सम्झाउनुभयो । मैले पनि यथार्थ कुरा त्यही हो, साथीले भने
अनुसार नै गर्छु, अब भागेर हिँड्दिन भन्ने अठोट गरेँ ।
गणेश जर्घाको हत्या भएको रात म आफ्नै घरमा सुतेँ । सुतेँ भन्नु मात्रै हो । मलाई
निद्रा लागेन । गणेश जर्घा अधिकांश समय मसँगै बस्नुहुन्थ्यो । उहाँ र मबीच हार्दिक
सम्बन्ध थियो । रातभरि मलाई उहाँको सम्झना आइरह्यो । उहाँको सम्झनामा
आँसु बगिरह्यो । निदाउन सकिन ।
म मात्र होइन, गणेश जर्घाको हत्याले सबै स्थानीयवासी पीडामा थिए । धेरै
स्थानीयवासी त्यो रात निदाएनन् । कतिको घरमा त चार÷पाँच दिनसम्म खानासमेत
बनेन । सबै शोकमा डुबेका थिए । ।।।ढल्केवर क्षेत्रकै अगुवा नेता गणेश जर्घालाई
सेनाले मा¥यो, अब ढल्केवरमा माओवादी गतिविधि समाप्त हुन्छ’ भन्ने चर्चा पनि
हुन थाल्यो । अब गाउँमा सेनाले तीव्र दमन गर्छ, कसरी जोगिने रु भन्ने चिन्ता पनि
गाउँलेमा बढ्यो ।
त्यो रात ननिदाई उज्यालो भयो । बिहान ५ बजेतिर घरको तल्लो तलामा श्रीमती,
दिदी, बहिनी, बुबा लगायतका परिवारका सदस्यसँग हिजोको घटनाको विषयमा म
कुराकानी गर्दै थिएँ । त्यतिबेलै सेनाको जिप आएर मेरो घरअगाडि रोकियो । त्यस
लगत्तै एउटा मोटरसाइकलमा हतियार सहितका दुई सेना आए । उनीहरू पनि मेरै
घरअगाडि रोकिए ।
मलाई डर लाग्यो । हिजो मात्र गणेश जर्घाको हत्या भएको थियो । साथीले जे–जे
सिकाएका भए पनि घटनाक्रम भने जसरी अघि नबढ्न सक्थ्यो । सेनाले पक्राउ
गर्नासाथ कुनै कुरै नसुनी मारिहाल्छ कि भन्ने डर पनि थियो । त्यति बेलाको
अवस्था पनि त्यस्तै थियो । नत्र पक्राउ परिसकेको अवस्थामा गणेश जर्घालाई
सेनाले मार्ने थिएन । सेनाले कसैको कुरा सुन्दैनथ्यो । देशभरि नै त्यस्ता घटना
दिनहुँजसो भइरहेका थिए ।
सेना घरअगाडि सडकमा उभिएका थिए । म घरको माथि तलामा छु । मलाई
खोज्दै सेना घरतर्फ आउँछ जस्तो मलाई लाग्यो । मैले घर पछाडिबाट भाग्ने विचार
गरेँ । म घरको पछाडिबाट भाग्न थालेँ । त्यति बेलासम्म सडकका सेना, प्रहरी मेरो
घरतर्फ अघि बढिसकेका थिए । उनीहरू मेरो घरमा आइपुग्दा म दुई सय मिटर जति
टाढा पुगिसेकेको थिएँ । उनीहरूले मलाई लखेट्न थाले । पछि–पछि सेना, प्रहरी,
अघि–अघि म कुद्न थालेँ । नजिकै जब्गल जस्तै झाडी थियो । भाग्दै गएर म
त्यहीँभित्र छिरेँ ।
जब्गलभित्र छिरेपछि पनि म कुद्न छाडिन । पछाडि हेर्दै नहेरी बेजोडले कुदिरहेँ ।
जब्गल सकिएर उखुबारी आयो । म त्यही उखुबारीमा छिरेँ । अब म उखुबारीभित्रै
कुद्न थालेँ । निकै बेरपछि उखुबारी सिद्धियो । गाउँ आयो । म गाउँका वडाध्यक्ष
मब्गलसिंह योञ्जनको घरमा गएँ । मैले सेनालाई पछाडि फर्केर हेरिन । उनीहरूले
मलाई कहाँसम्म लखेटे मैले थाहा पाइन । सायद म जब्गल छिरेपछि माओवादीले
हान्छन् भन्ने डरले उनीहरू फर्किए होलान् । त्यो दिनदेखि म अर्ध भूमिगत हुने
निष्कर्षमा पुगेँ ।
म त्यो दिनभरि उहाँकै घरमा बसेँ । बेलुका करिब ८ बजेतिर वडाध्यक्ष मब्गलसिंहका
भतिजा शिक्षक भक्त लामाले मलाई साइकल चढाएर घर पु¥याइदिनुभयो । घरमा
बस्दा खतरा हुनसक्थ्यो । म एकैछिन मात्रै घरमा बसेर जमुनिवासतिर लागेँ । गाउँकै
धर्मेश्वर शर्मा भाइले मलाई साइकलमा राखेर जमुनिवास पु¥याइदिए ।
जनमोर्चाका साथीले पनि मलाई अर्ध भूमिगत भएर बस्न सल्लाह दिएका थिए ।
औषधि पसलमा नबसी गाउँतिर बढी बस्न थालेँ । प्रत्येक दिन अवस्था हेरेर पसलमा
पनि एक पटक पुग्नुपर्ने साथीको सल्लाह थियो । जनताको नजरमा रामकुमार
भागेको छैन, भूमिगत भएको छैन । यतै छ । ऊ सधँै पसलमा पनि आउँछ ।
जनमोर्चाकै गतिविधि गरिरहेको छ । प्रहरी प्रशासनको डरले सुरक्षित पनि भइरहेको
छ भन्ने परोस् भन्ने साथीको सुझाव थियो ।
रामकुमार माओवादी भएको भए पूरै भूमिगत हुने थियो । किन पसलमा आउँथ्यो
रु भन्ने स्थानीय नागरिकमा परोस् भन्ने साथीको सल्लाह अनुसार नै म क्रियाशील
हुन थालेँ । मेरो गतिविधिले म माओवादी होइन भन्ने जनतामा परोस् भन्ने साथी
चाहन्थे । प्रहरी प्रशासनले पनि रामकुमार माओवादी नभएर जनमोर्चा नै हो भन्ने
बुभूmन् भन्ने उहाँहरू चाहनुहुन्थ्यो । मेरो चाहना पनि त्यही थियो ।
सेना–प्रहरी मेरोपछि लागेपछि जनमोर्चाका तत्कालीन उपाध्यक्ष गिरिराजमणि
पोखरेल, विद्यार्थी नेता निर्मल बराल, लीलामणि पोखरेल, नवराज सुवेदी, अमिक
शेरचन लगायतका नेताले म जनमोर्चाको कार्यकर्ता भएको विषयमा प्रहरी
प्रशासनको उच्च तहका अधिकारीलाई जानकारी गराउनुभएछ । उहाँहरूले नै मलाई
।।।यतिबेला सेनाले कसैको कुरा सुन्दैन, आफ्नो सुरक्षाका लागि पनि अर्ध भूमिगत
कार्यशैली अपनाउनुस्’ भन्ने सुझाव दिनुभयो ।
कतिपय साथी ।।।रामकुमार पनि सेनाको खोजीको सूचीमा छ । सेनाले लखेटेको
छ । भागेर ज्यान जोगाएको छ । सुरक्षित ढब्गले नबसे सेनाले जे पनि गर्न सक्छ’
भन्थे । कतिपय साथी भने ।।।होइन, किन डराउने रु घरमै बस्नुस्, केही फरक पर्दैन’
पनि भन्थे । पार्टीका जिम्मेवार साथीले जनतको बीचमा बस्नुस्, पार्टीको सम्पर्कमा
रहनुस्, आफ्नो व्यवसाय गरिरहनुस् भन्ने सुझाव दिनुभयो ।
म त्यतिबेला जनमोर्चा, नेपालको जिल्ला सदस्य थिएँ । औपचारिक रूपमा म
त्यति बेलासम्म पनि माओवादीको कुनै कमिटीमा थिइनँ । म औपचारिक रूपमा
माओवादी नभए पनि माओवादीका साथीले मलाई आफ्नै पार्टीको सदस्य जस्तै
व्यवहार गर्थे ।
उनीहरूलाई पनि रामकुमार माओवादीको कुनै कमिटीमा छैन । जनमोर्चामै छ भन्ने
प्रस्ट थाहा थियो । गणेश जर्घासँग मेरो मित्रवत् सम्बन्ध, मेरो पसल माओवादीको
सम्पर्क स्थल जस्तै थियो । म माओवादीको कुनै कमिटीमा नरहे पनि माओवादीसँग
नजिक चाहिँ थिएँ । त्यति बेलाको मेरो खास अवस्था त्यस्तो थियो ।
गणेश जर्घाको हत्या हुनुअघि सुरक्षा निकायले धनुषा जिल्लामा गणेश जर्घालाई
पहिलो र मलाई ।।।सुट वारेन्ट’को दोस्रो नम्बरमा राखेको सूचना हामीले पाइसकेका
थियौँ । गणेश जर्घाको हत्यापछि जनकपुर अञ्चलका एसएसपी चुडाबहादुर
श्रेष्ठबाट यो कुरा थाहा भयो । जनमोर्चाका जिल्ला र केन्द्रका नेताले मेरो सुरक्षाको
विषयमा एसएसपी श्रेष्ठसँग कुरा गर्नुभएछ । उहाँहरूसँग पनि एसएसपी श्रेष्ठले त्यही
कुरा दोहो¥याउनुभएछ ।
त्यतिबेला उहाँले जनमोर्चाका नेता गिरिराजमणि, विश्वनाथ साह लगायतका
नेतासँग ।।।म रामकुमारलाई राम्रोसँग चिन्छु । रामकुमार वास्तवमा जनमोर्चाको
कार्यकर्ता हो या होइन म भन्न सक्दिन । तर ऊ माओवादी होइन’ भन्नुभएछ ।
उहाँले किन त्यसो भन्नुभयो, म बुभ्mदिन ।
एसएसपी चुडाबहादुर अनुसन्धानमा राम्रो दख्खल भएको व्यक्ति हुनुहुन्थ्यो । विश्वका
धेरै देश, जहाँ कम्युनिस्ट आन्दोलन भएका छन्, ती देशका डाक्टर, इन्जिनियरलाई
कम्युनिस्टले कसरी आफ्ना मान्छे बनाउँछन्, कसरी सहयोग लिन्छन्, भन्ने विषयमा
उहाँले अनुसन्धान गरेका कुरा अग्रज साथी हामीलाई भन्नुहुन्थ्यो ।
जनमोर्चाका नेतासँग उहाँले ।।।रामकुमार माओवादी चाहिँ होइनन्, म दाबीका साथ
भन्न सक्छु तर उनीबाट माओवादीले सहयोग लिइरहेका छन्, यो पनि मलाई थाहा
छ’ भनेछन् । ।।।रामकुमारलाई सेनाले समात्यो भने मलाई थाहा नदिई मार्न पनि
सक्छन्, त्यसकारण उनलाई सुरक्षित रहन सल्लाह दिनुस्’ भनेर उहाँले जनमोर्चाका
नेतालाई सुझाव पनि दिनुभएछ ।
एसएसपी श्रेष्ठको सल्लाह अनुसार पार्टीका साथीले मलाई अर्ध भूमिगत भएर रहन
सुझाव दिएका थिए ।
अर्ध भूमिगत भएपछि म दिनमा एक पटक अवस्था हेरेर पसलमा जान थालेँ । कुनै
दिन बिहान ८ बजे, कुनै दिन दिउँसो २ बजे, कुनै दिन दिउँसो १२ बजे म पसलमा
पुग्थेँ । सधैँ एकै समयमा जाँदैनथेँ । साँझतिर सेनाको चहलपहल अलि बढी
हुन्थ्यो । प्रायः साँझको बेला भने पसलमा जाँदा घातक हुनसक्ने डर ममा थियो ।
ढल्केवरको परिस्थिति बुझ्न १०÷१५ मिनेटका लागि मात्र भए पनि बिहान र
दिउँसोको समयमा म पसल जान थालेँ । म अधिकांश समय गाउँमा बस्थेँ । दिनको
एक पटक बिहान अथवा दिउँसो मोटरसाइकलमा १०÷१५ मिनेटका लागि मात्र म
पसलमा जाने र दुई÷चार जना स्थानीयवासीसँग भेटघाट गरेर फर्कने गर्न थालेँ । यो
क्रम ८–१० दिनसम्म चल्यो ।
मेरो त्यो खालको गतिविधिले पनि स्थानीयवासीमा ।।।रामकुमार डराएर भागी–भागी
हिँड्छ तर ऊ माओवादी चाहिँ होइन’ भन्ने नै परेको थियो । वास्तवमा म माओवादी
भएर भूमिगत हुन खोजेको थिइनँ । म माओवादीको समर्थक, शुभचिन्तकका रूपमा
रहेर आफ्नो व्यवसाय गर्न चाहन्थेँ । परिस्थिति मैले चाहे जस्तो रहेन । गणेश
जर्घाको हत्यापछि बाध्यताले म अर्ध भूमिगत हुनुपर्ने अवस्था आएको थियो ।