No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

भरतपुर : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।  नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ काे सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उहाँले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताउनुभयो । “प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ”, उहाँले भन्नुभयो । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गा उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताउनुभयो । अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उहाँको भनाइ छ । माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन् । अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिनुभएको थियो ।sunrisekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

नेपाल-चीन बोर्डरका पिल्लरहरूको जिपिएस कोर्डीनेट माग

नेपाल-चीन बोर्डरका पिल्लरहरूको जिपिएस कोर्डीनेट माग

मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .