No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

बारा : बारामा एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको असोज १ गते बेलुका २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको हो ।

‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’

हारगुहार माग्दा उल्टै पिटाई खानुपरेको पीडित बालिकाको भनाइ छ । ‘मुखमा ओढ्नी कोचेको भएपनि बल गरेर कराएको सुनेर कृष्ण यादव आयो अनि मेरो हात समातेर शिवपुजनलाई भगाइदियो । त्यसपछि मलाई नै कुट्न थाल्यो’, बालिका भन्छिन्, ‘पछि कृष्णकै कुरा सुनेर आमाबुवाले पनि मलाई कुटे ।’

उनका अनुसार शिवपुजन नातामा काका पर्ने व्यक्ति हुन् । घटनापछि उनी फरार छन् । यो घटना मिलाउन गाउँस माजमा चलखेल भइरहेको छ । तर, घटना बाहिर ल्याइसकेको बालिकाको परिवार न्यायको लागि लडिरहेको छ ।

डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी आमा बताउँछिन् । गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै रहन्छ भनिरहेको उनले बताइन् । ‘नत्र राति गोली चल्नसक्छ, तिमीहरु सुतेको सुत्यै हुन्छौं भनेर धम्की दिइरहेका छन्, हामी रातभरि जागै बस्छौं’, उनी भन्छिन्, ‘तर, हामीलाई पैसा हैन, न्याय चाहिन्छ ।’

प्रहरीकोमा जाँदा घरमै जानु भनेर फर्काएको उनले बताइन् । यस्तो परेको बेला वडा अध्यक्षले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ । वडा अध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाउन् भन्ने पक्षमा आफू रहेको बताउँछन् ।

‘तीन दिनपछि घटनाबारे थाहा पाएपछि मैले नै प्रहरी कार्यालयमा गएर उजुरी गर्नुस् भनेको हुँ’, उनी भन्छन्, ‘सिफारिस गरिदनुस् भन्दै ४–५ जना आएर मलाइ नै दुर्व्यवहार गरे ।’

असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भएको छ । बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताउँदै बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले भने, ‘भारत पसेका आरोपीलाई पक्राउ गर्न उतापट्टी समन्वय भइरहेको छ ।’

बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको भन्ने जानकारी भने नभएको उनले बताए ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
यसपाली दशैंमा बोकाबली प्रदान नहुने

यसपाली दशैंमा बोकाबली प्रदान नहुने

राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .